जुम्ला — जडीबुटी चोरी निकासीे आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन्। उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन्।

बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले बुधबार वडाध्यक्ष रावतमाथि कुटपिट गरेका हुन्। स्थानीयवासीले हातपात गर्दै कमिजसमेत च्यातिदिएको वडाध्यक्षले गुनासो गरेका छन्।

स्थानीय कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गरे। आक्रोसित वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका छन्।

वडाध्यक्षमाथिको हातपात घटनाका विषयमा मौखिक रूपमा जानकारी भएको प्रहरी निरीक्षक नवीन वलीले बताए। उनले भने, ‘जाहेरी आएपछि सोहीअनुसार कानूनी प्रक्रियाअनुसार काम हुने उनको भनाइ छ। गाउँमा विवाद भएको समयमा नआउने प्रहरी वडाध्यक्षले बोलाउँदा गाउँ आएपछि लखेटेको स्थानीयको भनाइ छ।

वडाध्यक्ष रावतले अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताए । उनले स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेको गुनासो गरे। हातपात गरी दुव्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए।

बागजाले सामुदायिक वनमा पाइने जडीबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयवासीबाट आएकाले दुईपटक प्रहरी लिएर वनमा गएको उनको भनाइ छ । वडाध्यक्ष रावतले स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठहर्याए कानूनबमोजिम कारवाही भोग्न र वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको बताए। ज्यान असुरक्षामा रहेको बताउँदै वडाध्यक्ष रावतले गाउँ नै आफूमाथि खनिएकाले घर छोडेर विस्तापित हुनुपरेको बताए।

जुम्लाका एक नगरपालिका सात गाउँपालिकामा २०० सामुदायिक वन छन्। सामुदायिक वन उपभोक्ता समितिले सुशासनभन्दा कुशासनलाई बढी प्रश्रय दिएका कारण बेला–बेलामा यस्ता प्रकारका घटना हुने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईंले बताए। रासस

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९