वीरगन्ज – गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकै प्रमुख भन्सार नाका वीरगन्जमा रहेका दुईवटा भन्सार कार्यालयको राजस्व संकलनमा भारी गिरावट आएको छ। दुवै भन्सार कार्यालयलाई राजस्व लक्ष्यमा भारी वृद्धि गरिनु तथा आयातित सामानमा भन्सार महसुल बढ्नाले आयातित सामानमा कमी आई राजस्व संकलनको लक्ष्य भेटाउन नसक्दा दुई वर्षदेखि वीरगन्जको श्रीसिया सुक्खा बन्दरगाह र वीरगन्ज भन्सार (आईसीपीसहित) को राजस्व संकलनमा भारी गिरावट देखिएको हो।

गत आवको असार मसान्तसम्ममा श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) ले लक्ष्यभन्दा ३ अर्ब र वीरगन्ज भन्सार कार्यालयले लक्ष्यभन्दा २४ अर्ब गरी कुल २७ अर्ब रुपैयाँ लक्ष्यभन्दा कम राजस्व संकलन भएको दुवै भन्सार कार्यालयले जनाएका छन्। ड्राइपोर्ट भन्सारका सूचना अधिकारी विकास कुमारका अनुसार गत आवका लागि भन्सार विभागले ड्राइपोर्ट भन्सार कार्यालयलाई ३६ अर्ब ९ करोड ३२ लाख २ हजारको लक्ष्य दिएकोमा कार्यालयले लक्ष्यको ८९.३६ प्रतिशत मात्र अर्थात ३२ अर्ब २५ करोड १३ लाख ४९ हजार मात्र राजस्व संकलन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा पनि ड्राइपोर्ट भन्सार कार्यालयले लक्ष्य भन्दा १ अर्ब ९५ करोड ९० लाख ६७ हजार कम राजस्व संकलन गरेको थियो। सो आर्थिक वर्षमा भन्सार विभागले ड्राइपोर्ट भन्सार कार्यालयलाई २८ अर्ब २९ करोड ४२ लाख ६० हजारको राजस्व संकलनको लक्ष्य दिएकोमा लक्ष्यभन्दा ४ प्रतिशत कम अर्थात् कुल २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्रै राजस्व उठाउन सकेको थियो।

गत आवको असोज र जेठबाहेक बाँकी १० महिनामा विभागले दिएको लक्ष्य पूरा गर्न असफल भएका कारण ड्राइपोर्ट भन्सार कार्यालयले लक्ष्य पूरा गर्न नसकेको हो।

यता, वीरगन्ज भन्सारको अवस्था पनि त्यस्तै छ। सो कार्यालयले गतआवमा विभागले दिएको लक्ष्यभन्दा २४ अर्ब ७ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजारको लक्ष्य पाएकोमा उसले लक्ष्यको ८५.९७ प्रतिशत मात्र अर्थात् १ खर्ब ४७ ५३ करोड १३ लाख ७५ हजार मात्र राजस्व संकलन गर्न सकेको वीरगन्ज भन्सारका सूचना अधिकारी मनीष महतोले जानकारी दिए।

अघिल्लो आव २०७४/०७५ मा पनि वीरगन्ज भन्सार कार्यालय राजस्व संकलनको लक्ष्य भेटाउन असफल भएको थियो। अघिल्लो आवमा भन्सार विभागले यस कार्यालयलाई १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख ३५ हजारको लक्ष्य दिएकोमा लक्ष्यभन्दा ३ अर्ब ३८ करोड ९३ लाख ८ हजार कम अर्थात् कुल १ खर्ब ३१ अर्ब ३१ लाख १७ हजार मात्र राजस्व संकलन गर्न सफल भएको थियो।

दुवै भन्सारका अधिकारीहरूले गत वर्षको राजस्व वृद्धि दरमा पनि २० प्रतिशत बढाएर लक्ष्य तोकिँदा तथा थुप्रै सामानमा ड्युटी उच्च किसिमले बढाइएकाले राजस्व असुली गतवर्षभन्दा बढी देखिए पनि लक्ष्यको अनुपातमा कम नै रहेको बताएका छन्। अधिकारीहरूका अनुसार गतआवमा इन्धन र कोइलामा आयात बढे पनि विलासी गाडी, भ्यान, जीप, मरिचलगायत अन्य सामानको आयातमा भारी गिरावट आएको छ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९