मानव स्वास्थ्यको उचित हेरविचार गर्न र शरीरलाई तन्दुरुस्त राख्नका लागि करेसाबारी अवधारणा एक सरल र सहज उपाय हो। घरवरिपरि वा पायक पर्ने ठाउँमा पारिवारिक उपभोगका लागि बाह्रै महिना सघन तरिकाले तरकारी/फलफूल उत्पादन गर्ने ठाउँलाई नै करेसाबारी भनिन्छ। शाब्दिक अर्थ हेर्ने हो भने, करेसाबारी भनेको करेसामा जोडिएको बारी हो। अहिले त शहरी क्षेत्रमा जमीनको कमीका कारण कौशीखेतीे पनि बिस्तार हुँदै गएको छ। एउटा परिवारका निम्ति विषादीरहित अग्र्यानिक तरकारी र फलफूल उत्पादन र उपभोगका लागि करेसाबारी र कौशी खेती उपयुक्त र सहज विकल्प हो।

करेसाबारी निर्माणका लागि भौतिक सामग्री जस्तैः तारबार, कुटो कोदालो, जमीन बाहेक उचित र उपयुक्त बिउबिजन, मलखाद र सिँचाइको आवश्यकता पर्दछ। साथै, यसमा बाली संरक्षणको साधारण ज्ञानको पनि आवश्यकता पर्दछ। कौशी खेतीका लागि भने माटो राख्ने भाँडोको अतिरिक्त व्यवस्था गर्नुपर्छ। यसका लागि कुनै कृषि विज्ञसँग परामर्श लिन सकिन्छ। करेसाबारी र कौशी खेती मानिसको लगन, इच्छा शक्ति र थोरै शारीरिक श्रमबाट आफ्नो अनुकूलको तरकारी तथा फलफूलको उपभोग गर्न सकिन्छ।

खाली जमीन नभएको खण्डमा कुनै सानो माटो अड्याउने ठाउँ (गमला, काठको बाकस, माछा प्याक गरिने पोली स्टाइरिनको बट्टा, खेर जाने प्लास्टिकका बाल्टी, आदि) को प्रयोगले पनि आफ्नो घरको कौशी अथवा बरण्डामा केही ठाउँ छुट्याएर सानो आकारमा करेसाबारी बनाउन सकिन्छ। अझ अहिले त माटोबिनाको खेती प्रणाली (हाइड्रोपोनिक्स) पनि प्रचलनमा आइसकेको छ। हाइड्रोपोनिक्सका लागि आवश्यक सामग्रीको उचित व्यवस्थापन गर्न सकिएको खण्डमा यो प्रविधि अझै प्रभावकारी हुन सक्छ।

स्वस्थ जीवनचाहिँ कसरी त ?

कृषि कर्मले मानिसको शरीरलाई क्रियाशील बनाउँछ। केही नभए पनि थोरै मात्रामा हातखुट्टा चलाउनाले शारीरिक कसरत हुने गर्छ। अझ यसरी गरेको कसरतले आफैँलाई स्वस्थ खानेकुरा प्राप्त हुन्छ भने किन नगर्ने ?

करेसाबारी स्वस्थ हरियो तरकारी र खाद्य पदार्थको एउटा राम्रो स्रोत हो। आफूसहित परिवारको पौष्टिक आवश्यकता विचार गरेर बाली लगाउँदा करेसाबारीबाट अझ धेरै फाइदा उठाउन सकिन्छ। मौसम अनुकूल रहने तरकारी तथा सागसब्जीहरूबाट विभिन्न थरीका पौष्टिक तत्वहरू पाउन सकिन्छ। उदाहरणका लागि– कार्बोहाइड्रेडका लागि आलु, फर्सी, प्रोटिनका लागि सिमी, साग, बोडी, भिटामिनका लागि गाजर, गोलभेँडा, मेवा, कागती, काउली, बन्दा, धनियाँ, खुर्सानी, आइरनका लागि मेथी, लट्टे, पालुंगोजस्ता फलफूल/तरकारी लगाउन सकिन्छ।

अझ विभिन्न प्रकारका रङयुक्त तरकारी तथा फलफूल, जस्तै भ्यान्टा, ब्रोकाउली, अनार, आलुबखडा, दाख (कालो अंगुर), आदिले एन्थोसाएनिन्सको मात्रा पुर्याउँछ, जसको सेवनबाट शरीरमा एण्टिअक्सिडेण्टको काम गर्छ।

विभिन्न थरीका फलफूल तथा तरकारीहरूको आपूर्ति गराउने हुनाले करेसाबारीले खाद्य विविधतामा पनि योगदान पुर्याउन सक्छ। यसले उचित परिमाणमा पौष्टिक तत्वहरूको आपूर्ति हुने हुँदा मानव शरीरमा कुपोषणको जोखिमलाई कम गराउँछ। ताजा तरकारी र फलफूलको सेवनले स्वास्थ्य अझै सुदृढ हुन जान्छ। अर्कोतर्फ, विषादीरहित तरकारीहरूको उपभोगले विषादीजन्य अवशेषहरूको तत्कालीन र दीर्घकालीन असरबाट मुक्ति दिलाउँछ। विषादी हाल्नै पर्ने आवश्यकता पर्यो भने पनि जैविक विषादीलाई सही मात्रामा हाल्ने गर्नाले मानव शरीरमा आइपर्ने त्यस्ता नकारात्मक जोखिमहरू स्वतः हट्छन्।

आफ्नै उपभोगका लागि तरकारी र फलफूल खेती गर्ने हुनाले मानिसले सकेसम्म अग्र्यानिक तरिकाले उत्पादन गर्छ। यसले गर्दा भान्छाबाट निस्कने अग्र्यानिक फोहोरहरू पनि घरमै तह लाग्छन्। वातावरणीय प्रदूषण पनि करेसाबारीले केही हदसम्म नियन्त्रण गर्छ। अर्कोतर्फ हेर्ने हो भने, करेसाबारीले हरियालीलाई पनि प्रवर्द्धन गर्दछ। एउटा सफा, शान्त र हरियो वातावरण घरवरिपरि रहनाले पारिवारिक सौहार्दतासमेत कायम रहन्छ।

करेसाबारी एउटा मिनी कृषि पाठशाला

करेसाबारी भनेको एक्लैले व्यवस्थापन गर्न सक्ने कुरा होइन। यसका लागि परिवारका सबै सदस्य उत्तिकै समान रूपले संलग्न हुनुपर्छ। घरका हरेक सदस्य मोबाइल र इन्टरनेटमा ब्यस्त हुने वर्तमान समयमा करेसाबारीले केही समय भए पनि पारिवारिक सौहार्दता, मित्रता, एकता र सहभागिता कायम गर्नका लागि वातावरण बनाइदिन्छ। यसै गरी आफ्ना बालबालिकालाई आफूसँगै करेसाबारी या कौशी खेतीमा क्रियाशील राख्नाले उनीहरूमा खानपान, व्यवहार र पारिवारिक वातावरणप्रति एउटा छुट्टै प्रकारको स्नेह र प्रेम उत्पन्न हुन जान्छ।

बालीनालीको संरक्षण कसरी गर्नुपर्छ, खाद्य प्रणाली कसरी निर्माण र विकास हुन्छ, खाने कुरा उब्जाउन कस्ताकस्ता प्रक्रिया पूरा गर्नुपर्छ, भन्नेजस्ता साना तर गहकिला ज्ञान यस प्रक्रियाबाट बालबालिकाहरूले सहज र सरल रूपमा पाउन सक्छन्। खाद्य पोषण तालिका वा चार्टको प्रयोगले करेसाबारीमा उपलब्ध कुन तरकारी वा फलफूलमा कस्तो प्रकारको पौष्टिक तत्व पाइन्छ भन्ने व्यावहारिक ज्ञानसमेत बालबालिकाहरूलाई दिन सकिन्छ। यसले एउटा अलग्गै प्रकारको असल संस्कार र संस्कृतिको विकास बालबालिकामा हुन्छ।

सृजनशिलताको प्रस्तुति

करेसाबारी एक प्रकारको कला हो। यसको उचित व्यवस्थापन गर्न सक्नु आफैँमा एउटा अनुकरणीय कार्य हुन सक्छ। विभिन्न प्रकारका फलफूल र तरकारीलाई आफ्नै ढंगमा रुपान्तरण गरी सजाएर खेती गर्नाले हेर्ने मानिसलाई छुट्टै प्रकारको आनन्द दिन्छ। अझ नयाँ–नयाँ प्रविधि अवलम्बन गरी खेती गर्नाले समय, ठाउँ र श्रमको पनि बचत हुन्छ।

पैसा र समयको बचतका लागि करेसाबारी

कुनै एक तरकारी वा फलफूलको बीउको प्याकेजको मूल्य लगभग पसलमा तीन पटक तरकारी र फलफूल खरिद गर्ने बराबरको हुन्छ। त्यहि एक प्याकेट बिउबाट कम्तिमा पनि १० पटक ताजा र अग्र्यानिक तरकारी उपभोग गर्न सकिन्छ। यसमा अन्य खर्चहरूलाई पनि जोडेर हेर्ने हो भने बजारबाट किनेर खाइनेभन्दा धेरै नै सस्तो पर्न आउँछ। यो कोणबाट हेर्दा करेसाबारी र कौशी खेतीको माध्यमबाट आर्थिक बचत पनि गर्न सकिन्छ। कतिपयले त यसबाट प्रशस्त अर्थोपार्जनसमेत गरिरहेका छन्। कदाचित अर्थोपार्जन हुन सकेन भने पनि यसबाट मानिसले जुन प्रकारको भौतिक र आत्मिक सन्तुष्टि आफ्नै उत्पादन खाएर पाउँछ, त्यो सन्तुष्टि कुनै पनि मूल्य तिरेर पाउन सकिँदैन। त्यसो त अलिकति मिलाएर र सोचेर करेसाबारी वा कौशी खेती गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ। यसबाहेक सबैभन्दा महत्वपूर्ण काम भनेको आफूलाई चाहिएको बेलामा ताजा र गुणस्तरीय तरकारी/फलफूल आफ्नै करेसाबारीमा पाइनाले बजारमा गएर छान्दै खरिद गर्नुपर्ने समयको बचत हुन्छ। अझ परिवारका सदस्यको खेर गइरहेको समयको उचित लगानी करेसाबारीमा गर्नाले उत्पादनशिलता पनि बढने्छ।

आत्मनिर्भरता

आफ्ना लागि आफैँ गर्ने बानीले परनिर्भरतालाई विस्थापन गराउन सक्छ। परनिर्भरताकै कारणले पछिल्लो पटक भारतीय विषादीयुक्त तरकारी हाम्रो भान्छामा छिरेको थियो। अझै पनि विषादीयुक्त तरकारीहरू हाम्रो भान्छामा छिरिरहेका छन्। सम्भब भएसम्म करेसाबारीमा उत्पादित तरकारी सेवन गर्नेहरूलाई यस्ता कुनै प्रकारका घटनाले असर परेको थिएन र पर्ने पनि छैन। नचिनेको वा स्रोत थाहा नभएको ‘सग्लो’ तरकारी खानुभन्दा आफ्नै बारीमा फलेको तरकारीमा कीरा पन्छाएर खानु बुद्धिमानी हुन्छ। अझ रमाइलो कुरा त के छ भने, तपाईं आफ्नो खानामा के खाँदै हुनुहुन्छ भन्ने ठ्याक्कै भन्न सक्नुहुन्छ।

मानव मस्तिष्कमा उत्पन्न तनावको व्यवस्थापन

करेसाबारी एक शान्त र मनोरम गतिविधि हो जसले मानिसमा तनावको स्तर कम गर्न मद्दत पुर्‍याउँछ। यसबाट मानिसलाई मानसिक रूपमा ठूलो सहयोग पुग्छ। प्रकृतिको वरिपरि रहनाले शारीरिक र मानसिक स्वास्थ्यमा स्तरोन्नति हुन्छ। धेरै अध्ययनहरूले पनि खेतीपातीमा संलग्न हुने मानिसहरूमा मानसिक समस्याहरू कम मात्रामा हुने तथ्य बाहिर ल्याएका छन्।

(लेखक सिटौला होलिस्टिक हेल्थ प्रालिमा कार्यरत छन्।)

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९