वीरगन्ज – वीरगन्ज माईस्थानका विदुर भण्डारका व्यवसायी अंगद गुप्ताले साउन १ गतेदेखि वीरगन्जबाहिर (चितवन र काठमाडौँ) सामान पठाउन पाएका छैनन्। ट्रक भाडामा नपाएर उनको सामान तीन दिनदेखि वीरगन्जकै गोदाममा थन्किएर बसेको छ। यसैगरी, वीरगन्जका हजारौँ व्यापारीको सामान वीरगन्जबाहिर नगएको व्यवसायीहरू बताउँछन्।
वीरगन्जबाट एउटा पनि ट्रक वा टेलरमा मालसमान ओसारपसार गर्न नहिँड्नुमा दुइटा कारण छन्। एउटा भेइकल कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस ) प्रणाली व्यवहारमा लागू हुन नसक्नु र अर्को ढुवानी व्यवसायमा सरकारले गत जेठ १५ गतेको बजेट वक्तव्यमार्फत लगाएको भ्याट। यसले गर्दा देशभरका यातायात तथा ढुवानी व्यवसायीसँगै वीरगन्जका पनि ढुवानी व्यवसायी पनि आन्दोलित भएका छन्।
जय बजरंगवली ट्रान्सपोर्टका सञ्चालक अजय गुप्ताले भने, ‘सरकारले हालै लागू गरेको व्यवस्था अव्यावहारिक छ, त्यसैले यातायात तथा ढुवानी व्यवसायी महासंघ उक्त व्यवस्थाको खारेजीको माग गर्दै आन्दोलनमा छ, त्यसैले जबसम्म सरकारको तर्फबाट उपयुक्त निकास निस्किँदैन, तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ।’
उनले थपे, ‘ढुवानी व्यवसायीले डिजेल खरिदमा पनि भ्याट तिरेका हुन्छन्, ढुवानी भाडामा समेत भ्याट तिरेपछि त दोहोरो भ्याट तिराइ भइगो नि। त्यसैले यो नियम खारेज हुनुपर्छ, यसमा अर्को झन्झट के छ भने आन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई नै भीसीटीएसका बारेमा कसरी अनलाइन डाटा इन्ट्री गर्ने भन्नेबारे पर्याप्त जानकारी छैन, न यहाँ यसबारेमा कुनै तालिम नै दिइएको छ। त्यसैले यो अव्यावहारिक छ।’
सरकारले भीसीटीएसको नियमअनुसार यदि ढुवानी व्यवसायीले गल्ती गरेको खण्डमा पहिलो चरणमा ५० हजार, दोस्रो चरणमा ७५ हजार जरिवानासमेत गर्ने जनाएपछि व्यवसायी आन्दोलित बनेका हुन्।
ड्राइपोर्टमा २ हजार कन्टेनर र वीरगन्ज भन्सारमा ४ सय ट्रक
यातायात तथा ढुवानी व्यवसायीको आन्दोलनका कारण तीन दिनदेखि वीरगन्जमा एउटा मालबाहक ट्रक तथा अन्य सवारीसाधन रोकिएर वीरगन्ज भन्सारमा ४ सय र ड्राइपोर्टमा २ हजार २० फिटे कन्टेनर थन्किएका छन्। वीरगन्ज भन्सारका सूचना अधिकारी मनीष महतोले भने, ‘तीन दिनदेखि केही पनि काम भएको छैन, भारतबाट गाडी नै आएको छैन, गाडी जाँचपास भएको छैन, तीन दिनमा इन्ट्रीको हिसाबले हेर्ने हो भने करिब ४ सय गाडी रोकिएका छन्।’
उता श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) सञ्चालक भारतीय कम्पनी हिमालयन टर्मिनलका सीईओ विष्णुकान्त चौधरीले दिएको जानकारीअनुसार तीन दिनदेखि कन्टेनर नउठेर ड्राइपोर्टमा कम्तिमा २ हजार लोडेड कन्टेनर थुप्रिएका छन्। ‘अवस्था असहज बन्दै गएको छ, दैनिक रूपमा २/३ वटा ट्रेन आइरहेका छन्, कन्टेनर राख्ने ठाउँ छैन, उनले भने, ‘कोलकाताबाट आउने रेललाई रद्द पनि गर्न सकिँदैन्, यता आन्दोलन, समस्या निकै बढेको छ।’
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले आगामी आइतबारसम्ममा कुनै निचोड निस्किने आशा रहेको बताए। उनले यातायात तथा ढुवानी महासंघका एक केन्द्रीय पदाधिकारीसँग समस्या समाधानबारे नियमित सम्पर्कमा रहेको बताउँदै राज्य र व्यवसायीबीचको विवाद सुल्झाउन एउटा कार्यदल पनि बनेको र चाँडै छलफलमार्फत बीचको बाटो निकाल्ने प्रयास भइरहेको बताए। तीन दिनदेखि गाडी नचल्दा वीरगन्जका व्यवसायीले करोडाैँ घाटा व्यहोर्नुपरेको उनले स्पष्ट पारे।


लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण
२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय
२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन
२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल
२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स
२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा
२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल
२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु
२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा
२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)
२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै
२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!
२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर
२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्
२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल
२०७६, २० मंसिर शुक्रबार १७:०९
