धनगढी – सरकारले ढुवानीलाई भ्याटको दायरामा ल्याउने व्यवस्था गरेको विरोधमा सुदूरपश्चिमका ढुवानी व्यवसायीहरूले ढुवानी सेवा ठप्प पारेका छन्। देशभरसँगै सुदूरपश्चिमका ढुवानी व्यवसायीहरूले पनि आफ्ना सवारीसाधन घर तथा ग्यारेजमा थन्क्याएका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएको छ। हाल देशभर ७० हजार ट्रक सञ्चालनमा छन्। आर्थिक विधेयक २०७६ ले ढुवानी सेवालाई असार १२ पछि भ्याटको दायरामा ल्याउने व्यवस्था गरेको छ। तर पेट्रोलियम ढुवानी व्यवसायी र ट्रक व्यवसायीले भ्याटमा दर्ता हुन अटेरी गर्दै आएका छन्। सरकारलाई निर्णयबाट पछाडि हट्नका दवावस्वरूप व्यवसायीले सेवा ठप्प पारेका हुन्। इन्धन र अन्य वस्तुको ढुवानी अत्यावश्यक सेवामा पर्छ, सो सेवासमेत यस क्षेत्रका व्यवसायीहरूले ठप्प पारेका छन्।

ढुवानी व्यवसायीले गल्ती गरेमा पहिलो पटक ५० हजार, दोस्रो पटक ७५ हजार जरिवानासहित ढुवानीका साधनसमेत जफत गर्ने प्रावधान सो प्रणालीमा व्यवस्था गरिएकोमा आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गर्नुपरेको सेती महाकाली ट्रक व्यवसायी संघका अध्यक्ष चेतराज जोशीले बताए। उनले आयात, निर्यात गर्ने उद्योगीहरूलाई नभई आफूहरूलाई मारमा पार्ने गरी ल्याइएको सो प्रणाली तत्काल खारेज नभए ढुवानीको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी पनि दिए। उनले सानो लगानीमा रहेका ढुवानीकर्ताहरूलाई उठ्नै नसक्ने प्रावधानसहित सरकारले सो प्रणालीमा सञ्चालनमा ल्याएकोमा आक्रोश पनि व्यक्त गरे।

सरकारले ढुवानीलाई भ्याटको दायरामा ल्याउने व्यवस्था गर्दा ढुवानी व्यवसायीलाई मात्रै नभई आम उपभोग्तासमेत मारमा परेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले समेत आपत्ति जनाएको छ। सरकारले मजदुरलाई मारमा पार्ने काम गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले सो निर्णय फिर्ता लिनुपर्ने माग राखे। सरकारले ढुवानीमा १३ प्रतिशत करसँगै २ प्रतिशत टीडीएस लगाएको भन्दै सो कर फिर्ता लिनुपर्ने उनको अडान छ। व्यवसायीलाई धरापमा पार्ने काम सरकारबाट भएको भन्दै अध्यक्ष्य बोगटीले यस्ता निर्णयका कारण उद्योग कलकारखाना नै बन्द हुने अवस्था आएको बताए। सो निर्णय फिर्ता लिन सरकारलाई दवाव दिइरहे पनि सरकारले निर्णयबाट पछि नहटे आन्दोलन गर्न बाध्य हुने उनको चेतावनी छ।

अन्य ढुवानी सेवा ठप्प भए पनि सुदूरपश्चिमको मुख्य नाका गौरिफण्टा नाकाबाट इन्धन भने आयात भइरहेको छ। कैलाली भन्सार कार्यालयका प्रमुख ईश्वरी अर्यालका अनुसार साउन २ र ३ गते मात्रै ६५ लाखभन्दा बढीको इन्धन आयात भएको छ।

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ६ माघ सोमबार १९:१२

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

२०७६, ६ माघ सोमबार १४:३९

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

२०७६, ६ माघ सोमबार १५:३२

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

२०७६, ६ माघ सोमबार १७:२८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

२०७६, ६ माघ सोमबार ११:३७

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

२०७६, ६ माघ सोमबार १७:२१

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

२०७६, ७ माघ मंगलवार १४:१५

अँगालो हालेर सुताउने अचम्मको जागिर!

अँगालो हालेर सुताउने अचम्मको जागिर!

२०७६, ७ माघ मंगलवार १४:२२

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

२०७६, ६ माघ सोमबार ११:०२