स्व. जगदीश घिमिरे
 
वनस्पतिसँग सोधेँ, ‘के चाहन्छौ?’
वनस्पतिले भने, ‘न्याय।’
‘त्यो भनेको के हो?’
वनस्पतिले भने, ‘अरूको अधिकार हनन नगरीकन धर्तीमा हामीले पाउने न्यायोचित भाग।’
मैले भनेँ, ‘अलि प्रस्ट भन न।’
वनस्पतिले भने, ‘पञ्चतत्त्वमा हाम्रो मोहियानी हक। बँधुवा मजदूर हक।’
 
मैले सोधेँ, ‘त्यो भनेको के?’
वनस्पतिले भने, ‘हाम्रो भागको पृथ्वी, जल, वायु, आगो र आकाशको न्यायोचित उपयोग गर्ने अधिकार।’
मैले सोधे, ‘अनि तिमी हामीलाई के दिन्छौ?’
वनस्पतिले भने, ‘तिमीले सास फेर्ने वायुु। तिमीले खाने भोजन। तिमीले पिउने पेय। तिम्रो व्याधि निको पार्ने औषधि। तिमीले बस्ने घर। तिमीले लाउने लुगा। तिमीले रसास्वादन गर्ने सौन्दर्य। तिमीलाई बाँच्न चाहिने सबै कुरा। तिमीलाई बाँच्नका लागि नभइनहुने पञ्चतत्त्वका हामी अभिन्न अङ्ग हौँ। हामी तिम्रालागि आफ्नो जीवन उत्सर्ग गर्छौं।’
 
पशुसँग सोधेँ, ‘के चाहन्छौ?’
पशुले भने, ‘न्याय।’
मैले सोधे, ‘त्यो भनेको के हो?’
पशुले भने, ‘धरतीमा हाम्रो हक।’
मैले भनेँ, ‘अलि प्रस्ट भन न।’
पशुले भने, ‘पञ्चतत्त्वमा हाम्रो मोहियानी हक, बँधुवा मजदूर हक।’
मैले सोधेँ, ‘त्यो भनेको के?’
पशुले भने, ‘हाम्रो भागको पृथ्वी, जल, वायु, आगो र आकाशको न्यायोचित उपयोग गर्ने अधिकार।’
मैले सोधेँ, ‘त्यो भनेको के?’
पशुले भने, ‘पेट भर्न घाँस र तिर्खा मेट्न पानी।’
मैले सोधेँ, ‘त्यसको साटो तिमी हामीलाई के दिन्छौ?’
 
पशुले भने, ‘बाँचुञ्जेल हामी तिम्रा दासानुदास भएर, तिम्रा जेल, नेल, कोर्रा र यातना सहेर, तिम्रा शोषण, उत्पीडन, सनक र लहडका सिकार हुन्छौँ। मरेपछि हाम्रो सिनोले तिम्रो जिब्राको तिर्सना मेट्छाैँ र तिमीलाई तृप्त पार्छौं।’
 
मान्छेसँग सोधेँ, ‘के चाहन्छौ?’
मान्छेले भने, ‘न्याय।’
मैले सोधेँ, ‘त्यो भनेको के?’
मान्छेले भने, ‘धरतीमाथि हाम्रो न्यायोचित अधिकार।’
मैले भनेँ, ‘अलि प्रस्ट भन न।’
मान्छेले दृढतापूर्वक भने, ‘हामीले परिभाषा गरेको न्याय।’
मैले सोधेँ, ‘त्यो भनेको के?’
मान्छेले जुँगामा ताउ लाएर भने, ‘तिमीहरूको सर्वस्वमा हाम्रो अधिकार। हामीलाई जति सम्पत्ति भए पनि पुग्दैन।’
 
मैले सोधेँ, ‘अनि?’
मान्छेले भने, ‘तिमीहरूका सन्तान हाम्रो प्रभुत्व। हामीलाई जति दासदासी भए पनि पुग्दैन।’
मैले सोधेँ, ‘अनि।’
मान्छेले भने, ‘तिमीहरूको ज्यान। हामीलाई कसैले हाम्रो सिद्धान्तको विरोध गरेको मन पर्दैन।’
मैले सोधेँ, ‘त्यसको साटो तिमी हामीलाई के दिन्छौ?’
मान्छेले भने, ‘धर्तीमा हाम्रो निर्विवाद, प्रश्नरहित एकछत्र शासन।’
 
(नेपाल साप्ताहिक, २०६५ कात्तिक ३)

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

कर्णालीमा १ सय ५० सडक मानवको उद्धार

२०७६, ४ माघ शनिबार १३:११

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

२०७६, ४ माघ शनिबार १५:४२