– मुरारी सिग्देल

प्रश्न मौन छ
प्रश्न कोलाहलभित्र पनि छ
प्रश्नै प्रश्न छ, उत्तर कहीँ छैन
उत्तर दिने कोही छैन !

एउटा चालकले
बेला कुबेला
ठाउँ कुठाउँ स्थिति नहेरी
यू टर्न लिन्छ, किन लिन्छ?

हरेक दिन जाममा छ, यो देश
जामबाट नै दैनिकी आरम्भ हुन्छ
सहर बजार, स्कुल, अफिस
चारैतिर फेसबुकको सञ्जालमा अल्झिरहेर
जीवनचर्यामा जाम

यता–उता, उकालो–ओरालो बाटो पाइसक्नु छैन
यू टर्नको लहरले अहिले
समयलाई घाइते बनाएको छ
अन्योल छ समय, आपतमा छौँ हामीहरू
बसभरिका यात्रु हामी
उही छ हाम्रो आड–भरोशा
ऊ भने हाम्रा इच्छा र आशाविपरीत
मनपरि गर्दैछ
बेला कुबेला सन्की चालकले जसरी
यू टर्न लिँदैछ

लाइक र कमेन्टमा टिकेको
उसको भाषण र शासन
चामलमा ढुङ्गा जसरी मिसिन्छ
राहतमा पुगेको सडेको चामल जसरी
राजनीतिको नाममा मकै पिन्दा घुन पिसिन्छ
कालो कोटमा
कालो अक्षरको अङ्क देखेपछि
न्यायले यू टर्न लिन्छ

हर्न निषेधित राजधानीको मौनता
भङ्ग गर्छ मञ्चमा उक्लेको चालक
ट्राफिकको सिट्ठीमा श्वास अड्किन्छ
लोकमार्गमा एम्बुसमा पर्छ
घाइते लोकतन्त्र बोकेको एम्बुलेन्स
एम्बुलेन्सभित्र पसेको छ
तराईको बाढी, पहाडको पहिरो
चालक खोज्दैछ आकाश मार्ग
जनताले आकाश नभेट्दै
ऊ बादलभित्र यू टर्न गर्छ

निर्वस्त्र छ अप्रेसन थिएटरमा घाइते समय
सेतो कोटभित्र ईश्वर आत्मग्लानिले झोक्राएको छ
बाँकी बचेको अलिकति मानिस–यमदूत
फ्लोराइड सिजर हातमा लिएर
झिक्छ मिर्गौला, बन्द गर्छ मुटु
र यू टर्न गर्छ अस्पतालको बेसमेन्टबाट

प्रश्नै प्रश्न छन् प्रत्येक यू टर्नभरि
प्रश्नै प्रश्न छ चालकको विश्वासमा
मात्र पर्खिरहेछौँ हामी
एउटा यस्तो यू टर्न,
जहाँ जनताका हृदयको आवाज सुनेर
गति सीमित होऊन्
गति निरन्तर होऊन्
गति यू टर्न होऊन् !!

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७