बुटवल – आन्तरिक राजस्व कार्यालय बुटवलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा लक्ष्यभन्दा करिब ६ दशमलव ५७ प्रतिशत बढी राजस्व संकलन भएको हो।

७ अर्ब ८३ करोड २४ लाख २ हजारको लक्ष्य लिएकोमा आर्थिक वर्षको समाप्तिसँगै कार्यालयले ८ अर्ब ३४ करोड ४८ लाख ९३ हजार राजस्व संकलन गरेको हो।

तिलोत्तमा वडा नम्बर १ देखि ४ सम्म र पूर्वमा बर्दघाट र पश्चिममा सैनामैनासम्म कार्यक्षेत्र रहेको राजस्व कार्यालयले योजनाबद्ध कार्यप्रगतिबाट लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए। आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको भन्दै राजस्व संकलनलाई थप व्यवस्थित गरिने उनले बताए।

बुटवल क्षेत्रमा अन्तशुल्कबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ। कर कार्यालयका अनुसार अन्तशुल्कमा ५ अर्ब ३४ करोड ३४ लाख संकलन भएको हो। त्यस्तै आयकरतर्फ १ अर्ब ६२ करोड ९१ लाख संकलन भएको छ भने मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ १ अर्ब ९ करोड ६७ लाख संकलन भएको छ। कार्यालयले ब्याजबाट १६ करोड ५० लाख तथा अन्य शिर्षकमा ११ करोड ५ लाख राजस्व संकलन गर्न सफल भएको छ।

यस्तै आर्थिक वर्ष २०७५/७६ मा बुटवल कार्यालयबाट ठूलो सख्यामा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान)सहितको परिचयपत्र वितरण भएका छन्। सरकारले यही आर्थिक वर्षबाट हरेक कारोवार स्थायी लेखा नम्बर (प्यान)मा गर्न बाध्यकारी व्यवस्था गरेसँगै आन्तरिक राजस्व कार्यालय बुटवलमा प्यान नम्बर लिनेको संख्या बढेको हो। गत आर्थिक वर्षमा मात्रै १२ हजार ३ सय २२ जनाले प्यान लिएका छन्। हालसम्म बुटवल कार्यालयबाट व्यक्तिगत लेखा नम्बर लिनेको संख्या ३१ हजार ७ सय २ पुगेको छ।

कर्मचारी संचय कोषले पनि प्यान अनिवार्य गरेपछि व्यत्तिगत लेखा नम्बर लिनेको संख्यामा बृद्धि भएको कार्यालयका लेखा अधिकृत ढकालले बताए। बुटवलमा रहेको आन्तरिक राजस्व कार्यालयमा कार्ड बनाउनेहरुको दिनहुँ भीड लाग्ने गरेको छ। औसतमा दैनिक ५० देखि ७० जनासम्मको कार्ड बनाउने गरेको उनले बताए।

त्यस्तै व्यवसायिक स्थायी लेखा नम्बर लिनेको पनि संख्या उल्लेख्य बृद्धि भएको छ। आर्थिक वर्ष २०७५/७६ मा ६ हजार ८ सय १८ वटा व्यवसायिक प्रतिष्ठानले स्थायी लेखा नम्बर लिएका छन्। योसँगै ४६ हजार ६ सय ३१ जनाले व्यवसायिक लेखा नम्बर प्राप्त गरिसकेका छन्। त्यस्तै यस क्षेत्रमा मूल्य अभिवृद्धि कर (भ्याट)मा जाने क्रम पनि बढेको पाइएको छ। आर्थिक वर्ष २०७५/७६ मा १ हजार ३ सय ९२ वटा व्यवसायिक फर्म भ्याटमा दर्ता भएका छन्। ती फर्मसँगै बुटवल कार्यालयबाट भ्याटमा जाने संस्थानहरु ७ हजार ४ सय ९ भएका छन्।

त्यस्तै बुटवल कार्यालयबाट अन्तशुल्क इजाजतसमेत लिने गरेका छन्। ६ सय ५५ वटा प्रतिष्ठानले यस आर्थिक वर्षमा इजाजत लिएपछि इजाजत पत्र लिनेको संख्या ४ हजार ५ पुगेको छ।

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७