काठमाडौँ – विकास अर्थशास्त्री तथा साहित्यकार चन्द्रप्रसाद भट्टराईको नियात्रा कृति ‘नीला गोलार्द्ध’ सार्वजनिक भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ नियात्राकार डा. तारानाथ शर्माले सो कृति लोकार्पण गरे।

‘नीला गोलार्द्ध’मा भट्टराईले देशका विभिन्न भागका साथै बेलायत, जर्मनी, अस्ट्रिया, अमेरिका, सिङ्गापुर र भारत भ्रमणका एघारवटा यात्रा संस्मरणात्मक रचना समेटेका छन्। यो उनको तेस्रो नियात्रा कृति हो। उनी नियात्राकार तथा नियात्रा समाज नेपालका अध्यक्षसमेत हुन्।

कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै समालोचक राजेन्द्र पराजुलीले ‘नीला गोलार्द्ध’भित्र लेखक जहाँ–जहाँ पुग्छन्, पाठक पनि त्यहाँ–त्यहाँ पुग्ने बताए। उनले कृतिमा प्रयोग भएका भाषा, शैली र विषयवस्तुको संयोजन उत्कृष्ट भएको उल्लेख गर्दै भट्टराईको लेखन कलाको प्रशंसा गरे। उनले भने, ‘यसअघि प्रकाशित भट्टराईका नियात्रा संग्रहहरु ‘प्रशान्त छालहरूमा मेरो नेपाल’ र ‘अनौठो मुलुक अनौठा अनुभूति’लेझैँ यस कृतिले पनि पाठकहरूको मन राम्रोसँग छुन्छ।’

समालोचक डा. गीता त्रिपाठीले ‘नीला गोलार्द्ध’भित्रका सबै नियात्रामा विषयवस्तुलाई अत्यन्त आकर्षक ढंगले व्यक्त गरिएको बताईन्। ‘एघारवटामध्ये अधिकांश नियात्रा विदेश भ्रमणमा आधारित छन्। दुईवटा मात्र नेपालका बारेमा छन्। तर ती दुईवटाले नै स्वदेशको यात्रालाई कसरी राम्रो साहित्य बनाउन सकिन्छ भन्ने गहकिलो सन्देश दिन समर्थ छन्।’

‘लेखकहरू विदेश भ्रमण गरेर फर्केपछि विदेशको यात्राबारे लेख्ने क्रम बढेको र अबका दिनमा स्वदेश चिनाउन यहीको भूगोल र जनजीवनलाई समेटेर नियात्रा लेखिनुपर्ने कुरामा यस कृतिभित्रका ती दुईवटा रचनाले प्रेरित गरेको छ,’ डा. त्रिपाठीले भनिन्। उनले विदेश भ्रमणसँग सम्बन्धित सबै रचनामा ज्ञानसँगसँगै मीठो साहित्य पनि पाइने बताइन्। बेलायतकी महारानी एलिजाबेथका पनाति राजकुमार जर्जको जन्मबारेको रचना ‘नीला गोलार्द्ध’ नयाँ प्रयोगका रूपमा आएको र अत्यन्त रोचक र गहन रहेको उनको धारणा थियो।

नियात्रा समाज नेपालको आयोजना र उत्कृष्ट प्रकाशनको सहआयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ नियात्राकारहरू देविचन्द्र श्रेष्ठ, यादव खरेल, कवि एस्पी कोइरालालगायत उपस्थित थिए। उपस्थित साहित्यकारहरुका साथै नियात्रा समाज नेपालका उपाध्यक्ष प्रतीक ढकाल, महासचिव मोहन चापागाई र कोषाध्यक्ष गीता रेग्मीले नियात्रा लेखनको अवस्था र समावेश हुनेगरेका विषयवस्तुकाबारे चर्चा गरे।

‘नीला गोलार्द्ध’ लोकार्पण गर्नुअघि कृतिकार भट्टराईले सुवेदार मेजर शेरसिँह रानाद्वारा लिखित पहिलो नेपाली यात्रासाहित्य कृति ‘मेरो लन्दन राजतिलक यात्रा’को नयाँ संस्करण लोकार्पणका लागि प्रमुख अतिथिसमक्ष प्रस्तुत गरी पहिला यात्रासाहित्य लेखकप्रति सम्मान व्यक्त गरेका थिए। भारतीय सेनाका सुवेदार मेजर रानाले सन् १९११ मा राजा जर्ज पञ्चमको राज्याभिषेकमा बेलायत भ्रमण गरी आजभन्दा १ सय ६ वर्षअघि सो कृति पुस्तकका रूपमा प्रकाशित गरेका थिए।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३