धनगढी – कयौँ वर्ष पुरानो सडकको अवस्था सुधारमा सरकारले तदारुकता नदेखाई दुर्घटनाको भागीदार मजदूरलाई बनाउने गरेको भन्दै यातायात मजदूर नेताहरुले आपत्ति जनाएका छन्। चालकको लापर्वाहीले दुर्घटना भए कारवाही भोग्न तयार रहेको बताउँदै उनीहरुले दुर्घटनाको निष्पक्ष छानबिन हुनु पर्नेमा जोड दिएका छन्।

नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा सहभागी मजदूर नेताहरुले सडकको अवस्था सुधार गर्न सरकारसँग माग गरेका हुन्। सवारी साधनको सङ्ख्या दोब्बर, तेब्बरले वृद्धि भइरहे पनि सरकारले सडकको अवस्था सुधारमा ध्यान नदिएको उनीहरुको भनाइ छ। नेपाल यातायात मजदूर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले पहाडी क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)विना बनाइएका सडकका कारण बढी दुर्घटना हुने गरेको बताए। उनले भने, ‘सवारी साधनको चाप दिनानुदिन बढ्दै गए पनि सडकको अवस्था सुधारमा कसैले ध्यान दिएको छैन। स्वतन्त्र यातायात मजदूर संगठन दुर्घटना न्युनीकरणका लागि प्रशिक्षण, तालिमजस्ता कार्यक्रम चलाइरहे पनि भौतिक संरचनाका कारण बढी दुर्घटना भइरहेको छ।’

यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्‍याउन संगठनले मजदूरहरुलाई पटक–पटक तालिमसमेत दिइरहेको उनले बताए। इमान्दारिताका साथ चालकले सवारी साधन चलाएर यात्रुलाई सहजतापुर्वक गन्तव्यमा पुर्‍याउने वातावरण बनाइरहे पनि सडक संरचनाको बिजोग अवस्थाले दुर्घटना बढिरहेको उनले दाबी गरे।

नेपाल यातायात मजदूर संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले यातायात मजदूरहरुलाई सामाजिक सुरक्षामा आबद्ध नगराएर सरकारले ‘सौतेनी व्यवहार’ गरेको गुनासो गरे। सबैभन्दा महत्वपूर्ण भुमिका यातायात मजदूरकै भए पनि यातायात मजदूरलाई नै सौतेनी व्यवहार हुने कुरा मान्य नहुने उनले बताए। मजदूरले रात दिन नभनी काम गरे पनि उपदान, सञ्चय कोष, पेन्सनको व्यवस्था नभएको उनले बताए। उपाध्यक्ष श्रेष्ठले सरकारले ल्याएको श्रम ऐन २०७४ लाई तत्काल लागू गर्न माग गरे।

संगठनका महासचिव नवराज घिमिरेले पनि मजदूरको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरे। उनले भने, ‘मजदूरले २४सै घण्टा काम गर्नुपर्छ। त्यसको सुविधा कहिले पाउने त? जहिले पनि टाठाबाठा मात्रै पहुँचमा हुँदा मजदूरले आफ्नो अधिकारसमेत नपाएको उनको भनाइ छ। मजदूरले सामान्य गल्ती गर्दा सवारी चालक अनुमतिपत्र नपाउने तर टाठाबाठाले घरमै सवारी चालक अनुमतिपत्र पाउनेजस्ता गलत गतिविधि अहिले पनि जारी रहेकाले मजदूर पिछडिएको उनले बताए। यस्ता गलत क्रियाकलाप सच्याएर मजदूरलाई हौसला बढ्ने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।

सुदूरपश्चिम मजदूर भलाई कोषका अध्यक्ष केशव दत्त पन्तले मजदूरको सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग राखे। रात दिन नभनी खटिएर काम गरेका मजदूरलाई दुर्घटनामा झुटा मुद्दा लगाएर जेल कोच्ने काम भएको भन्दै उनले आपत्ति जनाए। दुर्घटनाको यकिन कारण खोजेर मात्र कारवाही गर्न उनले आग्रह गरे।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९