मञ्जित विष्ट, नान्जिङ (चीन) – चीनको ज्याङ्सू प्रान्तको राजधानी हो नान्जिङ। यो सहर याङ्ट्जी (Yangtze) नदीको दक्षिणी तटमा अवस्थित छ। चिनियाँ ईतिहासमा यस सहरलाई ‘capital city of six or ten dynasties’ भनेर पनि चिनिन्छ। नान्जिङ सहर अलौकिक सांस्कृतिक विरासतले युक्त सहर हो। यहाँका  आधुनिक संरचनाहरु पनि निकै आकर्षक छन्।

नान्जिङ आई पेडस्ट्रियन ब्रिज (Nanjing Eye Pedestrian Bridge)

सन् २०१४ को दोस्रो युथ ओलाम्पिक खेल नान्जिङ सहरमा हुँदा यो पुल निर्माण गरिएको हो। पुलको दुई छेउमा भएका टावर ‘आँखा’जस्ता देखिने भएर यसको नामकरण पनि ‘Nanjing Eye’ हुन गएको हो। यस पुलबाट घाम डुब्दै गरेको दृश्य हेर्न मानिसको भीड लाग्नेगर्छ। घाम डुबिसकेपछि बिभिन्न रंगका झिलीमिली बत्तीले सिँगारिएको यो पुलको दृश्य लोभलाग्दो देखिन्छ।

नान्जिङ सिटी वाल (Nanjing City Wall)

६ सय वर्षभन्दा पुरानो यो पर्खाल मिङ वंशको पालामा करिब ५५ वर्ग किलोमिटर क्षेत्रफल रहेको नान्जिङ सहरको सुरक्षाको लागि निर्माण गरिएको थियो। करिब ३५ किलोमिटर लम्बाई रहेको यो पर्खाल २१ वर्षको निर्माण कार्यपछि सन् १३८६ मा सम्पन्न भएको थियो। जम्मा ४ भागमा विभाजित यो पर्खालको १८ वटा ढोका हाल सञ्चालनमा छन्।

चुङ्हवा गेट (Zhonghua Gate)

चुङ्हवा गेट अर्थात् चिनियाँ गेट, नान्जिङ सिटी वालको दक्षिण ढोका हो। सन् २०१९ को फेब्रुअरी ५ मा म यहाँ पुगेको थिएँ। त्यस दिन चिनियाँ नयाँ वर्षको दिन थियो। जसलाई चिनियाँहरु ‘Spring Festival’ पनि भन्ने गर्छन्। यस समयमा नेपालमा भने सोनाम र ग्याल्पो ल्होछार मनाइन्छ। ‘Spring Festival’ को बेला यस गेटलाई आकर्षक सजावटले झकिझकाउ बनाइएको हुन्छ।

लिङ्गु मन्दिर (Linggu Temple)

चुङसान माउन्टेन नेशनल पार्कभित्र अवस्थित लिङ्गु मन्दिर नान्जिङको प्राचीन मन्दिर हो। अभिलेख अनुसार लियाङ साम्राज्य (५०२-५५७)को पालामा यो मन्दिर निर्माण भएको हो।

यूएज्याङ टावर (Yuejiang Tower)

याङ्ट्जी नदीनजिकै रहेको डाँडामा निर्मित यो टावरको आर्किटेक्चर शैली जति आकर्षक छ, यसको ईतिहास पनि रोचक छ। सन् १३६० मा मिङ वंशको प्रथम सम्राट जुयु आनझाङले नान्जिङ सहर कब्जा गरेपछि यस पहाडबाट याङ्ट्जी नदीको दृश्यलाई निकै मन पराए। र सन् १३७४ मा यस डाँडाको टुप्पोमा यूएज्याङ टावर बनाउने निर्णय गरे। यूएज्याङको अर्थ चिनियाँ भाषामा ‘खोलातिर हेर्नु’ हुन्छ। तर ६ सय वर्षसम्म यो टावर निर्माण गर्ने कुरा केवल कागजमै सीमित रह्यो। यसको निर्माण कार्य सन् १९९९मा शुरु भयो र सन् २००१ मा सर्वसाधारणका लागि खुल्ला गरियो।

नान्जिङ सहरभित्र र यसका आसपासमा यस्ता प्राचीन र ऐतिहासिक महत्वका सम्पदाहरु प्रशस्त छन्। आधुनिक संरचनाहरु पनि पर्यटकलक्षित गरी आकर्षक ढंगले निर्माण गरिएको छ।

तस्बिरहरू: मञ्जित विष्ट र Atcharaporn Daisai

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९