वासिङट्न – पाकिस्तानी प्रधानमन्त्री इमरान खान हाल तीनदिने अमेरिका भ्रमणमा रहेका छन्। प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरान हिजो शनिबार कतार एयरवेजको कमर्सियल फ्लाइटबाट अमेरिकाको वासिङ्टन पुगेका हुन् ।

पछिल्लो समय पाकिस्तान आर्थिक संकटसँग जुधिरहेकाले पनि प्रधानमन्त्री खान देशलाई आर्थिक भार कम गर्न भन्दै चार्टर्ड विमान प्रयोग नगरी कमर्सियल फ्लाइटमा अमेरिका पुगेका छन्।

कतार एयरवेजको नियमित उडानबाट कतारको दोहा हुँदै अमेरिका जाने क्रममा दोहामा उनलाई उक्त एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल्बाकरले स्वागत गरेका थिए।

हिजै वाससिङ्टन पुगेका उनी त्यहाँ पाँचतारे होटलमा नबसी राजदूत निवासमा बसे। पाकिस्तानी राजदूतको निवास वासिङ्टनमा अरू कूटनीतिक नियोग र निवासले घेरिएको छ। भारत, टर्की, जापानलगायत झण्डै दर्जन देशका दूतावास उक्त क्षेत्रमा रहेका छन्।

अमेरिका जाने राष्ट्र र सरकार प्रमुखले अमेरिकी सांसद, विभिन्न अधिकारीहरू र पत्रकारलाई भेट्छन्। राजदूत निवास साँघुरो हुने भएकाले प्रधानमन्त्री खानले त्यस्ता कार्यक्रमहरू राजदूतावासमै गर्ने कार्यक्रम रहेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले ओह्रालो लागिरहेको पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन ६ अर्ब अमेरिकी डलर सहयोग गर्ने केही दिनअघि सम्झौता गरेको छ । कोषले उक्त सहायताका लागि सरकारले कडा आर्थिक अनुशासन पालन गर्नुपर्ने शर्त राखेको छ।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री खानले आज आइतबार कोष र अर्को दातृ निकाय विश्व बैंकका प्रमुखहरूसँग भेटघाट गर्नेछन्। भोलि सोमबार खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। गतवर्ष प्रधानमन्त्री बनेका खानले शुरूदेखि आर्थिक खर्च कम गर्न विभिन्न पर्यायहरू गरिरहेका छन्। उनी प्रधानमन्त्रीको सरकारी निवासमा पनि बसेका छैनन् भने निवासका गाडीसमेत लिलामी गरिदिएका छन्। खानका तमाम प्रयत्नका बाबजुद् पनि पाकिस्तानी अर्थतन्त्रले गति लिन सकेको छैन। (एजेन्सी)

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९