पोखरा – पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुर खोलामा निर्माण गरिएको डाइभर्सनमा शनिबार राति आएको बाढीले क्षति पुगेको छ। डाइभर्सनमा क्षति पुग्दा मालवहाक गाडीहरु आवागमन ठप्प भएको छ।

विजयपुर पुलको फलाम चर्किएका कारण १० टनमाथि भार भएका ढुवानीका साधनहरु सोही डाइभर्सनबाट आवतजावत गर्दै आएका थिए। डाइभर्सन बगेपछि पोखरा भित्रिने सयौँ ट्रकहरु सडकमै अलपत्र परेका छन्।

पोखरालगायत धौलागिरि अञ्चलका जिल्लाहरुमा भित्रिने मुख्य नाकाको रुपमा रहेको सो खोलाको डाइभर्सन गत हप्ता पनि बाढीले बगाएको थियो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आग्रहमा पोखरा विमानस्थल निर्माण गरिरहेका चिनियाँ ठेकेदार कम्पनीले डाइभर्सन बनाइदिएको थियो। त्यसको एक हप्तापछि बाढीले फेरि डाइभर्सन बगाएको हो।

पानीको सतह घटेपछि डाइभर्सन मर्मत गरेर मात्र आवागमन सूचारु गर्ने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। यसअघि पनि बाढीले गर्दा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएको थियो। अहिले भने ह्युम पाइप नबगाए पनि डाइभर्सनमा भने क्षति पुगेको छ।

विजयपुर पुलको भने अझै मर्मत हुन सकेको छैन। हलुका सवारी साधनलाई मात्र सोही पुल हुँदै आवतजावत गर्न दिइएको छ। पुलको विकल्पका रुपमा बेलिब्रिज निर्माण भइरहेको छ। तर असार मसान्तसम्म निर्माण सक्नुपर्ने बेलिब्रिजको काम अझै पुरा भएको छैन।

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३