काठमाडौँ – आर्थिक वर्ष २०७६/७७ का लागि काठमाडौँ महानगरपालिकाले विनियोजन गरेको बजेटमा भौतिक पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। विनियोजित बजेट ११ अर्ब २ करोड २२ लाख ९२ हजारमध्ये आधाभन्दा बढी रकम महानगरको भौतिक पूर्वाधार विकास गर्न छुट्ट्याइएको छ।

महानगरले भौतिक पूर्वाधार विकास कार्यक्रमका लागि विनियोजन गरेको अनुमानित खर्च ५ अर्ब ६४ करोड ९९ लाख ५३ हजार रहेको छ। जुन कुल बजेटको ५१ दशमलव २६ प्रतिशत हो। भौतिक पूर्वाधार विकासका लागि महानगरले आफ्नै तथा समानीकरण अनुदानबाट ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार बजेट विनियोजन गरेको छ। साथै संघीय तथा प्रदेश सरकारबाट ससर्त प्राप्त हुने अनुदान रकम मध्येबाट १ अर्ब ३८ करोड २२ लाख पनि महानगरले भौतिक पूर्वाधारका लागि खर्च गर्ने तय गरेको हो।

आइतबार सार्वजनिक गरिएको महानगरको क्षेत्रगत बजेटअनुसार सामाजिक विकासका लागि १ अर्ब १६ करोड २९ लाख ९५ हजार, शिक्षामा १ अर्ब १६ करोड १७ लाख ७ हजार, सम्पदा तथा पर्यटन प्रवद्र्धनमा ९९ करोड १७ लाख ५० हजार, जनस्वास्थ्य सेवामा १ अर्ब ६२ करोड ३२ लाख, कृषि र पशु सेवामा ४ करोड ९५ लाख ९७ हजार बजेट निर्धारण गरिएको छ। उल्लेखित सबै शिर्षकका बजेट महानगरले आफ्नै तथा समानीकरण अनुदान र संघीय तथा प्रदेश सरकारको ससर्त अनुदानबाट खर्च गर्ने भएको छ।

आफ्नै तथा समानीकरण अनुदानबाटै हनुमानढोका दरबार क्षेत्र संरक्षणका लागि ५४ करोड ७९ लाख ६७ हजार, वातारवरण तथा उद्यान व्यवस्थापनमा ४० करोड ४८ लाख २० हजार, सहरी योजनाका लागि २९ करोड ८५ लाख १५ हजार, सार्वजनिक निजी साझेदारीमा ४ करोड ४० लाख, सुचना तथा सञ्चार सेवामा १९ करोड १७ लाख ९ हजार, विपद् व्यवस्थापनमा ७ करोड २९ लाख, अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धनमा १ करोड ९४ लाख, राजस्व परिचालन तथा वित्त व्यवस्थापनमा ६ करोड, सहरी सुव्यवस्थासम्बन्धी ४ करोड ८५ लाख, सहकारी व्यवस्थापनमा १ करोड ५० लाख र सहरी विकास सेवाका लागि ६१ लाख बजेट विनियोजन गरिएको छ।

त्यसैगरी महानगरले प्रस्तुत गरेको बजेट विवरणमा संघीय तथा प्रदेश सरकारबाट ससर्त अनुदानमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि ५ करोड ४ लाख ७७ हजार बजेट विनियोजन गरिएको छ। जसमा आफ्नै तथा समानीकरण अनुदानबाट ७ अर्ब ६१ करोड १६ लाख ९२ हजार रहेको छ भने संघीय तथा प्रदेश सरकारबाट शसर्त अनुदान ३ अर्ब ४१ करोड ६ लाख गरी जम्मा ११ अर्ब २ करोड २२ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९