सन्तोष प्याकुरेल

अहिलेको अत्याधुनिक प्रविधसँगसँगै विद्यार्थी होस् या प्रोफेसर, रिसर्च गर्ने तौरतरिकामा पनि आमूल परिवर्तन आउनु अस्वाभाविक हैन। पहिले पहिलेजस्तो लाइब्रेरी नै जानुपर्ने, पत्रपत्रिका पढ्नै पर्ने वा भनाैँ टीभी विज्ञापन नै हेर्नुपर्ने कुराबाट बिस्तारै सबै कुरा खोज्न सके इण्टरनेटमै उपलब्ध भइसकेको छ।

वेबसाइट, इन्स्टाग्राम, फेसबुक पेज, गुगल प्लस लगायतका बिभिन्न एप्सबाट वैदेशिक अध्ययनको विषयमा कसरी सजिलै आधिकारिक जानकारी प्राप्त गर्न सकिन्छ भन्ने केही टिप्स यहाँ प्रस्तुत गरिएको छ:

१. के गर्दैछु भन्ने प्रस्टता

अक्सर इन्टरनेटमा प्रवेश गरेसँगै आउने बिभिन्न खाले सूचनाहरुमा हराएर एउटा काम गर्न खोजेको मान्छे अन्यत्रै पुग्ने हुन्छ। तसर्थ के विषयमा रिसर्च गर्न खोजेको हो? के उद्देश्यका लागि रिसर्च गर्दैछु? के जानकारी लिन खोज्दैछु? भन्ने कुरामा विद्यार्थी प्रस्ट हुनु आवश्यक छ।

२. सर्च इञ्जिनको छनोट

अधिकांश आफूलाई चाहिने जानकारी लिन google सर्च गर्दछन्। यो एउटा उपयुक्त इञ्जिन हो। तर जानकारी लिने क्रममा google सँगसँगै Yahoo र Bing को पनि प्रयोग गरि जानकारी हासिल गरेको खण्डमा प्राप्त जानकारीहरु तुलना गरी चाहिएको जानकारी मात्र लिन सजिलो हुन्छ। अर्को उपयुक्त माध्यम Youtube पनि हो।

३. खास शब्दको प्रयोग

वास्तवमा इन्टरनेट असंख्य शब्दहरु र त्यसै अनुसारको जानकारीको लागि असंख्य वेबसाइटहरु उपलब्ध छन्। खोजीको क्रममा लेखिने शब्द र त्यो शब्दसँगै आएका अन्य शब्दले हाम्रो खोजाइको निष्कर्षलाई बदल्न वा भन्नौँ अन्यत्र मोडिन सक्छ। तसर्थ थोरै शब्दलाई ” ” (inverted comma)भित्र राखेर सर्च गर्दा हामीले खोजेकै सूचना र जानकारीसम्म सहजै पहुँच पुग्न सक्दछ।

४. विश्वसनीय स्रोतको पहिचान

इन्टरनेटबाट प्राप्त असंख्य सूचना/जानकारीहरु आधिकारिक हुन् वा हैनन् बुझ्नु अत्यावश्यक छ। वैदेशिक अध्ययनका लागि चाहिने जानकारीहरु सम्बन्धित देशको दूताबास, सम्बन्धित कलेज/विश्ववद्यालयकै वेबसाइट, Youtube, Instagram, Facebook पेज आदिबाट हो भने त्यो आधिकारिक जानकारी हुन्छ। त्यसैगरी प्रत्येक देशले आफ्नो देशको शिक्षाको प्रचारका लागि “Study in” वेबसाइट बनाएको हुन्छ। त्यसबाट जानकारी लिँदै सम्पूर्ण कुराहरुको पूर्ण जानकारी प्राप्त हुन्छसक्छ।

५. जानकारीको संग्रह

इन्टरनेटमा सर्च गर्दै जाँदा प्राप्त सूचना/जानकारीहरुलाई एउटा फोल्डर बनाएर छुट्टै अथवा पेनड्राइभमा सेभ गरेर राख्दा पछि जानकारीहरुलाई फिल्टर गर्न आफूलाई सजिलो हुन्छ। अझ भनौँ वेबसाइटको लिङ्क नै सेभ गरेर राख्दा धेरै कुरा सजिलो हुन्छ।

६. विकिपिडियाको सहयोग

कुनै कोर्ष, देश, शहर, विश्वविद्यालय, कलेज, संस्कृति, हावापानीको बारेमा बिस्तृत जान्न र बुझ्नु परेको खण्डमा Wikipedia मा गएर सर्च गर्न सकिन्छ। जहाँ हरेक बिषय बस्तुहरुको इतिहास उपलब्ध रहन्छ। यद्यपि विकिपेडियाको सबै जानकारीहरुलाई आधिकारिक वेबसाइटबाट पुष्टि गर्नु जरुरी हुन्छ।

(प्याकुरेल रास्ट्रिय शैक्षिक परामर्श संघ (NECA) का संयोजक हुन्।)

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३