धनगढी – सुदूरपश्चिमको खेलकुद र पर्यटनसँग जोडिएको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माण प्रक्रिया जग्गा प्राप्तिमै अल्झिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले गौरवको योजनामा राखेको फाप्ला क्रिकेट मैदानका लागि हालसम्म जग्गासमेत प्राप्त गर्न सकेको छैन। मैदानका लागि जग्गा प्राप्ति नहुँदा आर्थिक वर्ष २०७५÷७६ मा स्थानीय प्रदेश र केन्द्र सरकारले विनियोजन गरेको १८ करोड बजेट फ्रिज भएको छ। मैदानलाई अन्तर्राष्ट्रिय रगंशाला बनाउने भनेर तिनै सरकारले विनियोजन गरेको बजेट जग्गा प्राप्तिमै अल्झिएको हो।

सुदूरपश्चिममा क्रिकेटप्रतिको आकर्षण बढेसँगै यस क्षेत्रमा राष्ट्रिय स्तरका प्रतियोगितासमेत हुन थालेका छन्। क्रिकेट मैदानको आवश्यकता भएपछि जिल्ला खेलकुद विकास समितिले फाप्ला क्रिकेट मैदानमा केही लगानी गरी निर्माण थालेको थियो। सो लगानीले प्रतियोगिता गर्नसम्म मैदान तयार भयो। तर, फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय रगंशाला भएको हेर्न चाहने यस क्षेत्रका नागरिकको आशा पूरा हुने लक्षण भने यस वर्ष पनि देखिएको छैन। तिनै तहका सरकारले बजेट विनियोजन गरे पनि सो बजेट कार्यान्वयनका लागि जग्गा नै प्राप्ति गर्न नसक्दा मैदान निर्माणको काम अगाडि बढ्न सकेको छैन।

सरकारकै कमजोरीका कारण फाप्ला अन्तर्राष्ट्रिय रगंशालाको काम अगाडि बढ्न नसकेको यस क्षेत्रका खेलकुदप्रेमी बताउँछन्। जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष दीपक सिंहले उक्त रंगशालाका लागि जग्गा प्राप्तिमा सरकारको ठूलो कमजोरी रहेको बताए। प्रदेश सरकारले ५ करोड, धनगढी उपमहानगरले १ करोड र समपूरक अनुदानको १२ करोड आएर मात्रै अन्तर्राष्ट्रिय रगंशाला नबन्ने उनको तर्क छ। आवश्यक काम अगाडि नबढाएर बजेट मात्रै विनियोजन गरेर नपुग्ने भन्दै उनले जग्गा प्राप्त गरेर प्रदेश र केन्द्र सरकारले रंगशाला निर्माणमा चासो दिनुपर्ने बताए।

धनगढी क्रिकेट एकेडेमीले ड्रिम फाप्ला बनाएसँगै धनगढी प्रिमियर लिगको तेस्रो संस्करण फाप्ला क्रिकेट मैदानमै सम्पन्न गरेको छ। यस क्रिकेट प्रतियोगिताले सरकारलाई दबाब पुगोस् भन्ने उद्देश्यले धनगढी प्रिमियर लिगबाट बचेको केही रकमसमेत फाप्ला अन्तर्राष्ट्रिय रगंशालाका लागि छुट्याइरहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए। प्रदेश सरकारले प्रदेशको गौरवको योजनामै राखे पनि जग्गा प्राप्त गर्न नसक्नु दुखद भएको उनले बताए। बजेट अभावमा रगंशाला निर्माण नरोकिने दाबी गर्दै उनले सरकारले जग्गा प्राप्तिको काम चाँडो अघि बढाउनुपर्ने बताए।

सामाजिक विकास मन्त्रालयका उपसचिप झंकर बिष्ट भने मन्त्रालयले जग्गा प्राप्तिका लागि संघीय सरकारसँग सक्दो पहल गरेको दाबी गरे। मन्त्रालयका सचिव नै गएर फाइल संघीय सरकारमा पु¥याए पनि सो काम नभएको उनले बताए। उपसचिव बिष्टले यस प्रदेशबाट सकिने काम मन्त्रालयले गरिरहेको र अझै पनि फाप्ला क्रिकेट मैदानको जग्गा प्राप्त गर्ने विषयमा पूर्ण पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रदेश सरकारले प्रदेशको गौरवको योजनाका रूपमा अगाडि सारेको फाप्ला अन्तर्राष्ट्रिय रगंशाला कसको नाममा हुने भनेरसमेत निक्र्योल गर्न सकेको छैन। केन्द्र सरकारलाई जग्गा प्राप्तिका लागि पहल गर्नमै प्रदेश सरकारको एक वर्ष बितायो। यस आर्थिक वर्षका लागि पनि प्रदेश सरकारले गुरुयोजना बनाउने भन्दै १ करोड रकम विनियोजन गरेको छ।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२