काठमाडौँ – मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने बताए।

केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेको र बुधबारसरम्म देशको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ। वर्षाका कारण पहाडी भू–भागमा पहिरो जानसक्ने र चुरे अन्य पहाडबाट बहने खोलामा जल सतह बढ्नाका साथै हवाई र सडक यातायातसमेत सञ्चालनमा बाधा पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

श्रावण ०६
आगामी ३ दिन कन्काई, कमला र बागमतीमा बहाव उल्लेख्य बढ्ने, केही शाखा नदीमा बहावले खतराको तह पार गर्ने संभावना,भोली र पर्सी प्रदेश १,२र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना, तटिय क्षेत्रमा पूर्वतयारी गरौ, प्रतिकार्यको लागि समेत सचेत रहौ @NEOCOfficial pic.twitter.com/wMJ4DTky79

— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 22, 2019

पचासदेखि सय मिलिमिटर सम्मको वर्षालाई भारी र सयदेखि माथिलाई अतिभारी वर्षा भनेर मापन गर्ने गरिएको छ। यसवर्ष काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै जुलाई १३ ( असार २८) मा एकसय चार मिलिमिटर वर्षा भएको थियो। यो मनसुन शुरू भएपछिको सबैभन्दा बढी वर्षा हो।

बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कमला र बामतीमा पानीको प्रवाह बढी हुने र केही शाखा नदीमा पानीको प्रवाह बढ्ने भएकाले मङ्गलबार र बुधबार प्रदेश १, २ र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना हुने हुँदा तटीय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यका लागि समेत सचेत रहन आग्रह गरिएको छ।

हाल देशभर सामान्य देखि पूर्ण वदली रही पूर्वका झापा मोरंग ,सुनसरी, धनकुटा लगायत आसपासका क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित वर्षा भईरहेको अवस्था छ जसका कारण ति क्षेत्रमा वाढी तथा पहिरोको जोखिमको संभावना रहेकोले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।@NEOCOfficial pic.twitter.com/s8UCvz5sXI

— Nepal Weather Forecast (@DHM_Weather) July 22, 2019

राति देशको पूर्वी र मध्य भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्व तथा मध्यका अधिकांश भागका साथै पश्चिमका केही भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। (रासस)

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२