वीरगन्ज – गत आर्थिक वर्ष २०७५/०७६ मा आन्तरिक राजस्व कार्यालय वीरगन्जले राजस्व संकलनको लक्ष्य छुन सकेन। सो आवका लागि ८ अर्ब ४५ करोड ७६ लाख ३१ हजार राजस्व लक्ष्य पाएकोमा उक्त कार्यालयले ९१ प्रतिशत अर्थात् ७ अर्ब ७४ करोड ४२ लाख ४४ हजार मात्र राजस्व असुली गर्न सकेको छ।

कार्यालयका कर अधिकृत सुनील देवकोटाका अनुसार सो आवमा हिमालयन डिस्टिलरीको ब्रान्ड गोल्डेन ओकको उत्पादन चितवनबाट हुन थालेको र अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशतले राजस्व लक्ष्य अघिल्लो आव २०७४/७५ को भन्दा बढाइएकाले पनि लक्ष्य भेट्टाउन नसकेको हो।

आव २०७५/०७६ मा आन्तरिक राजस्व कार्यालय वीरगन्जले आयकरतर्फ १ अर्ब ५० करोडको राजस्व लक्ष्य पाएकोमा १ सय ५ प्रतिशत अर्थात १ अर्ब ५७ करोड राजस्व संकलन भएको छ भने मुख्य शीर्षक अन्तशुल्कमा ५ अर्ब ६० करोड लक्ष्य पाएकोमा ८७ प्रतिशत अर्थात् ४ अर्ब ९० करोड, मूल्यअभिवृद्धि करतर्फ १ अर्ब ३१ करोड लक्ष्य पाएकोमा ९२ प्रतिशत अर्थात् १ अर्ब ३० करोड, ब्याज करतर्फ ३ करोड ८१ लाख लक्ष्य पाएकोमा ३ करोड असुली भएको छ। त्यसैगरी, घरबहाल करतर्फ कार्यालयले २ करोड ७८ लाख राजस्व असुली भएको कार्यालयले जनाएको छ।

अघिल्लो आव २०७४/०७५ मा कार्यालयले ५ अर्ब ३२ करोडको लक्ष्य पाएकोमा ६ अर्ब ८० करोड राजस्व असुली गरेको थियो। त्योभन्दा अघिल्लो आव २०७३/०७४ मा ४ अर्ब ६० करोडको राजस्व लक्ष्य पाएकोमा ४ अर्ब ६२ करोड राजस्व संकलन गरेको थियो।

गतआवमा कार्यालयले लक्ष्य घटाउन राजस्व विभागमा पत्राचार गरे पनि लक्ष्य संशोधन भएन। हिमालयन डिस्टिलरीको चर्चित ब्रान्ड गोल्डेन ओकको उत्पादन चितवनको रोलिङ रिभरबाट गत वर्ष करिब ७४ करोड रुपैयाँबराबरको भएको छ, त्यो यदि पर्साबाट भएको भए वीरगन्ज कार्यालयको लक्ष्य १ सय ५ प्रतिशतले असुली हुने अनुमान गरिएको थियो।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९