भारत – प्राविधिक कारणले एक हप्ताअघि स्थगित गरिएको चन्द्रयानलाई अन्तरिक्षमा पठाउने प्रयास भारतले सोमबार पुनः थालेको छ। भारतीय अन्तरिक्ष निकाय आइएसआरओका अनुसार चन्द्रयानलाई स्थानीय समयनुसार २ः४३ मा प्रक्षेपण गर्ने योजना थियो।

आइएसआरओले उक्त अन्तरिक्षयान ‘एक अर्ब सपनाहरूलाई चन्द्रमा लैजान पहिले भन्दा अझ प्रतिबद्ध’ भएको उल्लेख गरेको छ। भारतीय अन्तरिक्ष निकायले १५ करोड डलर लागतको उक्त परियोजना अन्तर्गत पहिलो चोटी कुनै अन्तरिक्षयानले चन्द्रमा दक्षिणी धुव्रमा अवतरण गर्ने उल्लेख गरेको छ।

यसअघि जूलाई १५ तारिखमा उक्त यान प्रक्षेपण गरिने घोषणा भारतले गरेको थियो। तर निर्धारित समयभन्दा ५६ मिनेट अघि प्रक्षेपण गर्ने वाहनमा प्राविधिक समस्या देखिएको भन्दै त्यसलाई स्थगित गरिएको थियो। भारतीय सञ्चारमाध्यमले तापक्रमसँग सम्बन्धित इन्जीनमा रहेको हिलियम ग्यासको बोटलमा देखिएको चुहावटका कारण समस्या देखिएको उल्लेख गरेको छ। विलम्ब भएपनि चन्द्र मिसनलाई साथ दिएको भन्दै आइएसआरओले सबैलाई धन्यवाद दिएको छ।

यो मिसन के हो?

भारतको पहिलो चन्द्र अभियान चन्द्रयान एक चन्द्रमा सतहमा अवतरण गरेको थिएन। तर त्यसले रेडारको प्रयोग गरि चन्द्रमा सतहमा पहिलो र एकदमै विस्तृत पानीको खोजी अघि बढाएको थियो। चन्द्रयान दुईले हालसम्म कम अन्वेषण गरिएको चन्द्रमाको दक्षिणी धुव्रमा अवतरणको प्रयास गर्नेछ।

यो अभियान अन्तर्गत चन्द्रमा सतहमा पानी र खनिजको खोज अघि बढाइनेछ भने चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गरिने भनिएको छ। भारतले आफ्नो सबैभन्दा शक्तिशाली रकेट जीएसएलभी एमके–III लाई यो मिसनमा प्रयोग गर्दैछ। यसको तौल छ सय ४० टन छ जून पूर्ण भरिएको ७४७ जम्बोजेट भन्दा डेढ गुणा बढी हो।

रकेटको उचाई ४४ मिटर रहेको छ जून १४ तले भवन जत्तिकै अग्लो रहेको छ। विक्रम नामक लेण्डरले २७ किलो तौल भएको एउटा चन्द्रमामा हिँड्ने वाहन बोक्नेछ। त्यसले चन्द्रमाको भूसतहको अन्वेषण गर्ने बताइएको छ। आफ्नो १४ दिनको आयुमा प्रज्ञान नामक उक्त वाहनले करिव आधा किलोमिटरसम्म यात्रा गर्नसक्ने र विश्लेषणका लागि पृथ्वीमा तस्वीर पठाउन सक्ने बताइएको छ।

चन्द्रमाको यात्रा कति लामो ?

चन्द्रयानको प्रक्षेपण तीन लाख ८४ हजार किलोमिटर यात्राको प्रारम्भ मात्रै हुनेछ। आइएसआरओले अन्तरिक्षयानले चन्द्रमाको सतहलाई सेप्टेम्बर ६ वा ७ तारिखमा छुने उल्लेख गरेको छ। भूउपग्रहलाई गुरूत्वाकर्षणले चन्द्रमा तिर तानोस भन्नका लागि भारतीय अन्तरिक्ष निकायले पृथ्वीबाट गोलो मार्गहुँदै अन्तरिक्षयानलाई प्रक्षेपण गर्ने निर्णय लिएको छ।

चन्द्रयानलाई सिधा मार्गबाट प्रक्षेपण गर्न सक्ने समार्थ्य भएको रकेट भारतसँग छैन। वैज्ञानिकहरूले ल्याण्डर अलग भएर अन्तरिक्षयान चन्द्रमाको दक्षिणी धुव्र तिर धकेलिएको १५ मिनेट डरलाग्दो हुने आकलन गरेका छन्। उनीहरूका अनुसार त्यो महत्त्वपूर्ण घडीमा अन्तरिक्षयान नियन्त्रण गरिरहेका मानिसहरूको कुनै पनि भूमिका हुनेछैन।

सबै प्रणालीले योजना गरेअनुसार नै आफ्नो कार्यसम्पादन गरे चाहे जस्तो अवतरण हुनेछ अन्यथा यो चन्द्रमा सतहमा दुर्घटनाग्रस्त हुनेछ। यसै वर्षको सुरुमा इजरेलको पहिलो चन्द्रमिसन चन्द्रमाको सतहमा टेक्ने प्रयासमा दुर्घटनाग्रस्त हुन पुगेको थियो।

टोलीमा को छन् ?

झण्डै एक हजार इन्जिनियर तथा वैज्ञानिकहरू यो मिसनमा खटिएका छन्। तर पहिलो पटक आइएसआरओले यस्तो प्रकृतिको अन्तरिक्ष दलमा महिलाहरूलाई नेतृत्वको जिम्मेवारी दिएको छ। दुई जना महिलाले भारतको चन्द्रमा यात्राको नेतृत्व गरिरहेको छन्। कार्यक्रम निर्देशक मुथया भनिथाले वर्षौ यता चन्द्रयान दुईलाई हेरिरहेको र त्यसलाई रितु कारीधालले अघि बढाउनेछिन्। (बीबीसी)

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२