वीरगन्ज – पछिल्लो समय भारतीय आँखा रोगीहरूका लागि वीरगन्ज एउटा हब मार्केटको रूपमा चिनिन थालेको छ । केडिया अर्गनाइजेशनले २००५ सालमा स्थापना गरेको केडिया आँखा अस्पतालपछि हाल वीरगन्जमा करिब दुई दर्जन आँखा अस्पतालहरू सञ्चालनमा आइसकेका छन्।

यसै बीचमा एउटा सुविधासम्पन्न र आधुनिक प्रविधिमा गुणस्तरीय उपचार सेवा दिने अस्पताल हो किरण आँखा अस्पताल। वीरगन्ज भन्सारनजिक रहेको यो अस्पताल आफ्नै ५ कट्ठा क्षेत्रफलमा सञ्चालित छ।

नीलो रंगमा सजिएको यो अस्पतालमा प्रवेश गर्दा साँच्चै सुन्दर वातावरणीय सोचमा यो अस्पताल निर्माण गरिएको भान हुन्छ। प्रवेशद्वारमै बगैँचा, रिसेप्सनमा मुस्कानसहितका कर्मचारीहरूको उपस्थितिले अस्पतालमा आउने आँखा रोगी तथा कुरुवाहरूको मुहारमा मुस्कान ल्याउन बाध्य बनाउँछ।

हुन त यो अस्पताल वीरगन्जका नेत्ररोग विशेषज्ञ डाक्टर दम्पती डा. अमर क्याल र डा. बन्दना क्यालको प्रयासमा १६ महिनाअघि मात्र स्थापना गरिएको हो। तर, डा. अमरकी आमा किरण क्यालको नामबाट स्थापना गरिएको यो अस्पतालले साँच्चै नै वर्षेनि सयौँ आँखारोगीहरूका आँखाको उपचारमा जुटेको छ।

करिब ८ करोडको लागतमा सञ्चालनमा आएको उक्त अस्पतालले हालसम्म ८ महिला र १२ पुरुष प्राविधिक तथा स्टाफ गरी २० जनालाई रोजगारी दिइरहेको छ। दैनिक ४० देखि ६० जना आँखारोगीको उपचार गर्दै आइरहेको यो अस्पताल पछिल्लो समय सफा, स्वच्छ र सुन्दर वातावरणका साथमा प्रविधियुक्त र विश्वसनीय उपचार सेवा प्रदान गर्ने अस्पतालको रूपमा पहिचान पाउन थालेको छ।

अस्पतालका सञ्चालक डा. क्याल भन्छन्, ‘पर्सा, बारा, रौतहटका अलावा छिमेकी मुलुक भारतको उत्तर प्रदेश र विहारबाट समेत आँखाका रोगीहरू यो अस्पतालमा आउन थालेका छन्।’ उनले वीरगन्जको टप थ्री अस्पतालभित्र आफ्नो अस्पताल पर्ने दाबीसमेत गरे।

अस्पताल सञ्चालमा आएसँगै सामाजिक रूपमा पनि अग्रसर भएको छ। हरेक शनिवार गाउँगाउँ तथा विभिन्न स्कुलमा आँखा शिविर सञ्चालन गरी निःशुल्क रूपमा गरिब व्यक्ति तथा विद्यार्थीहरूको आँखाको उपचार गर्दै आइरहेको यो अस्पताल जनचेतना जगाउने काममा समेत लागिपरेको छ।

अस्पतालले नेपाल सरकारबाट शुरू भएको स्वास्थ्य बीमा गराएका आँखारोगीको उपचार बीमाको कार्ड हेरेर गर्ने गरेको सुनाए। साथै, शिक्षक, पारामेडिक र मेडिकल पर्सनको आँखाको उपचार पनि सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क गर्ने योजना पनि सञ्चालनमा ल्याएको छ।

अस्पतालले मोतियाविन्दुको कम्प्युटर प्रविधिबाट शल्यक्रिया, काला मोतिया (ग्लोकमा), पर्दा लेजर, बच्चामा लाग्ने आँखासम्बन्धी जटिल रोगको उपचार सेवा पनि उक्त अस्पतालमा उपलब्ध रहेको अस्पतालले जानकारी दिएको छ।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३