नयाँदिल्ली — भारतले प्राविधिक समस्या देखिएको भन्दै गतसाता स्थगन गरेको अन्तरिक्षयान ‘चन्द्रयान–२’ को सोमबार सफल प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इस्रो० का अनुसार यानलाई स्थानीय समयानुसार दिउँसो २ बजेर ४३ मिनेटमा प्रक्षेपण गरिएको हो । चन्द्रयान–२ आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिस धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो।
इस्रोले चन्द्रयान–२ ले ‘एक अर्ब सपनालाई चन्द्रमातर्फ लिएर गएको’ प्रतिक्रिया दिएको छ । गतसाता उक्त यानको प्रक्षेपण निर्धारित समयभन्दा ५६ मिनेट अघि स्थगन गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार तापक्रमसँग सम्बन्धित इन्जिनमा रहेको हिलियम ग्यासको बोतलमा चुहावट देखिएका कारण इस्रोले प्रक्षेपण स्थगन गरेका थिए । इस्रोले पूर्वनिर्धारित समयभन्दा एक सातापछि भए पनि चन्द्रको अध्ययनका लागि प्रक्षेपण गरिएको यानको मिसनलाई साथ दिएको भन्दै सबैलाई धन्यवाद दिएको छ ।
चन्द्रयान–२ लाई पहिलो पटक अन्तरिक्षको दक्षिणी ध्रुवमा अवतरण हुने छ । भारतीय अधिकारीका अनुसार यान पृथ्वीको कक्षमा प्रवेश गरिसकेको जनाएका छन् । यानलाई चन्द्रमाको कक्षमा प्रवेश गर्नका २३ दिन लाग्ने छ भने सेप्टेम्बर पहिलो साता चन्द्रमामा अवतरण गर्ने जनाइएको छ ।
यानको प्रक्षेपणलगत्तै इस्रो प्रमुख के शिभनले भनेका छन्, ‘यो चन्द्रमातर्फको ऐतिहासिक यात्राको केवल सुरुवात मात्र हो ।’ उनले यस मिसनमा संलग्न करिब एक हजार वैज्ञानिक, इन्जिनियर र अन्य कर्मचारीलाई धन्यावाद दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान–२ को मिसन ‘विल्कुलै फरक प्रकृतिको’ भएको जनाउँदै प्रशंसा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष कार्यक्रमलाई निकै महत्त्व दिँदै आएका छन् । तर अन्तरिक्ष योजनाभन्दा देशको भोकमरी अन्त्य गर्न प्रधानमन्त्री केन्द्रित हुनुपर्ने आलोचकको भनाइ छ ।
करिब १५ करोड अमेरिकी डलर लागतको परियोजनाअन्तर्गत चन्द्रयान–२ ले चन्द्रमाको चन्द्रमाको कम्पन, सतहको पानी तथा खनिज पदार्थको खोजी गर्न सहयोग पुर्‍याउने जनाइएको छ ।
भारतले सन् २००८ मा चन्द्रमानको अध्ययनका लागि चन्द्रयान–१ प्रक्षेपण गरेको थियो । चन्द्रमाको सतहमा अवतरण गर्न नसके पनि उक्त यानको सहयोगले भारतले राडारको सहयोगले पानीको गहन अध्ययन गरेको थियो ।
अमेरिका, चीन र सोभियत संघले चन्द्रमामा अन्तरिक्ष यानको सफल प्रक्षेपण गरिसकेका छन् । तर दक्षिणी धुव्रमा भने हालसम्म कुनै यान उत्रेका छैनन् । इस्रो अधिकारीका अनुसार ‘चन्द्रयान–२’ करिब दुई महिनामा चन्द्रमामा पुग्ने छ । अन्तरिक्षयानमा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन भाग छन् ।
अर्बिटरले चन्द्रमाको सतहको तस्बिर लिन्छ भने ल्यान्डरले चन्द्रमाको माटोको विश्लेषणमा सहयोग पुर्‍याउँछ । ल्यान्डरबाट झन्डै आधा किलोमिटर यात्रा गर्न सक्ने रोभरले संकलित तस्बिर तथा सूचना पृथ्वीमा पठाउँछ । एएफपी

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६