रुपन्देही – प्रदेश ५ का स्थानीय तहरू बढी भ्रष्ट देखिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय रुपन्देहीको बुटवलमा मात्र गत आर्थिक बर्ष ०७५/०७६ मा जम्मा मुद्धाको करिव ६२ प्रतिशत स्थानीय तहसँग सम्वन्धित मुद्धि फछ्यौट भएका छन्।

गत आर्थिक वर्ष २०७५/०७६ मा आयोगको कार्यालय बुटवलमा परेका कुल १ हजार ३ सय २० उजुरीहरुमध्ये ८ सय १८ उजुरी स्थानीय तहसँग सम्बिन्धित थिए। जुन ६१ दशमलव ९६ प्रतिशत हो। यसरी उजुरीको ठूलो हिस्सा स्थानीय तहसँग जोडिएर आउनाले स्थानीय तह चरम भ्रष्टाचारमा छन् भन्ने देखाएको छ।

स्थानीय तहहरू संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत पर्दछन्। सो मन्त्रालय अन्तर्गतका स्थानीय तहका ४ सय ४९ उजुरी परेका थिए भने स्थानीय तहसँगै सम्बन्धित शिक्षाका मात्रै ३ सय ५९ गरी जम्मा ८ सय १८ मुद्धा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सुचना अधिकारी सुरेश भुसाले जनाकारी दिए।

मन्त्रालयगत रुपमा हेर्दा संघीय मामिला मन्त्रालयपछि सबैभन्दा बढी मुद्धा भूमी व्यवस्था शहकारी तथा गरिवी निवारण मन्त्रालयमा परेका छन्। गत आर्थिक वर्षमा मात्र सो मन्त्रालय अन्तरगतका निकायहरूमा १ सय २२ मुद्धा दर्ता भएका थिए। सवैभन्दा कम भ्रष्टाचारका उजुरी पर्नेमा भने समाजिक विकास मन्त्रालय र महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय रहेका छन्। ती दुवै मन्त्रालयमा भष्टाचार जन्य १/१ मुद्धा दर्ता भएका थिए।

त्यसैगरी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा वातावरणसँग सम्बन्धित ७८, प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित ४५, प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित २६, गृह मन्त्रालय मन्त्रालय अन्तर्गतका ४०, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका २५, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका ३०, उर्जा जलस्रोत तथा सिंचाईसँग सम्बन्धित २६,कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतका २, सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतका २ मुद्धा दर्ता भएको भुसालले बताए।

सुचना अधिकारी भुसालका अनुसार कार्यालयमा शैक्षिक प्रमाण पत्र छानविनका ६ वटा मुद्धा दर्ता भएकोमा शैक्षिक पमाण पत्र आयोगको केन्द्रीय कार्यालयले मात्रै हेर्ने भएका कारण छानविनका लागि केन्द्रीय कार्यालयमै पठाइएको छ ।  रंगे हात पक्राउ गर्ने उद्देश्यले संचालनमा ल्याएकाृ स्टिङ्ग अपरेसनमा पनि आयोग गत आर्थिक बर्षमा अग्रसर देखियो। आयोगले गत बर्ष १४ वटा स्टिङ्ग अपरेसन गरी १६ जनालाई प्रतिवादी बनाई मुद्धा चलाएको उनले बताए। उनीहरूबाट ४२ लाख ३२ हजार ५ सय घूस रकम बरामद गरेको सूचना अधिकारी भुसालले बताए ।

गत वर्ष २५ वटा फाइलको बिस्तृत अनुसन्धान गरी ८ जना प्रतिवादीलाई ४ लाख ८९ हजार ५ सय ८४ विगो कायम गरी विशेष अदालतमा मुद्धा दायर गर्नुका साथै अनुसन्धानका क्रममा १ करोड ३२ लाख ८९ हजार ६ सय ८५ रुपयाँ अशुल उपर गरी राजश्वमा दाखिला गरेको पनि आयोगले जनाएको छ।

त्यसका अलावा आयोगले गत आर्थिक बर्षमा भ्रष्टाचार बिरुद्ध बिभिन्न स्थानमा ९ वटा अन्तरक्रिया कार्यक्रम, १३ वटा विद्यालयहरुमा सामुदायिक शिक्षा कार्यक्रम, रुपन्देही र गुल्मी जिल्लामा भ्रटाचार बिरुद्धको नागरीक निगरानी संस्था गठनलाई कार्यक्रमको सूचीमा राखेको छ।  आयोगमा अघिल्लो बर्षको बाँकी ३८५ र आर्थिक बर्ष २०७५÷०७६ मा दर्ता भएका ९३५ गरी कूल १ हजार ३ सय २० मुद्धा परेकोमा ८ सय ३७ मुद्धा फछ्र्यौट गरेको थियो।

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९