– टंक कार्की

आफू गृहमन्त्री छँदा २००८ सालमा नेपाल भ्रमणमा आएका जवाहरलाल नेहरुलाई बीपीले भक्तपुर डुलाउने क्रममा त्यहाँको सुवर्ण द्वार देखाउँदै भने, ‘त्यसलाई माइकेञ्जेलोले साँच्चिकै (फ्लोरेन्स स्थित) गेट अफ हेवेन भनेको छ। तर, भादगाउँको सुनको ढोकाको मुकाबिलामा त्यो केही पनि होइन।’ बीपी, सायद नेहरुलाई सम्झाउँदै थिए, ‘असली स्वर्ग त यहीँ हो,’ नेहरुले चुपचाप सुने तर उनलाई यो बिझेको हुनुपर्छ।

पछि आफू प्रधानमन्त्री भएपछि बीपीले भारतको भ्रमण गरे। त्यस सिलसिलामा एक दिन नेहरुले बीपीलाई ‘दिवाने खासमा’ लिएर गए। त्यहाँ एउटा श्लोकजस्तो लेखेको रहेछ र यही कुरा छ शायद त्यहाँ; जसलाई उनले स्पष्ट गरे, ‘स्वर्ग यदि कहीँ छ भने यहीँ छ, यहीँ छ, यहीँ छ।’ सायद नेहरु बीपीलाई जवाफ फर्काउँदै थिए, ‘स्वर्ग तिम्रो देशमा होइन, मेरो देशमा छ।’

एक दिन बीपीले ऋषिकेश शाहलाई सोधे, ‘शाहजी अहिले के राजनीति गर्नुहुन्छ?’

शाहले जवाफ दिए, ‘म राजालाई कमजोर पार्ने काम गर्छु र म जातीय समूहहरूलाई बढाउँछु। यहाँका साम्प्रदायिक समूहहरूलाई प्रोत्साहित गर्दछु।’

बीपीले थप जिज्ञासा राखे, ‘अहिले हिन्दुस्तानले वा कुनै शक्तिले नेपाललाई कमजोर गर्नुपर्‍यो भने यी दुईटा कुरो गर्छ कि गर्दैन?

‘गर्छ,’ शाहले भने।

बीपीले फेरि कोट्याए, ‘तपाईंले राष्ट्रिय दृष्टिबाट त्यै काम गर्नु भइरहेको छ, जो कि विदेशीहरूलाई अनुकूल परिरहेको छ।’

‘अनुकूल परे म के गरूँ?,’ शाहको जवाफ थियो।

नेहरुले बीपीलाई ‘दिवाने खासमा’ लिएर गए। त्यहाँ एउटा श्लोकजस्तो लेखेको रहेछ र यही कुरा छ शायद त्यहाँ; जसलाई उनले स्पष्ट गरे, ‘स्वर्ग यदि कहीँ छ भने यहीँ छ, यहीँ छ, यहीँ छ।’ सायद नेहरु बीपीलाई जवाफ फर्काउँदै थिए, ‘स्वर्ग तिम्रो देशमा होइन, मेरो देशमा छ।’

बीपी र शाह अहिले हामीसँग छैनन् तर स्वर्गमा पनि उनीहरूको भेट हुँदो हो। ताजा जानकारी लिन बीपी सोद्धा हुन्, ‘शाहजी, तपाईंले यता आउँदा कुनै उत्तराधिकारी त छोड्नु भएन? अब त त्यसको उपादेयता पनि कहाँ रह्यो र, गणतन्त्र आइहाल्यो?!’

‘कहाँ बीपी बाबु ! म त भुसुनो थिएँ, अहिले त एकसे एक जखमलेहरू छन्, तँ छाड म छाड गर्दै,’ शाहजी अर्थ्याउँदा हुन्।

बीपीलाई आफ्नो माटोको महत्ता थाहा थियो। उनले यो पनि आफ्ना अनुयायीलाई अर्ति दिन भ्याएका छन्, ‘आफ्नो देशका बारेमा दह्रो भएर उभिनु, अलमल परे एक मुठी माटो लिएर शहीदलाई सम्झ र मनमस्तिष्कले के भन्छ त्यही गर।’

बीपी प्रजातन्त्रका अथक् योद्धा र नायक त हुन् नै। प्रजातन्त्र प्राप्त हुनासाथै सब कुछ ठीकठाक भइहाल्छ भन्ने भ्रम उनमा थिएन। प्रजातन्त्र प्राप्तिसँगै त्यससँग सङ्गति राख्ने मूल्य र आदर्शअनुरूप सबल संस्थाहरू निर्माण हुन नसके प्रजातन्त्रको मियो नै प्रजातन्त्रसँग सरोकार नभएका समाजका सुकिलामुकिलाहरूको नियन्त्रणमा जान्छ र एकपटक पुनः संघर्ष गर्नुपर्ने आवश्यकता बीपीले त्यसबेलै औँल्याएका हुन्। उनी लरतरो द्रष्टा थिएनन्?!

पुष्पलाल: एक जमानाको नायक

जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई सुसम्बद्ध विचार प्रणालीमा संगठित गर्‍यो, मरते दम तक लड्यो। नेताको करिश्मामा होइन, सामाजिक विकासको वास्तविकता सुहाउँदो नीतिको जीवनभर वकालत गर्‍यो।  यसैका निम्ति जसले भनिरहन्थ्यो, ‘नेता होइन, नीति प्रधान।’ कुरो प्रस्ट थियो, संगठन बाबुसाहेबको अघिपछि हिँड्ने लावालस्कर होइन। त्यो तुष्टीकरणले बन्ने पनि होइन, त्यो त सामाजिक मिसनप्रतिको निष्ठाले बन्ने हो। त्यसो भए मात्रै त्यो दिगो र प्रभावकारी हुन्छ।

उसको काल्पनिकी बेजोड थियो। ऊ दूर क्षितिज निहाल्थ्यो। ऊ आफ्नो क्यानभासमा भएभरका सामाजिक रङ पोतेर सुन्दर चित्र प्रस्तुत गर्न चाहन्थ्यो, जहाँ दुर्बलहरू शिर ठाडो पारून्, सबै रङहरू हाँसून् र सङ्गतिमा हातेमालो गरून्। ऊ समाजलाई कसैको रैती मान्दैनथ्यो न त समाजलाई कागती निचोरेझैँ निचोरेर खडा गरेको वैभवलाई न्यायिक करार गर्थ्यो।

ऊ भन्थ्यो, ‘हाम्रो घरको भद्रगोल हामीले मिलाउने हो, त्यो क्षमता हामी राख्छौँ पनि। तिमी आफ्नै घर हेर। हामीलाई तिमी साथी भए पुग्छ, बाबु साहेब पल्टिनु पर्दैन।’ स्वाभिमानको मूल्य उसलाई थाहा थियो। मित्रताको हैसियत पनि राख्दथ्यो।

ऊ दूर क्षितिज निहाल्थ्यो। आफ्नो क्यानभासमा भएभरका सामाजिक रङ पोतेर सुन्दर चित्र प्रस्तुत गर्न चाहन्थ्यो, जहाँ दुर्बलहरू शिर ठाडो पारून्, सबै रङहरू हाँसून् र सङ्गतिमा हातेमालो गरून्। ऊ समाजलाई कसैको रैती मान्दैनथ्यो न त समाजलाई कागती निचोरेझैँ निचोरेर खडा गरेको वैभवलाई न्यायिक करार गर्थ्यो।

भोग र विलासमा उसको रुचि छँदै थिएन। ऊ अभावको पाशविकतालाई बुझ्दथ्यो र सामाजिक तहमा त्यसको उन्मूलनका निम्ति मरिहत्ते गरेर लागेको थियो। आफैँलाई भने त्यसले कुनै दाल गलाउन सकेन। जसले चना खाएर भोक टार्‍यो तर आफ्नो विश्वास डगमगाउन दिएन। सायद ऊ आफ्नो दाइको शहादतलाई स्मरण गर्दै भन्थ्यो, ‘दाइ, यति जावो दुःखले मेरो रौँ पनि झर्दैन। धन्दा नमान्नोस् तपाईंको शहादत खेर जान दिने छैनौँ।’

उसलाई प्रतिपक्षसमेत पनि बडो आदर भावले हेर्दथे, उसको निष्ठा र समर्पण देखेर पानी पानी हुन्थे। हकिकत ! आफ्नै शिष्यले भने उसलाई अभरमा घचेटे। ऊ बेला शक्तिको रंगशालामा अर्कै खेल थियो। टप्पर–टुइया र उपबुज्रुक भन्थे ऊ प्राज्ञै छैन, कायर र कपटीहरू लान्छित गर्थे, उसको गन्तव्य बत्तीमा होमिने पुतली हो। तिनैले यस्तो पनि भन्न भ्याए, ऊ विधर्मी हो, विधर्मीको पुच्छर हो। यो पनि त हकिकत हो!  इतिहासको न्यायको इजलासमा अर्कै इन्साफ हुनु थियो, ऊ अद्वितीय जागृत थियो, एक कुशल रणनीतिज्ञ थियो। ऊ आफैँ जलेर गयो तर उसले प्रदीप्त गरेको मार्गमा अन्ततः उनका आलोचक र विपक्षीसहित सिङ्गो मुलुक होमियो पनि। ऊ थियो अटल नक्षत्र। यस्तो थियो, ऊ जमानाको नायक।

(कार्की पूर्वराजदूत एवं नेकपाका केन्द्रीय सदस्य हुन्)

लोकप्रिय