काठमाडौँ – भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौं आई केही उच्च नेतालाई भेटेर फर्किएका छन्। करिब एक महिनाअघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए। यो जिम्मेवारी पाएपछि पहिलोपटक आइतबार नेपाल आएका उनले सोही दिन बेलुका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौंस्थित भारतीय दूतावासमा र सोमबार बिहान सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै निवास खुमलटारमा भेट गरे।

कांग्रेस सभापति देउवासँग ‘रअ’ प्रमुख गोयलले भेटेको विषयलाई स्रोतले पुष्टि गरे पनि देउवाको सचिवालयले भने अस्वीकार गरेको छ। उनका स्वकीय सचिव भानु देउवाले सभापति देउवाले ‘रअ’ प्रमुखसँग भेटवार्ता नगरेको बताए। तर, भारतीय दूतावास स्रोतले सभापति देउवासँग भेट भए पनि खासै कुरा केही नभएको दाबी गरेको छ।

नेकपा अध्यक्ष दाहालको सचिवालयले पनि सुरुमा यो विषयलाई गोप्य नै राख्न खोजेको थियो। तर, पछि गोयलसँग भएको भेटलाई दाहालको सचिवालयले पुष्टि ग¥यो। गोयलले दाहालसँग छोटो समय भेट गरेको सचिवालयले जनाएको छ। ‘प्रधानमन्त्रीसँग भेट गरेपछि सत्तारुढ दलका अध्यक्षका हिसाबले अध्यक्षज्यूसँग पनि रअ प्रमुख गोयलले भेट गरेका हुन्,’ दाहालको सचिवालयका एक सदस्यले भने, ‘भेट औपचारिक मात्र भएकाले सामान्य कुराकानी मात्र भयो।’

‘रअ’ प्रमुखले राजनीतिक नेतृत्वसँग भेटघाट गरे पनि यसबारे परराष्ट्र मन्त्रालय बेखबर छ। मन्त्रालयका एक उच्च अधिकारीले यसबारे मन्त्रालयलाई जानकारी नभएको बताए। कूटनीतिक आचारसंहिता अनुसार सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वले विदेशी अधिकारीसँग परराष्ट्र मन्त्रालयमार्फत भेट्नुपर्छ र भेटमा मन्त्रालयका अधिकारी पनि सहभागी हुनुपर्छ।

दक्षिण एसियामा आफ्ना खुफिया गतिविधिका कारण चर्चामा रहने ‘रअ’ प्रमुखसँग भेट गर्दा पूर्वप्रधानमन्त्रीहरुले कूटनीतिक आचारसंहिता लत्याएको मात्र नभई भेटलाई पनि गोप्य राख्ने प्रयास गरेको पाइएको छ। अर्को मुलुकको गुप्तचर प्रमुखसँग पूर्वप्रधानमन्त्री तथा पार्टीको मूल नेतृत्वले गोप्य रुपमा भेट्नुले अझ बढी आशंका सिर्जना गरिदिएको छ। अर्को मुलुकको खुफिया अधिकारीलाई भेट्दा कूटनीतिक आचारसंहिताको पालना नगर्नु र भेटलाई नै गोप्य राख्न खोज्नुलाई कूटनीतिक मामिला जानकार राजनीतिक नेतृत्वको अपरिपक्वता र कमजोरी भन्छन्।

पूर्वपरराष्ट्र सचिव मदन भट्टराई उच्च नेतृत्वले अर्को मुलुकको अधिकारीसँग भेट गर्दा के गर्न हुन्छ, के गर्नु हुँदैन भनेर आचारसंहिता तयार पारिए पनि राजनीतिक नेतृत्वले बेवास्ता गर्दै आएको बताए। भट्टराईले आफू परराष्ट «सचिव हुँदा राजनीतिक नेतृत्वललाई आचारसंहित लाग्र गराउन निकै प्रयास गरे पनि सफल हुन नसकेको बताए। ‘मेरै कार्यकालमा आचारसंहिता बनाएर लागु गर्न पनि खोजिएको हो, कर्मचारी तहमा केही हदसम्म लागु भए पनि राजनीतिक नेतृत्वले यसलाई बेवास्ता गर्दै आएको छ,’ उनले भने।

भट्टराई यस्ता विषयमा राजनीतिक दलका नेता सचेत हुनुपर्ने बताउँछन्। उनी राजनीतिक नेतृत्वले परराष्ट्र मन्त्रालयले बनाएको आचारसंहिता पनि पालना नगर्ने र आफ्नो हैसियत पनि बिर्संदा समस्या भएको बताउँछन्।

यसैबीच सोमबार भारतीय दूतावासले आयोजना गरेको चियापान कार्यक्रममा ठूलो संख्यामा महिला सांसदको उपस्थितिलाई लिएर पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन्। सत्तारुढ तथा विपक्षी दलका महिला सांसदसँग सामूहिक रुपमा खिचिएको तस्बिर भारतीय राजदूत मञ्जिवसिंह पुरीले सामाजिक सञ्जालमा राखेपछि सांसद कूटनीतिका आचारसंहिता बिर्सेर दूताबास धाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। यो समाचार नागरिक दैनिकले छापेको छ।

लोकप्रिय

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

२०७६, ७ फाल्गुन बुधबार १४:१५

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

२०७६, ७ फाल्गुन बुधबार १९:३१

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १ लाख ४१ हजार सहयाेग

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १…

२०७६, ८ फाल्गुन बिहीबार १९:३२

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

२०७६, ८ फाल्गुन बिहीबार ०८:४७

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो : सभापति देउवा

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो :…

२०७६, ७ फाल्गुन बुधबार १०:५६

रातो कलरकाे टाटा नेक्सनको खरिदमा बम्पर उपहार

रातो कलरकाे टाटा नेक्सनको खरिदमा बम्पर उपहार

२०७६, ७ फाल्गुन बुधबार १९:१९

जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’

जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’

२०७६, ८ फाल्गुन बिहीबार १०:४०

तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र चीन छाड्न आदेश

तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र चीन छाड्न आदेश

२०७६, ७ फाल्गुन बुधबार १६:२१

मिडियाको लेखबारे चिनियाँ दूतावासको विज्ञप्तिप्रति सम्पादकहरुको आपत्ति

मिडियाको लेखबारे चिनियाँ दूतावासको विज्ञप्तिप्रति सम्पादकहरुको आपत्ति

२०७६, ७ फाल्गुन बुधबार १५:४७

युट्युबमा सबैभन्दा बढीपटक हेरिएकाे पाँच साउथ इन्डियन फिल्महरू

युट्युबमा सबैभन्दा बढीपटक हेरिएकाे पाँच साउथ इन्डियन फिल्महरू

२०७६, ७ फाल्गुन बुधबार १७:५४