धनगढी – हरेक वर्ष लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आएको आन्तरिक राजस्व कार्यालय कैलालीले आर्थिक वर्ष (आव) २०७५/०७६ मा पनि लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ। अघिल्लो आव २०७४÷०७५ मा १ सय ८ दशमलव ७० प्रतिशत राजस्व संकलन गरेको सो कार्यालयले गतआवमा १ सय ८ दशमलव ७३ प्रतिशत राजस्व संकलन गरेको हो।

गतआवमा कार्यालयले ३ अर्ब ४२ करोड २० लाख ३८ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ३ अर्ब ७२ करोड ६ लाख २५ हजार राजस्व संकलन गरेको हो। जुन लक्ष्यको ८ प्रतिशतले बढी हुन्छ। गतआवमा कार्यालयले सबैभन्दा बढी अन्तशुल्क करबाट १ अर्ब ४५ करोड ८३ लाख १७ हजार राजस्व संकलन गरेको छ। त्यस्तै, आय करबाट १ अर्ब २१ करोड २९ लाख ८७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबाट ८४ करोड ५१ लाख ५४ हजार, घर बहाल करबाट १० करोड १२ लाख ९१ हजार, ब्याज करबाट २ करोड ४९ लाख ९२ हजार, स्वास्थ्य करबाट ७ करोड ११ लाख ६२ हजार र शिक्षा करबाट ६७ लख २२ हजार रुपयाँ संकलन गरेको आन्तरिक राजस्व कार्यालय कैलालीका निमित्त प्रमुख काँसीराज पौड्यालले बताए।

अघिल्लो आव अर्थात् आव २०७४/०७५ मा सो कार्यालयले लक्ष्यभन्दा ८ दशमलव ७० प्रतिशत बढी राजस्व संकलन गरेको थियो। कार्यालयले २ अर्ब ५५ करोड ४२ लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा २ अर्ब ७७ करोड ६४ लाख ९७ हजार राजस्व संकलन गरेको छ। आव २०७४/०७५ मा पनि आन्तरिक राजस्व कार्यालयले आय कर, अन्तशुल्क तथा मूल्य अभिवृद्धि करबाट सबैभन्दा बढी राजस्व संकलन गरेको थियो। सो आवमा आय करबाट कार्यालयले ९७ करोड ९४ लाख ६२ हजार रुपैयाँ, अन्तशुल्क करबाट ९३ करोड ३० लाख १७ हजार मूल्य अभिवृद्धि करबाट ७२ करोड २९ लाख ३६ हजार कर संकलन गरेको थियो।

त्यस्तै, आन्तरिक राजस्व कार्यालय कैलालीले आव २०७३/७४ मा करिब ३ प्रतिशत बढी राजस्व संकलन गरेको थियो। सो आवमा आन्तरिक राजस्व कार्यालय कैलालीलाई १ अर्ब ९४ करोड ६७ लाख ८८ हजार लक्ष्य दिएकोमा कार्यालयले २ अर्ब ३६ लाख ६३ हजार राजस्व संकलन गरेको निमित्त प्रमुख पौड्यालले बताए।

निमित्त प्रमुख पौड्यालका अनुसार व्यापार व्यवसायको विस्तारसँगै राजस्व पनि वृद्धि भइरहेको छ। त्यसले गर्दा पनि हरेक वर्ष कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरिरहेको छ। अझै पनि केही साना व्यवसाय करको दारामा नआएकाले सबैलाई करको दायरामा आउन उनले आग्रह गरे। आन्तरिक राजस्व कार्यालयले तत्कालीन सेती अञ्चलका ५ जिल्लाको राजस्व संकलनको जिम्मा लिएको छ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६