काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आज बुधबार सार्वजनिक गरेको छ।  गभर्नर डा. चिरञ्जीवी नेपालले चालू आवको मौद्रिक नीति आज सार्वजनिक गरेका हुन्। नियामक निकाय राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा वाणिज्य बैंकहरूलाई मर्जरमा जान उत्साहित गराउन विभिन्न सहुलियतहरू प्रदान गर्ने नीति लिएको छ।

बजारमा यसअघि ‘फोर्स मर्जर’को नीति आउने चर्चा चले पनि अन्ततः केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान बाध्यकारी नबनाउने तर ठूला बैंकहरूलाई मर्जरमा जान प्रोत्साहन गर्ने नीति भने लिएको छ।

गभर्नर डा. नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै मर्जरमा जाने वाणिज्य बैंकहरूलाई सहुलियत दिने घोषणासमेत गरेका छन्। उनका अनुसार २०७७ असार समान्तसम्म मर्जर सकेर एकीकृत कारोबार गरे कुलिङ पिरियड हटाउने, अनिवार्य भनिएका ठाउँमा लगानी गर्न बाध्य नबनाउने, ऋणपत्र अनिवार्य जारी गर्न बाध्य नबनाउने लगायतका सुविधा प्रदान गरिने मौद्रिक नीतिमा उल्लेख छ।

राष्ट्र बैंकका अफर के के छन् ?

१. प्राथमिकता प्राप्त क्षेत्रमा गरिनुपर्ने न्यूनतम लगानी २०७८ असार मसान्तसम्म कायम गरे हुने।

२. २०७८ असार मसान्तसम्म स्प्रेड दर ४.४ कायम गरे हुने।

३. शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने।

४. कार्यकारीहरूलाई कुलिङ पिरियड लागू नहुने।

५. ऋणपत्रमा गरिनुपर्ने लगानी २०७८ असार मसान्तसम्म गरे हुने।

आज सार्वजनिक मौद्रिक नीति पढ्नुहोस्

Monetary_Policy_(in_Nepali)–2076-77_(Full_Text)-new

 

लोकप्रिय

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

२०७६, २ कार्तिक शनिबार १०:५६

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

२०७६, २ कार्तिक शनिबार १४:५०

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

२०७६, १ कार्तिक शुक्रबार १६:३०

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट .

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट…

२०७६, २ कार्तिक शनिबार ०८:०९