बुटवल – गुल्मीको सत्यवतीका पहिरोपीडितहरुलाई पहिरो र मौसमका कारण राहत पुर्‍याउन नसक्दा जनजीवन थप अस्तव्यस्त र कष्टकर बनेको छ। पहिरोका कारण सडकमा गाडी जान सक्ने अवस्था छैन भने हेलिकोप्टरबाट राहत दिन मौसमका कारण सम्भव नभएपछि समस्या विकराल बनेको हो।

पहिरोमा परी घाइते भएकाहरुलाई समेत उपचारका लागि अस्पताल लैजना सकिएको छैन। पहिरोमा परेर घाइते धनी तरामु र करिस्मा तरामुलाई उपचारका लागि काठमाडौँ लैजाने भनिए पनि पानी परिरहेका कारण लैजान नसकिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताए। ‘हलिकोप्टर तयारी अवस्थामा पोखरामा छ। मौसम खराब भएका कारण आउन सकेको छैन,’ उनले भने।

त्यस्तै, गाउँपालिकाले पनि राहत पुर्याउन सकेको छैन। ‘स्थानीय पसलहरुमा भएका तयारी खानाहरु बाँड्न भनेका छौँ तर ठूलो सख्यामा विस्थापितहरु रहेकाले पुग्ने अवस्था छैन,’ गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले भने, ‘पहिरो गएका ठाउँमा ५ घण्टा पैदल हिँड्नुपर्ने अवस्था छ। पहिरोका कारण गाडी जान सक्ने अवस्था छैन।’ फरक फरक स्कुलमा करिव ६ सय जनालाई राखिएको उनले बताए।

सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेकको सिङ्दी गाउँ नै पहिरोको उच्च जोखिममा रहेकाले झण्डै ४ सय जनालाई स्थानीय धर्मपुर मावि र अस्लेवाका सुरक्षित स्थानमा सारिएको हो।

मंगलवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालसहितको टोली पुगे पनि राहात भने वितरण गर्न सकेको छैन। सदरमुकाम तम्घासबाट पठाएको राहत रुद्रवेणी र शाहघाटमा रोकिएको छ।

दाहसंस्कार गर्ने ठाउँ साहघाट पहिरो र पानी परिरहेका कारण शवहरूलाई त्यहाँ लैजान सकिएको छैन। सामूहिक दाहसंस्कार गर्ने तयारी भए पनि पानी परिहेका कारण घाटमा शवहरू लैजान नसकिएको ढकालले बताए।

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

२०७६, ३ मंसिर मंगलवार १५:०५

तनुश्रीले नेहा कक्कडमाथि किन प्रश्न उठाईन्?

तनुश्रीले नेहा कक्कडमाथि किन प्रश्न उठाईन्?

२०७६, ३ मंसिर मंगलवार १८:३७