धनगढी – कैलाली जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कैदीबन्दीहरुलाई दैनिक जीवनयापनमा समस्या भएको छ। वर्षौँपहिलेदेखि जीर्ण भएको कारागारको न त मर्मत नै हुन सकेको छ, न त बढी क्षमताको भवन नै निर्माण हुन सकेको छ। विगतबाटै दोब्बर कैदी बस्दै आएको कैलाली कारागारमा अब झन् कैदीबन्दीको संख्या तेब्बर पुगेको छ।

कारागारमा क्षमताभन्दा तेब्बर संख्यामा कैदीबन्दी राख्दा दैनिक जीवनचर्यासँग सम्बन्धित क्रियाकलापमा समेत समस्या भएको गुनासो कैदीबन्दीले गरेका छन्। तेब्बर बढी कैदीबन्दी हुँदा खान, बस्न, सुत्न समेत समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ। सुत्नका लागि बेडसमेत अभाव हुँदा पालो कुर्नुपर्ने बाध्यता कैदीबन्दीको छ।

कारागारमा १ सय २५ पुरुष र २५ महिलाको क्षमता भए पनि अहिले ४ सय ४२ पुरुष, ३९ महिला र ५ नाबालक गरी ४ सय ८६ जना कैदीबन्दी रहेको जेलर महेन्द्र खड्काले बताए। कारागारमा २८ पुरुष र २ महिला गरी ३० जना विदेशी कैदीबन्दी छन्। कैदिबन्दीहरूको चाप बढ्दै गएपछि पालो लगाएर सुताउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

सन् १९९७ बाट शुरु भएको कारागार विभिन्न समयमा मर्मत सम्भार हुँदै आए पनि २०६१ सालपछि मर्मत भएको छैन। तत्कालीन विद्रोही माओवादीले सो कारागारमा आक्रमण गरेपछि जीर्ण भएको कारागार केही मर्मत भए पनि त्यसपछि खासै मर्मत हुन सकेको छैन। अहिले कारागार जीर्ण भएपछि कैदीबन्दीको उपचारमा पनि समस्या हुँदै आएको छ। कारागारामा प्रयाप्त भौतिक संरचना नहुदाँ बन्दी कक्षमै बिरामीलाई चेकजाँच गनुपर्ने बाध्यता रहेको जिल्लाका कारागार कैलालीका डाक्टर भक्तबहादुर विष्टले बताए। पहिलेको भन्दा तेब्बर कैदीबन्दी हुँदा संक्रमणको समेत समस्या रहेको उनले बताए।

जीर्ण कारागार मर्मत नहुँदा वर्षातमा चुहिन थालेपछि कार्यालयका सामान बचाउनसमेत समस्या भएको छ। भवन अभावका कारण कैदीबन्दी र आफूहरुले भोगिरहेको समस्याका बारेमा कारागार व्यवस्थापन विभागलाई अवगत गराएको लामो समय बितिसक्दा पनि कुनै सुनवाइ नभएको जेलर महेन्द्र खड्काले बताए। पटक पटक कारागार भवन निर्माणका लागि डिजाइन बनाएर विभागमा पठाए पनि कार्यान्वयन नभएको उनले बताए। प्रत्येक वर्ष कैदीबन्दीको संख्या बढिरहेका कारणले पनि व्यवस्थापन गर्नै मुश्किल परेको जेलर विष्टले बताए। उनले जसोतसो मिलाएर त्रिपाल लगाएरसमेत कैदीबन्दीहरुलाई राखिरहेको बताए।

जिल्ला कारागार कैलालीमा मानव बेचबिखन, कर्तब्यज्यान मुद्दा, जबर्जस्ती करणी, सवार ज्यान, चौरी, ज्यान मार्ने उद्योगलगायका कैद सजाय भोगिरहेका कैदीबन्दी रहेका छन्।

लोकप्रिय

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

२०७६, २५ मंसिर बुधबार १८:१३

मानव  तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने

मानव तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन…

२०७६, २६ मंसिर बिहीबार २०:१३

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

२०७६, २५ मंसिर बुधबार १५:५३

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

२०७६, २५ मंसिर बुधबार १८:०४

काेरियामा एक नेपालीले घाँटी काटेर गरे आत्महत्या

काेरियामा एक नेपालीले घाँटी काटेर गरे आत्महत्या

२०७६, २५ मंसिर बुधबार १५:५३

पीपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र भर्सेस शरद

पीपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र भर्सेस शरद

२०७६, २५ मंसिर बुधबार १५:०७

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

२०७६, २६ मंसिर बिहीबार २०:४७

सुनिल बलको त्यो गोल जसले नेपाललाई दिलायो स्वर्ण!

सुनिल बलको त्यो गोल जसले नेपाललाई दिलायो स्वर्ण!

२०७६, २५ मंसिर बुधबार १६:४९

अन्तिम तथा निर्णायक टी–२० क्रिकेटमा भारत र वेस्ट इन्डिज भिड्दै

अन्तिम तथा निर्णायक टी–२० क्रिकेटमा भारत र वेस्ट इन्डिज भिड्दै

२०७६, २५ मंसिर बुधबार १४:१९

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

२०७६, २६ मंसिर बिहीबार १७:१६

प्रहरी सक्रियतामा रोकियो बालविवाह

प्रहरी सक्रियतामा रोकियो बालविवाह

२०७६, २६ मंसिर बिहीबार ०९:५६

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

२०७६, २६ मंसिर बिहीबार १७:०२

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

२०७६, २६ मंसिर बिहीबार २१:०५

चुरोट पिउने महिलामा हुने १० खतराहरू

चुरोट पिउने महिलामा हुने १० खतराहरू

२०७६, २६ मंसिर बिहीबार १८:५९

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

२०७६, २६ मंसिर बिहीबार १७:१५