काठमाडौँ – काठमाडौँ महानगरपालिकाले समुदायस्तरबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउन शुरु गरेको छ। डल्लु आवास क्षेत्रबाट महानगरले सामूहिकरूपमा फोहर व्यवस्थापन शुरु गरेको हो।

घरमा काम नलाग्ने सबै कुरा स्थानीयवासीले फोहरको गाडीमा हाल्दा ठूलो परिमाणमा फोहर उत्पादन भइरहेकाले वर्गीकरण थालिएको र तीमध्ये कुहिने फोहरलाई सङ्कलन गर्ने गाडीमा नपठाएर स्थानीयस्तरमै व्यवस्थापन थालिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए। ‘घरघरबाट निस्कने फोहरमध्ये सबैभन्दा ठूलो परिमाणमा कुहिने फोहर हुने गरेको छ,’ उनले भने, ‘यिनको स्थानीयस्तरमै व्यवस्थापन गर्न सकिने भएकाले अहिले हाम्रो ध्यान यसमा गएको हो।’

कामपाले परीक्षणका रुपमा डल्लु क्षेत्रमा प्रारम्भ गरेको यो काम आगामी दिनमा अरु वडामा समेत विस्तार गर्दै जाने योजना रहेको प्रवक्ता डङ्गोलले बताएका छन्। यहाँका ५० घरले एकै स्थानमा फोहर जम्मा गरिरहेका छन्। महानगरले कुहिने र नकुहिने फोहरका लागि फरक–फरक गाडीसमेत व्यवस्था गरेको छ। उनले भने, ‘यसले गर्दा ल्याण्डफिल साइट जाने फोहरको परिमाण कम भएको हामीले पाएका छौँ।’

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वटा वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएको कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए। तीमध्ये कतिपय निजी संस्थाले पनि फोहरको वर्गीकरण शुरु गरेका उल्लेख गर्दै उनले भने, ‘फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ।’

काठमाडौँ महानगरपालिकाले दैनिक ३ सय ५० मेट्रिकटन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको छ । सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन्। काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन् । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणसमेत शुरु गरेको छ। (रासस)

लोकप्रिय

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

युद्धको घाउ नकोट्याएकै राम्रो

युद्धको घाउ नकोट्याएकै राम्रो

२०७६, १३ माघ सोमबार १७:३९

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

२०७६, १३ माघ सोमबार १३:५१

न्युजिल्याण्डविरुद्ध भारतको शानदार जित

न्युजिल्याण्डविरुद्ध भारतको शानदार जित

२०७६, १२ माघ आईतवार १५:५९

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

२०७६, १३ माघ सोमबार १९:०५

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

२०७६, १३ माघ सोमबार १५:१९

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

२०७६, १३ माघ सोमबार १७:०९