समकालीन कविताको आरम्भदेखि नै सशक्त काव्यिक स्वर लिएर नेतृत्वदायी भूमिकामा रहँदै आएकी कवि कुन्ता शर्मा नेपाली कविताका पाठकमाझ ‘पोथी बास्नु हुँदैन !’ शीर्षकको कविताबाट प्रसिद्धि कमाएकी कवि हुन्। आजको यस शृङ्खलामा उनको नवीनतम कविता सङ्ग्रह ‘मेरो मान्छे’ (२०७५)मा सङ्कलित ‘घोडा नमार’ शीर्षकको एउटा सम्यक र सचेत दृष्टिकोणयुक्त कविता साभार गरी प्रकाशन गरिएको छ।
 
– कुन्ता शर्मा
 
पर्ख !
उजाएको हतियार तल झार,
घोडाको वध नगर,
नभत्काऊ रथहरू,
सारथि निकम्मा भए परिवर्तन गर
तर घोडाको वध नगर,
कृपया घोडा नमार !
 
निरङ्कुशहरूको अस्तबलबाट
ठूलो जुक्ति र बुद्धि पुर्‍याएर,
धेरैले मृत्युवरण गरेर,
अङ्गभङ्ग, सर्वाङ्ग भएर,
यो घोडा मुक्त भएको हो
घोडा हिँडेन, डुलेन
घोडाले गन्तव्य भेटेन
दोष यो पटक्कै होइन घोडाको
त्यसैले घोडालाई पुनः कसाहीलाई नसुम्प
बरु खोस लगाम दुष्टहरूको हातबाट
तर घोडाको वध नगर,
कृपया घोडा नमार !
 
कुरो के हो?
कतै घोडाको बँधाइछँदाइ नमिलेको हो कि,
या खुरहरूमा किलाकाँटी बिझेको हो कि,
या विषाणुहरूले क्लान्त बनाएको हो कि ?
अध्ययन गर सूक्ष्मतर ढङ्गले
हतास नहोऊ, निराश नबन
निकास खोज
उपचार गर घोडाको
तर घोडाको वध नगर,
कृपया घोडा नमार !
 
रगतका तालहरूमा डुबेर
प्राप्त यो टाँगन घोडालाई,
नमास अस्तबलको शोभालाई
बरु खोज, समस्या खोज,
समस्याको समाधान खोज,
कहाँ कहाँ छन्, के के छन्
व्यवधान खोज,
सवार भएन, फेर उसलाई,
व्यवहार भएन, खेर उसलाई,
उत्तेजित नबन
घोडाको वध नगर,
कृपया घोडा नमार !
 
सल्किरहेछ आगो असन्तोषको,
दन्किरहेछ डढेलो विरोधाभासको,
हजारौँ आँखाहरूका सपनाहरू चौपट भए,
लाखौँ मनहरूका आकाङ्क्षाहरू आहत भए
पितामहहरू सत्तालिप्सामा मस्त भए
दुर्योधनहरू कपटको जालो बुन्नमा व्यस्त भए
भिजेका बिरालाजस्ता भएर
विदुरहरू बोल्नै नसक्ने भए
शकुनिहरू एकाग्र भएर
षडयन्त्रको योजना बुन्दै गए
सपनाहरू सबै खरानी भए
तर पनि आत्तिने बेला छैन
विस्थापित गर सवारलाई
तर कृपया घोडाको वध नगर !
 
लिस्नो लगाइएको छ दुष्टहरूका लागि
उफ्रिरहेका छन् कुदिरहेका छन्
वर्षौंवर्ष रगतपसिनाले निर्मित
ओतहरू भत्काइरहेका छन्,
सिस्नो लगाउँदै छन् इमानदारहरूलाई
तिनीहरू आहत छन्, दुखित छन्
के गरौँ, कसो गरौँले द्रवित छन्
हो, सोचेजस्तो छैन परिवेश
खोजेजस्तो छैन देश
तर पनि हरेस नखाऊ
लगाम खोस घोडसवारबाट
तर घोडाको वध नगर,
कृपया घोडा नमार !
 
मनहरू सुकेका जङ्गलजस्तै जर्जर छन्
तीव्र असन्तुष्टि डढेलोजस्तो फैलिएको छ
तुवाँलोजस्तो खिन्नताले छोपेको छ मनहरू
शूलजस्तो पीडा कुदिरहेको छ छातीमा
धस्कँदै गएको छ अल्लो पहाड आस्थाको
होचिँदै गएको छ सग्लो हिमाल श्रद्धाको
आकाश कालो छ धमिलो
कुदिरहेछन् थाप्लामाथि विद्युतीय तरङ्गहरू
मनस्थिति धमिलो पानीजस्तो छ,
परिस्थिति एकदमै उल्टोपाल्टो छ
तर पनि हार्न उचित हुँदैन,
निचमार्न उचित हुँदैन,
उठ फालेर अकर्मण्यताहरू,
नयाँ परिवेशको निर्माण गर
तर कृपया घोडा नमार !
 
समय जेजस्तो भए पनि,
परिस्थिति उबडखाबड हुँदै गए पनि
थाक्नु हुँदैन पैँतालाहरू,
हार्नु हुँदैन मनहरू
समाधान हुँदै जालान् समस्याका वक्रताहरू,
धैर्य गर, प्रतीक्षा गर समयको
तर वध नगर घोडाको
कृपया घोडा नमार !
 
समय सधैँ ओथारो बस्तैन एकै ठाउँ
धमिलो पानी सङ्लिएर जान्छ, जान्छ
‘खनी उकाली खनी ओराली’ भन्छन् मानिसहरू
औँलाहरू गतिशील रहे
छेउको सियो माझमा पुगेरै छाड्छ,
धैर्यको कवच ग्रहण गर अशान्त मनहरू
हाँक समयलाई अविरल चालेर पैँतालाहरू
गतिशीलताले होचो गराउँछ
जस्तै अग्ला शिखरहरू पनि
छन् छन त
छातीभरि छटपटीहरू खपी नसक्नुका
तर घोडाको वध नगर,
कृपया घोडा नमार !

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७