– वासु शशी (१९९४–२०४९)

वासुदेव वैद्यको नामबाट रूपान्तरित भई नेपाली साहित्याकाशमा सुपरिचित विशिष्ट साहित्यिक स्रष्टाको नाम हो— वासु शशी। कविता–काव्य, गीत, नाटक, उपन्यास, अनुवाद र सम्पादनमा समेत उत्तिकै सिद्धहस्त वासु शशीको मूल परिचय भनेको कवि व्यक्तित्व नै हो। नेपाली गद्य कविता परम्परामा उनको योगदान आफैँमा एउटा टड्कारो हिमाल हो। अझै व्यक्तिगत भन्ने हो भने मेरा केही प्रिय कविहरूमध्ये मैले कहिल्यै बिर्सन नसक्ने एउटा नाम पनि हो—वासु शशी।

कवितामा सधैँ सधैँ सरलताका पक्षपाती वासु शशीको लेखनको मूल प्रवृत्ति भनेको मानव–प्रेम नै हो।

अहिले हेक्का भयो— म जन्मेको साल कवि वासु शशीको पहिलो कृति ‘मेरी उषा’ शीर्षकको कविता सङ्ग्रह (२०१६) प्रकाशनमा आएको रहेछ। २०३५/३६ सालदेखि मलाई तिनै कविसँग उठबसको सौभाग्य प्राप्त भयो। उठबस बाक्लिँदै जाँदा उहाँ कवि मात्रै रहनुभएन— दाइ हुनुभयो। गुट–उपगुटभन्दा परै रहेर साहित्य सिर्जनामा रमाउने सरल तर स्वाभिमानी स्वभावका वासु दाइ नवोदित कवि–लेखकका लागि भने प्रेरणाको अजस्र स्रोत नै हुनुहुन्थ्यो भन्ने मेरो अनुभव गराइ छ।

२०३७ सालमा प्रकाशित मेरो कविता सङ्ग्रह ‘अन्तरका छिटाहरू’ छापिन लागेको थाहा पाएपछि प्रकाशनका लागि काम गरिरहेका मेरा मित्रसँगबाट पाण्डुलिपि लिएर पढेको मात्र होइन, वासु दाइले आफ्नो मन्तव्यसमेत लेखेर छपाइका लागि दिनुभएको जानकारी किताब छापिएपछि मैले थाहा पाएको यथार्थ अहिले पनि आश्चर्यका साथ म सम्झिरहेको छु मात्र होइन, दाइको त्यो स्नेह अहिले पनि अनुभूत गरिरहेको छु।

बीसौँ शताब्दीको गीत, मानिसको हृदय बढ्ता भत्केको, हिमाल अग्लो हुँदैमा हामी महान् होइनौँ, देश अर्थात् देश खोई? मेरो देशको पुस्तकलगायत वासु शशीका दर्जनौँ कविताहरू चर्चित र प्रशंसित छन्। मानव–महत्ताको भाका सुसेलिएको कवि वासु शशीको यस्तै प्रभावशाली एउटा अर्को कविताको शीर्षक हो— जहाँ जहाँ मानिस पुगेका छैनन्। यो कविता मैले धेरै पटक पढेको छु र अहिले पनि नअघाएजस्तो फेरि एक पटक पढूँ भन्ने लाग्छ र पढिहाल्छु।

– कवि दिनेश अधिकारी

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

२०७६, २७ भाद्र शुक्रबार १०:५४