– यसोदा राई

सम्झना साढे तीन दशक अगाडितिरको हो। म भोजपुरको विकट ग्रामीण परिवेशमा जन्मेँ, हुर्कें अनि जिन्दगीको लगभग दुई दशकजति मेरो बाल्यकाल त्यही भूगोलमा बिताएँ। मेरो माध्यमिक कक्षासम्मको अध्ययनलाई त्यहीँ पूरा गरेँ। घरदेखि करिब तीन घण्टाको बाटो थियो स्कुल। बिहानै उठेर एकसरो काम नगरीकन स्कुल जान अनुमति थिएन। त्यसैअनुरूप एकाबिहानै धर्तीमा उज्यालो खस्नै नपाई हामी भीर–पाखातिर घाँस दाउरा गर्न जान्थ्यौँ। दुई घण्टामा त भारी बिसाएर खाना खाईवरि पसिनाले भिजेर पानाहरू उप्केका किताब काखीमा च्यापेर उकालो लागिसक्थ्यौँ।

आधा बाटोमा नपुगिकनै हाम्रो खानाले छोड्दै जान्थ्यो। स्कुलमा साथीभाइ अनि पढाइले होला, त्यति भोक लागेको महसुस हुँदैनथ्यो। जब छुट्टी भई स्कुल छोडेर घरतिर पाइला बढाउनुलगत्तै अचाक्ली भोक लागेको हुन्थ्यो। बाटामा अर्काको बारीको सागको डुकु, मुला, मकैको उखु, जङ्गलमा फुल्ने गुराँस, कटुस, जङ्गली ओखरहरू खोजी खोजी खाँदै भोकलाई कम गर्ने काम गरिन्थ्यो। अहिले सम्झँदा लाग्छ, पशुपति र स्वयम्भूमा छाडा छोडिएका बानरहरू पो रहेछौँ हामी त ! तुलना गर्दा उस्ताउस्तै रहेछौँ।

बिजुली बत्ती थिएन। अहिलेसम्म पनि मेरो गाउँमा बत्ती पुगेको छैन। सोलारबाट बल्ने विभिन्न किसिमका बत्तीहरू बाल्ने गरिएको छ अहिले। हामी टुकी बालेर पढ्ने गर्थ्याैं। घोप्टिँदा घोप्टिँदा आधा अगाडिको कपाल सल्केर ठुटै हुन्थ्यो। प्रायःजसो पालैपालो गोठमा राति गाईवस्तुसँग बास बस्नु जानु पर्थ्यो। त्यहाँ हावाले टुकी बल्न नदिने भएका कारणले आगोको उज्यालोमा, जुनेली रातमा अक्षरहरूसँग हाम्रो भलाकुसारी भने भई नै रहन्थ्यो। यी अक्षरहहरूसँगको सान्निध्यले गर्दा यी अक्षरसँगका सम्बन्धहरू दिनरात गाढा हुँदै रहेछन्… पत्तै नपाई !

मासुभात पाकेको थियो। मैले भात खाइनँ। खुसीका गाँसहरूले नै मेरो पेट भरिएछ तर अपशोच ! यसपछि कहाँ कसरी पढ्ने भन्ने नै थाहा थिएन। म जस्तै हजाराैँ त्यही मोफसलका विद्यार्थी सबैमा मेरो जस्तै अन्योलता थियो होला पक्कै ! असार हुँदै साउन पनि बित्नै लागेको थियो।

यसैगरी सङ्घर्ष र रमाइलोको दोसाँधमा दिनचर्या चलिरहँदा मेरो माध्यमिक कक्षाको पढाइ पनि अन्त्य–अन्त्यतिर पुग्यो। मैले एस.एल.सी.को जाँच दिएँ। त्यतिखेरको समयमा एस.एल.सी.लाई ‘फलामको गेट’ भनी हाउगुजी फैलाइन्थ्यो। मनभरि पिर बोकी राति देख्ने सपनालाई भरोशा बनाई रिजल्टको पर्खाइमा बित्दै थिए ती दिनहरू। कलेज पढ्न पाइन्छ भनेर त सपनामा पनि सोचेको थिइनँ।

सदरमुकाममा मात्र सरकारी कलेज थियो। अहिले जस्तो टोलटोलमा प्लसटुहरू थिएनन्। मेरो गाउँबाट सदरमुकाम जानलाई मजाले डेढ दिन जति लाग्थ्यो, त्यो पनि जल्दोबल्दो युवालाई ! बूढापाकाको त कुरै नगरौँ। कुनै एक दिन, एक क्षण मेरा लागि विशेष दिन बनेर आयो। जुन दिनको त्यो विशेष दिनले नै आजसम्मको मेरो अक्षरको यात्रालाई तय गर्न पहिलो खुट्किलो बनेको थियो। असारको दिन थियो। म बारीमा काम गरेर कुवामा हातखुट्टा धुने क्रममा थिएँ। अचानक आकाशबाट बधाईका ध्वनिहरू गुञ्जिएजस्तो लाग्यो।

यसो पछाडितिर फर्केर मात्र हेरेको थिएँ, गाउँका एक जना शिक्षक रहेछन्। उनले मधेश झर्दा एस.एल.सी.को रिजल्ट सुनेर आएका रहेछन्। त्यतिखेरको समयमा प्रत्येक गाउँबाट अनि स्कुलबाट कति जना कुन श्रेणीमा पास भए भनेर सबैको चासोको विषय बन्थ्यो। म खुसीले गद्गद् भएँ। मैले द्वितीय श्रेणीमा पास गरेको रहेछु। म त आत्तिएर पँधेरोबाट एक बिसाउनीमै घरसम्म चप्पल नै नलगाईकन कुदेको रहेछु। कतिखेर सुनाऊँ त्यो सफलताको समाचार भनेर निकै हतासमा थिएछु।

पानीले रेडियो भिजाउँछ भनेर हामीले ओड्ने घुम ग्वाम्ल्वाङ्ग ओढाएर हामी आफूचाहिँ पानीमा भिजिरहन्थ्यौँ। त्यति माया गरेका थियौँ, त्यो रेडियोलाई ! आफ्नो ज्यान भन्दा’नि बढी नै। रेडियो बोलिरहन्थ्यो लगातार आफ्नै धून र गतिमा। समय बितेको पत्तै हुँदैनथ्यो। कार्यक्रमको बीच बीचमा कलेजहरूको विज्ञापन आउने गर्दथ्यो।

घरमा सुनाएँ। सबैले स्याबासी दिए। बिहानको खाना खाने समय भएको थियो। मासुभात पाकेको थियो। मैले भात खाइनँ। खुसीका गाँसहरूले नै मेरो पेट भरिएछ तर अपशोच ! यसपछि कहाँ कसरी पढ्ने भन्ने नै थाहा थिएन। म जस्तै हजाराैँ त्यही मोफसलका विद्यार्थी सबैमा मेरो जस्तै अन्योलता थियो होला पक्कै ! असार हुँदै साउन पनि बित्नै लागेको थियो।

हामी बिहानदेखि बेलुकासम्म खेतमा धानका बीऊसँगै हाम्रा सपनाहरू पनि हिलामा गाड्दै आएका थियौँ। रहरहरू पनि कुला भरिभरि बगाउँदै आएका थियौँ। घरमा बाजेको पालाको रेडियो थियो। यसलाई एक ठाउँमा मात्र झुन्ड्याएर बजाउने आदेश बुवाबाट जाहेरी हुन्थ्यो। तर, हामी बुवाको आँखालाई ओझेलमा पारेर रेडियो मेलामा बोकेर जान्थ्यौँ।

पानीले रेडियो भिजाउँछ भनेर हामीले ओड्ने घुम ग्वाम्ल्वाङ्ग ओढाएर हामी आफूचाहिँ पानीमा भिजिरहन्थ्यौँ। त्यति माया गरेका थियौँ, त्यो रेडियोलाई ! आफ्नो ज्यान भन्दा’नि बढी नै। रेडियो बोलिरहन्थ्यो लगातार आफ्नै धून र गतिमा। समय बितेको पत्तै हुँदैनथ्यो। कार्यक्रमको बीच बीचमा कलेजहरूको विज्ञापन आउने गर्दथ्यो। त्यतिखेरको माहोल कक्षा एघारको भर्नाको समय रहेछ। विज्ञापन यस प्रकार थियो:

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! पद्मकन्या क्याम्पसमा भर्ना खुल्यो ! पाटन संयुक्त क्याम्पसमा भर्ना खुल्यो ! भोजपुर बहुमुखी क्याम्पसमा भर्ना खुल्यो !

अर्काको बारीको सागको डुकु, मुला, मकैको उखु, जङ्गलमा फुल्ने गुराँस, कटुस, जङ्गली ओखरहरू खोजी खोजी खाँदै भोकलाई कम गर्ने काम गरिन्थ्यो। अहिले सम्झँदा लाग्छ, पशुपति र स्वयम्भूमा छाडा छोडिएका बानरहरू पो रहेछौँ हामी त ! तुलना गर्दा उस्ताउस्तै रहेछौँ।

यी यस्तै थिए विज्ञापनका बेहोराहरू। म विज्ञापन आएका बेला चनाखो कान पारेर सुन्थेँ। अझै वर्षातले सुन्न दिएन भने त उफ्रेर नजिक गई कान थापेर सुनिबस्थेँ। खै किन हो कुन्नि अरू कार्यक्रमभन्दा यो विज्ञापन नै मलाई प्रिय लाग्दथ्यो। सम्झन्थेँ म त्यतिखेर यी यस्ता क्याम्पसमा पढ्न पाउनलाई त अर्को जुनी नै जन्मिएर आउनुपर्ने होला। कति भाग्यमानी होलान् ती विद्यार्थी, जसले ती क्याम्पसमा पढ्ने अवसर पाउने छन्। आफ्नो त पहुँचभन्दा पनि परको कुरालाई सम्झेर मन अमिलो बनाई बस्नुको विकल्प थिएन।

आज सम्झँदा लाग्छ, धन्न मेरो भाग्यमा लेखेको रहेछ र मात्र ती विज्ञापनहरू सुनिरहेको महिना नबित्दै पद्मकन्या क्याम्पसमा कक्षा एघारमा भर्ना हुन काठमाडौँ आइपुगेँ। त्यही दिनदेखि नैरन्तर्य आजसम्म मेरो अक्षैरसँगको सत्सङ्ग टुटेको छैन। चाहे आफू पढ्ने क्रममा होस्, चाहे पढाउने क्रममा होस्। त्यसैले लागिरहेछ मलाई, कहिलेकाहीँ सपनाहरू थाहै नपाई एकाएक विपनामा रूपान्तरण हुँदा रहेछन्। बस् सपना देख्नलाई छोड्न हुन्न रहेछ। एकाध सपनाहरूले जुनकिरीझैँ गोरेटो देखाई विपनाको गन्तव्यतिर डोहोर्‍याउन सफल हुँदा रहेछन्। त्यत्तिखेरै मान्छे विपना र सपनाको कोलाजमा समाधिस्थ हुँदा रहेछन्। जसरी म पनि समाधिस्थ भएकी थिएँ।

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

२०७६, १२ फाल्गुन सोमबार २०:३६

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…

२०७६, १२ फाल्गुन सोमबार १२:३७

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

२०७६, १२ फाल्गुन सोमबार १७:५७

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

२०७६, १२ फाल्गुन सोमबार १७:०१

खैरो हेरोइनसहित युवती पक्राउ

खैरो हेरोइनसहित युवती पक्राउ

२०७६, १२ फाल्गुन सोमबार ०९:०७

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

२०७६, १२ फाल्गुन सोमबार ०७:३६

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

२०७६, १३ फाल्गुन मंगलवार १७:४३

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

२०७६, १४ फाल्गुन बुधबार ०८:४२

सिस्नुको परिकारमा रमाउँदै पर्यटक

सिस्नुको परिकारमा रमाउँदै पर्यटक

२०७६, १३ फाल्गुन मंगलवार १२:२८

प्रधानमन्त्रीलाई प्रश्नः नेपालको नक्सालाई केक बनाएर काट्दा हात कामेनन्?

प्रधानमन्त्रीलाई प्रश्नः नेपालको नक्सालाई केक बनाएर काट्दा हात कामेनन्?

२०७६, १२ फाल्गुन सोमबार १२:०४