गौशाला – बाढीबाट महोत्तरीमा ४ हजार ५ सय ७१ घरमा पूर्ण क्षति भएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट ७ हजार ९ सय ६३ घरमा आंशिक तथा ५ हजार ८ सय ४७ घरमा सामान्य क्षति पुगेको छ।

जिल्लामा १ सय ५० हेक्टरमा लगाइएको धानखेती, २० हेक्टरको मकैखेती, ५० हेक्टरको तरकारीखेती र ८ हेक्टरमा लगाइएको अन्य खेती नष्ट भएको छ। रु. ५ करोड बराबरको धानखेती, कुखुरा र कुखुराजन्य उत्पादन, केरा, तरकारी, कुलो, इनार र च्याउखेती क्षति भएको छ। १५ हजार हेक्टरमा लगाइएको धानखेती डुबानमा परेको छ।

बाढीले मटिहानी, जलेश्वर, बलवा, लोहारपटी, भङ्गहा नगरपालिका, एकडारा, महोतरी र पिपरा गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्‍याएको छ। बाढी र डुबानबाट माछापोखरीमा पूर्णरूपमा क्षति पुगेको छ भने कुखुरा र कुखुराजन्य उत्पादन, केराखेती र तरकारीखेतीमा नोक्सानी बेहोर्नुपरेको छ।

बाढीबाट झण्डै ५ हजार किसान प्रभावित भएका छन्। उनीहरूले ऋण मिनाहा, निःशुल्क बीउ, माछापोखरी निर्माण लगायतमा राहतका लागि सरकारसँग माग गरेका छन्। रातो, मरहा, विग्ही र जङ्घा नदीमा आएको बाढीले बलवा नगरपालिकाको लेऊरी, जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका र लोहारपट्टी नगरपालिकाका झण्डै ४० गाउँ डुबानमा परेका छन्। यसबाट करिब २ लाख बसिन्दा प्रभावित भएका छन्।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाढीबाट प्रभावितलाई राहत वितरण गरिँदै आएको जानकारी दिए। (रासस)

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५