– स्व. जगदीश घिमिरे
 
भलबाढी आयो। यो भलबाढी अर्कै प्रकृतिको थियो। कतिका लागि यो अत्यन्त अप्रत्याशित र अस्वाभाविक थियो भने कतिका लागि यो प्रत्याशित र स्वाभाविक।
 
प्रतिक्रियामा मन्त्रीहरूले ढीँ..चूँ…ढी…चूँ… गरे। ढीँ….चूँ…ढी..चूँ…गर्ने मन्त्रीहरूको आदत हुन्छ। यो मन्त्रीहरूको ०७ सालदेखिको शाश्वत संस्कृति हो। यो आदत यस कालखण्डमा बितेको आधा शताब्दीदेखि सबै नेता र मन्त्रीहरूमा एड्सजस्तै लागेको थियो, फैलिएको थियो, झाँगिएको थियो। ढीँ..चूँ…ढी..चूँ…उनीहरूका मूल मन्त्र, तन्त्र, यन्त्र थिए, धर्म, कर्म, मर्म थिए।
 
बाढी घटेन।
मन्त्रीले फेरि ढीँ…चूँ…ढी…चूँ… गरे र भने, ‘हामी यस देशको सरकार हौँ। नदीको यो जाबो भेलले आफूलाई के ठानेको छ?’
भेल झन् बढ्यो।
वर्षहरू बित्दै गए।
भेल बढ्दै गयो।
थरीथरीका चुनाउ आए–गए।
भेल बढ्दै गयो।
मन्त्रीहरू ढीँ…चूँ…ढी…चूँ… गर्दै रहे।
 
हजारौँको ज्यान गयो। लाखौँ शरणार्थी भए। करोडौँ–अर्बौंको सम्पत्ति नाश भयो। नदीको भेल बढ्दै गयो। मन्त्रीहरू ढीँ…चूँ…ढी…चूँ..गर्दै रहे।
भेल अन्यायका विरुद्ध थियो। अनाचार र अत्याचारका विरुद्ध थियो। भोक–शोक–रोगका विरुद्ध थियो। यी सबै कुरा बढ्दै थिए। अतः भेल पनि बढ्दै गयो, बढ्दै गयो।
 
देशका सम्पूर्ण मन्त्रीले ढीँ…चूँ…ढी…चूँ… गरे… केही लागेन। सम्पूर्ण नेताले ढीँ…चूँ.. ढी…चूँ… गरे… केही लागेन। सम्पूर्ण पत्रकारले छापे– मन्त्री र नेताले यसो ढीँ…चूँ…ढी…चूँ… गर्नुभयो, उसो ढीँ…चूँ…ढी…चूँ ..गर्नुभयो तर केही अर्थ भएन।
 
मन्त्रीहरू विक्षिप्त भएर झन् चर्को स्वरमा ढीँ…चूँ…ढी…चूँ.. गर्न लागे – हामी सरकार हौँ, हामी नदीलाई गोली ठोक्छौँ भनेर भेलबाढीमा गोलीका पर्रा छाडे। केही लागेन। भेल बढ्दै गयो। रोपेको खेतका गरा भत्किँदै गए। खेत र श्रम दुवै बग्यो। सम्बन्धित मान्छे पनि बगे, मर्ने मरे, बाँच्ने शरणार्थी भए। बाढी बढ्दै गयो।
 
मन्त्रीहरूले ढीँ…चूँ…ढी..चूँ… गरेर रेडियोको जाली फोरे। टेलिभिजनको पर्दा च्याते। अखबारका पाना छेडे। जल–थल–आकाश ढाके। चर्पीको उद्घाटन–विसर्जनमा पनि त्यही ढीँ…चूँ…ढी..चूँ…, जन्तमा पनि त्यही ढीँ…चूँ…ढीँ…चूँ…। मलामीमा पनि त्यही ढीँ…चूँ…ढी….चूँ…., कपाल काट्ने सैलुनको उद्घाटन–विसर्जनमा त्यही ढीँ….चूँ…ढी…चूँ…।
 
मन्त्रीले थाकेर ढीँ…चूँ…ढी…चूँ… गर्‍यो…, ‘भेलबाढीले हामीसँग वार्ता गर्नुपर्छ। हामी भनेको सरकार हो।’
वर्षौं बिते।
हजारौँ थप मरे। लाखौँ थप शरणर्थी भए। करोडौँ–अर्बौंको थप सम्पत्ति नाश भयो। बाढी बढ्दै गयो। मन्त्रीहरू ढीँ..चूँ…ढी…चूँ… गर्दै गए।
अन्ततः भेलले वार्ताको कुरा स्वीकार गर्‍यो। दोहोरो वार्ता टोली बने।
वार्ताको मुख–मुखमा सबभन्दा मूल मन्त्रीले ढीँ…चूँ…ढी..चूँ…गर्‍यो– ‘ए भलबाढी पनि छ?’, ‘पैरो पनि छ?’ ‘वार्ता पनि छ?’, ‘वार्ताको एजेन्डा पनि छ?’ केके छ एजेन्डामा मलाई त थाहै छैन ढीँ…चूँ…ढी…चूूँ…ढीँ…चूँ…।’
 
दोहोरो संवाद भयो। हात्ती आयो हात्ती आयो फुस्सा। कुनै समाधान भएन। समाधान हुने कुरै थिएन, किनभने दुवैलाई चाहिएको उही एउटै कुरा थियो।
 
भेल बढिरह्यो। गोली चलिरह्यो। नागरिक घाइते भइरहे। मर्ने मरिरहे। विस्थापित हुने भइरहे।
 
भेल उर्लिरह्यो। गोली चलिरह्यो। अनाचार, अत्याचार र भ्रष्टाचार बढिरह्यो। कोलाहल भइरह्यो। मर्ने मरिरहे। बाँच्ने बाँँचिरहे। घाइते हुने भइरहे। विस्थापित हुने भइरहे। चुनाव आइरह्यो। संसद् चलिरह्यो। योजना बनिरह्यो। ढीँ…चूँ…ढी…चूँ… बढिरह्यो। भेल बढिरह्यो। ढीँ…चूँ….ढीँ….चुँ.. चलिरह्यो।
 
(अभिव्यक्ति २०५७ वैशाख)

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

२०७६, १२ फाल्गुन सोमबार २०:३६

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…

२०७६, १२ फाल्गुन सोमबार १२:३७

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

२०७६, १२ फाल्गुन सोमबार १७:५७

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

२०७६, १२ फाल्गुन सोमबार १७:०१

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

खैरो हेरोइनसहित युवती पक्राउ

खैरो हेरोइनसहित युवती पक्राउ

२०७६, १२ फाल्गुन सोमबार ०९:०७

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

२०७६, १२ फाल्गुन सोमबार ०७:३६

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

२०७६, १३ फाल्गुन मंगलवार १७:४३

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

२०७६, १४ फाल्गुन बुधबार १५:१४