डोटी – जिल्लाको शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी एसपी विद्यानन्द माझीले दिनुभएको जानकारीअनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गरेको हो। आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान जलेर नष्ट भएको छ। आगजनी किन, कस्ले गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक माझीले बताए। उनले भने, ‘घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी गर्‍यो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ।’

आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले बताए। विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने डोटी प्रहरीको अनुमान रहेको छ। अज्ञात समूहको आगजनीपछि उक्त क्षेत्रमा अहिले जिल्ला प्रहरी कार्यालय डोटीसहित नजिकको प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ। जिल्लामा उक्त वडा कार्यालयसहित अज्ञात समूहले बडीकेदार, जोरायल गरी तीन स्थानीय तहका वडा कार्यालयमा आगजनी गरिसकेको छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७