– डमरुबल्लभ भट्टराई

ऐतिहासिकता थपिँदै गरेको सल्यान – परिवर्तित कालखण्डमा देशको एकमात्र बहिष्कृत, तिरष्कृत, दुर्नाम २००७ पछि प्रधानमन्त्री पदमा एकैपटक लामो अवधि टिकेका मरिचमान सिंह श्रेष्ठको जिल्ला। छोटो समय म प्र.जि.अ.को नाताले जोडिएको छु। निशानाभित्र पनि छु। प्रथमतः सल्यानको अनुभवबारेमा प्रवेश गर्ने कि नगर्ने? यसै द्विविधामा छु। काठमाडौँ सर्दा कसैको बाधक बनेछु। ती मन्त्रालयमै थिए। आफ्नै हक मान्थे। सत्ता परिवर्तन हुनासाथ कति चाँडै हाम्रो र उसको भन्न सके, एकदोस्रालाई तोड्न सके। शायद त्यसबेला गृह मन्त्रालयको चरित्र नै त्यस्तै हो।

प्रकृतिको सत्यलाई आत्मसात गरेको जस्तै। त्यहाँ आफ्नो कोही हुँदैन। कसैले कसैलाई संरक्षण गर्दैन। नयाँनयाँ अधिकारीहरू आउँछन्, आफ्नो कर्म भोगेर जान्छन्। अझ भनौँ, रंगशालाको कलाकारजस्तै। आजको सहयोगी भोलि भेट्दा अर्कै भइसकेको हुन बेर नलाग्ने। भनिन्थ्यो – कृषि, शिक्षा, स्वास्थ्य, वन, इन्जिनियरिङ आदि सेवामा त्यो खालको उदासीनता छैन। प्रशासन सेवा, त्यसमा पनि गृहको चरित्र सबैलाई खड्किँदो रहेछ। स्वैच्छा वा बाध्यता भनौँ, जीवनको ऊर्जावान समय त त्यस्तै हेर्दै, बेहोर्दै त्यसैमा बितेछ। कहिले भित्र त कहिले बाहिर। रुचिको ठाउँ कहाँ छ र ! सहयोगी हातहरू नै कहाँ थिए र?

त्यसैले पनि यदाकदा लाग्छ, म त बलवान पो रहेछु – कहाँ निमुखो कर्मचारी। फेरि सोच्दछु, कतै एकादेशको स्वप्नको सम्झनाजस्तो पो हो कि, कार्यकाल पनि छोटै थियो। संस्मरण भन्नु नै कति होला र ! कतै मरिचमान सिंह श्रेष्ठको अपरिभाषित खेताला नै पो थिएँ कि। यस्तै यस्तै द्विविधाहरू। कसैसँग नजोडिइकन राज्य सञ्चालन गर्न सकिँदैन? कार्यसम्पादन हेरेर पुग्दैन? पुराना दिनहरूतिर चियाउन खोज्छु, किन हो पञ्चायतकालमा जिल्लामा बस्दा दीपक बाँस्कोटा, गोपाल पहाडी, लीलानाथ दाहाल, महेश्वर सिंहजस्ता कांग्रेसका नेताहरूसँग पनि प्रस्ट उठबस थियो, तर सत्ता पक्षले केही भनेन। सोच्दछु, कर्तव्यमा विचलन नदेखिएर हो कि ! अनुत्तरित–अन्तहीन प्रश्नहरू। अब त भनौँ, भ्रममात्र सहारा छ।

प्रकृतिको सत्यलाई आत्मसात गरेको जस्तै। नयाँनयाँ अधिकारीहरू आउँछन्, आफ्नो कर्म भोगेर जान्छन्। अझ भनौँ, रंगशालाको कलाकारजस्तै। आजको सहयोगी भोलि भेट्दा अर्कै भइसकेको हुन बेर नलाग्ने। भनिन्थ्यो – कृषि, शिक्षा, स्वास्थ्य, वन, इन्जिनियरिङ आदि सेवामा त्यो खालको उदासीनता छैन। प्रशासन सेवा, त्यसमा पनि गृहको चरित्र सबैलाई खड्किँदो रहेछ। स्वैच्छा वा बाध्यता भनौँ, जीवनको ऊर्जावान समय त त्यस्तै हेर्दै, बेहोर्दै त्यसैमा बितेछ।

सोच्दछु, मेरा कुरा कति सान्दर्भिक होलान्, ग्राह्य होलान्, तै पनि लाग्छ, जिल्लाको अनुभव स्मरण गर्दा सल्यानलाई कसरी छुटाउन सक्छु। २०४४ मा कति अप्ठ्यारो अवस्थामा सामान्य प्रशासन मन्त्रालयबाट सल्यान जान बाध्य भएको थिएँ। पछि परिवर्तित परिस्थितिमा कसरी मरिचमान सिंहसँग जोडिन पुगेँ। अब आक्रोश, आवेग वा त्यसो त होइन यसो पो भनेर प्रस्टीकरण शैलीले जित्नु नै कहाँ छ र ! यी त भए पुराना कुरा।

केन्द्रीय शासन – जागिरको प्रारम्भिक दिनहरूमा सुनौला ५ वर्ष बिताएको ठाउँमा उपसचिवको हैसियतले नयाँ अध्याय शुरु गर्दैछु। यसमा तत्कालीन गृहमन्त्री जोगमेहर श्रेष्ठको कृपा गाँसिएको छ। अब गृहबाट बाहिर छु। उहाँको इच्छा थियो, धादिङको एक अधिकारीलाई तक्मा र अर्काे कार्यकर्तालाई विशेष पदमा उपयुक्त उम्मेदवार भनी सिफारिस गरौँ। सायद त्यसो गरेको भए फाजिलमा जानुपर्ने थिएन।

यस्तै सिफारिस गर्दा, पाँचथरमा राजनीतिक दुर्घटना परेको ताजै थियो। त्यसैले पनि जिल्लाको समसामयिक वस्तुस्थितिभन्दा टाढा जाने स्थितिमा छैन। फलतः म घाम ताप्नेमा परेको छु। यो परिस्थिति विकास हुँदै सल्यान, त्यसपछि काठमाडौँ, गृह हुँदै परिवर्तित परिस्थितिमा स्थायी घर फर्केको थिएँ। सल्यान प्रवेश गर्नुअघिका केही प्रसङ्गहरू सम्झन्छु। म कसरी गृहबाट बाहिरिएको थिएँ। कस्तो स्थितिमा पुनः फिर्ता हुनु परेको छ।

राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणको सन्दर्भ – भरतपुर मुकाम। राजाका सवारी साथसाथ रहने सवारीमन्त्री जोगमेहर श्रेष्ठ। उहाँको निर्देशन छ, गजुरी निवासी जिल्ला पञ्चायत सदस्य पुरुषोत्तमदास श्रेष्ठकोे नाम आगामी राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनका लागि उपयुक्त उम्मेदवार भनी सिफारिस गरौँ। त्यस्तो पत्र सीधै सवारी शिविरमा जाने र राजाको नजिक भएको बेला नाम अनुमोदन गराउन सजिलो हुने रहेछ। केन्द्रमा प्रक्रिया पूरा गर्न लाग्दा त्यो सम्भावना नहुने।

जागिरको प्रारम्भिक दिनहरूमा सुनौला ५ वर्ष बिताएको ठाउँमा उपसचिवको हैसियतले नयाँ अध्याय शुरु गर्दैछु। यसमा तत्कालीन गृहमन्त्री जोगमेहर श्रेष्ठको कृपा गाँसिएको छ। अब गृहबाट बाहिर छु। उहाँको इच्छा थियो, धादिङको एक अधिकारीलाई तक्मा र अर्काे कार्यकर्तालाई विशेष पदमा उपयुक्त उम्मेदवार भनी सिफारिस गरौँ। सायद त्यसो गरेको भए फाजिलमा जानुपर्ने थिएन।

मलाई लाग्छ, तत्कालीन सभापति योगेन्द्रसिंह थापा नै अहिलेलाई उपयुक्त व्यक्ति हो। त्यस्तै प्रायः केन्द्रमै बस्ने, महिनाको एक दिन जिल्लामा झुल्किने जिम्मेवार अधिकारीलाई तक्माको सिफारिस गर्न मन मान्दैन। लाग्छ, अरू कर्मचारीले के सोच्लान्? त्यो बेला प्र.जि.अ.को सिफारिसको मूल्य रहेछ क्यार। यसमा मन्त्रीको चित्तदुखाइ छ। फलतः प्र.जि.अ.को जिम्मेवारीबाट मुक्त छु। गृहबाट बाहिरिएको छु।

केही महिनादेखि केन्द्रमा कार्यरत छु। लाग्छ, अब जिल्ला घुम्ने कार्य सकिएको छ। बढुवाका लागि सम्भावित भइसकेको छु। मापदण्ड पूरा गर्न कतै कमी भए प्रयास गर्ने अवसर छ। बढुवा समितिको बैठकको प्रतीक्षा छ। त्यो बेला मूल्याङ्कन पद्धति खुला थियो। आफ्नो अंक आफैँ गणना गर्न सकिने। म विश्वस्त हुन सक्दिनँ। संशय गर्नुभन्दा समयमै बलियो भएर बस्नु राम्रो। यस्तो मौका पुनः नआउन सक्छ। केही प्रयास गरौँ – सहयात्री साथी विमल वाग्लेको जोड छ।

पछि उहाँ सचिव हुँदै अरू पदमा पनि बस्नुभयो। आवश्यक परे म सबै सहयोग गरौँला, पुस्तक लेखौँ। राय मार्मिक छ। अब केही गर्नुपर्ने बाध्यता छ। जिल्लामा हुँदा यो अवसर लिने सम्भावना थिएन। संयोगले कृति पूरा भएको छ। अब प्रमोसन हुनेमा ढुक्क छु। प्रतीक्षा छ, चाँडै बढुवा समितिको बैठक बसोस्। हालै तराईका जिल्लामा प्रथम श्रेणीको प्र.जि.अ. राख्न दरबन्दी भइसकेको छ। कामु भएर जानेहरूको चर्चा छ। मेरो परिस्थिति त्यो अनुकूल छैन। मैले काठमाडौँ स्थिर हुन जरुरी छ।

मलाई लाग्छ, तत्कालीन सभापति योगेन्द्रसिंह थापा नै अहिलेलाई उपयुक्त व्यक्ति हो। त्यस्तै प्रायः केन्द्रमै बस्ने, महिनाको एक दिन जिल्लामा झुल्किने जिम्मेवार अधिकारीलाई तक्माको सिफारिस गर्न मन मान्दैन। लाग्छ, अरू कर्मचारीले के सोच्लान्? त्यो बेला प्र.जि.अ.को सिफारिसको मूल्य रहेछ क्यार। यसमा मन्त्रीको चित्तदुखाइ छ। फलतः प्र.जि.अ.को जिम्मेवारीबाट मुक्त छु। गृहबाट बाहिरिएको छु।

यस्तैमा पुनः प्रजिअमा जानुपर्ने आकस्मिक परिस्थिति आउँछ। मेरा चिन्तनहरू सबै एकैपटक धराशयी हुन्छन्। लाग्छ, जागिरे अस्तित्वविहीन प्राणी हुँदो रहेछ। केही महिनाअघि मात्र गृहमन्त्रीको आदश पालना नगर्दा दण्डित हुनु परेको घटना बिर्सिन नपाउँदै अर्काे धक्का लागेको छ। मेरो रुचि, मेरो परिस्थितिसँग कसैको सरोकार छैन। मानवीय पक्ष केलाउने कुरा धेरै टाढा छ। सामान्य प्रशासन सहायकमन्त्री चन्दा शाहसँग असन्तुष्टि, तिक्तता हुँदै विवाद बाहिरै पुगेको छ। अन्ततः भन्न करै होला, प्रधानमन्त्रीले तपाईंको नाम लिएका छन्। अब मेरो पूरै शक्ति क्षीण भएको छ।

लाग्छ, पठाउनैपर्ने भए भर्खरै प्रथम श्रेणीका केही नयाँ दरबन्दी भएका छन्। परिस्थिति सामान्य नै रहे, केही पछि प्रमोसन पनि होला। त्यसैमा का.मु. गरेर पठाए पनि हुन्थ्यो, सल्यान नै किन? दुर्गम जाजरकोटमा त प्लेनको सुविधासम्म थियो, त्यहाँ त त्यो पनि छैन। डोकामा बच्चाहरू बोक्दै धेरै दुर्गम जिल्ला चारिसकेको छु। पुरानो प्र.जि.अ.मा पर्न थालेको छु। सक्रिय जीवन मलाई पनि चाहिन्छ। पाँचथर, संखुवासभा, धादिङ, जाजरकोट यस्तै यस्तै जिल्लामा मेरो जीवनका महत्त्वपूर्ण पाटाहरू बितिसकेका छन्। कहाँ छ विवेक? मसँग विकल्प पनि त छैन। यस्तै अलमलमा केही दिन बिते, एक दिन खबर आउँछ, प्रधानमन्त्रीले तपाईंलाई खोजेको छ। लाग्छ– मेरो सुनुवाइ होला।

बालुवाटार – प्रधानमन्त्री मरिचमान सिंहसँगको पहिलो भेट। तर आश्चर्य – पाँचथरको सर्वसम्मतिको निर्वाचन, छिमेकी जिल्ला जाजरकोटको जि.पं. विघटनदेखि धादिङबाट अतिरिक्त समूहमा पठाएसम्मको घटनाक्रम सुन्छु। कुन कुन जिल्लामा ठीक बेठीक के रह्यो, सरसर्ती सुनेँ। यो मेरो अनुमानको विषय थिएन। कसैले राज्यको मूलधारभन्दा बाहिर बसेर पनि हाम्रा गुणदोषको समीक्षा गर्दाे रहेछ। पहिलो अनुभव थियो। म विकल्पविहीन छु। पुरानो आक्रोश अब रहेन। अन्ततः बढुवाको प्रक्रिया पूरा नहुञ्जेल जानैपर्ने बाध्यता छ। बल्ल, बल्ल व्यवस्थित हुन लागेको घरपरिवारले रोक्ने स्थिति रहेन। पुनः डोका, गोडा र घोडाको शरण पर्दैछु।

प्रधानमन्त्री मरिचमान सिंहसँगको पहिलो भेट। तर आश्चर्य – पाँचथरको सर्वसम्मतिको निर्वाचन, छिमेकी जिल्ला जाजरकोटको जि.पं. विघटनदेखि धादिङबाट अतिरिक्त समूहमा पठाएसम्मको घटनाक्रम सुन्छु। कुन कुन जिल्लामा ठीक बेठीक के रह्यो, सरसर्ती सुनेँ। यो मेरो अनुमानको विषय थिएन। कसैले राज्यको मूलधारभन्दा बाहिर बसेर पनि हाम्रा गुणदोषको समीक्षा गर्दाे रहेछ। पहिलो अनुभव थियो। म विकल्पविहीन छु।

पहिले प्रधानमन्त्रीको जिल्लामा जान हौसिन्थे, जनमत संग्रहपश्चात् स्थितिमा परिवर्तन छ। त्यो बेला प्र.म. सूर्यबहादुर थापा हट्नासाथ धनकुटाबाट धेरै कर्मचारी यताउता भए। कति दण्डित भए। दण्डित हुनेमा का.मु. प्र.जि.अ. वीरबहादुर भुजेल पनि परे। घटुवा गरियो। भुजेल योग्य प्रशासक थिए। कदर गर्नुपर्नेमध्येमै पर्थे भनिन्थ्यो। प्रधानमन्त्रीको जिल्लाको आकर्षण घटिरहेको बेला स्वैच्छाले सल्यान जाने प्र.जि.अ.को अभाव हुँदो हो। त्यसमा पनि दुर्गम जिल्ला, अब परिबन्दले त्यहाँ परेको छु।

सदरमुकाम खलङ्गा, प्रधानमन्त्रीसँग दोस्रो भेट। प्रश्न छ, जिल्ला कस्तो लाग्यो, कार्यकर्ताले कत्तिको दुःख दिएका छन्, सामान्य भलाकुसारी हुन्छ। मलाई खड्केका केही विषयमा चर्चा हुन्छ। त्यसमा उहाँको अनपेक्षित सल्लाह थियो। शिक्षकको नतिजा पहिले नै भइसक्नुपर्ने। कार्यकर्ताले सी.डी.ओ. साहबलाई पेले क्यारे। अब रोक्नु हुँदैन। मेरै कारणले रिजल्ट रोकिएको भन्ने परेको होला।

म राजेन्द्र शाहकी श्रीमतीको रिजल्ट राम्रो होस् भन्ने चाहन्छु। दुर्गम जिल्लाबाट बल्लबल्ल बी.एड. पास गर्ने, त्यो पनि महिला, जति नै अयोग्य भए पनि ठीकै छ। योग्य पाइँदैन, कहाँ खोज्ने? धेरै ठाउँ खाली छन्। आफ्नै योग्यताले फेल भए पनि दोष मलाई नै लाग्ने हो। मेरो विचारमा चाँडै रिजल्ट होस्, उनी पास हुन्। राजेन्द्रबहादुर शाह ०४६ सालको परिवर्तनपछि कांग्रेसबाट सांसद र मन्त्री पनि।

दोस्रो सल्लाह – स्थानीय निर्वाचनका विषयमा थियो। छायाक्षेत्र र दार्मा कोटजस्ता गाउँपञ्चायतमा कांग्रेसका समर्थकहरू छन्। मेरा मानिसले जबर्जस्ती हराउन खोज्लान्, त्यो रोकिनुपर्छ। विपक्षी भएन भने केको राजनीति, कोसँग गर्ने? निष्पक्ष प्रतिस्पर्धा होस्। परिवर्तनपछि छाया क्षेत्रबाट कांग्रेस समर्थक छवि देवकोटा सांसद र मन्त्री पनि।

सदरमुकाम खलङ्गा, प्रधानमन्त्रीसँग दोस्रो भेट। प्रश्न छ, जिल्ला कस्तो लाग्यो, कार्यकर्ताले कत्तिको दुःख दिएका छन्, सामान्य भलाकुसारी हुन्छ। मलाई खड्केका केही विषयमा चर्चा हुन्छ। त्यसमा उहाँको अनपेक्षित सल्लाह थियो। शिक्षकको नतिजा पहिले नै भइसक्नुपर्ने। कार्यकर्ताले सी.डी.ओ. साहबलाई पेले क्यारे। अब रोक्नु हुँदैन। मेरै कारणले रिजल्ट रोकिएको भन्ने परेको होला।

तेस्रो थियो – खलङ्गा मा.वि.को पुरानो घर सुधार गर्ने। त्यसमा कङ्क्रिटको छत हाल्ने। हेर्नुहोस् तपाईंले थाहा पाइसक्नुभयो होला, समयमा काम नहुँदा मेरै मानिसले सिमेन्ट, छड, बालुवा, गिटीसम्म लगेका छन्। सिमेन्ट राख्दा पनि बिग्रने भनेर सापटीमा दिएको होला। रेकर्ड हेरेर फिर्ता ल्याउनु पर्छ। निर्माण कार्य चाँडै पूरा गर्नु पर्छ।

प्रधानमन्त्रीको यो छोटो भेटले मेरा बाटाहरू सहज भएजस्तो लाग्छ। अब अरूलाई सम्झाउन सक्ने भरोशा छ। सामान्य प्रक्रियाबाट शिक्षकको रिजल्ट आयो। राजनीतिक प्रदूषणबाट बाहिरै छ। स्थानीय चुनावमा छाया क्षेत्रबाट कांग्रेस समर्थककै विजय भयो। बाधा–अवरोध पुर्‍याउन कोही गएन। उता दार्माकोटको चुनावमा चन्दजीको विशेष प्रभाव छ। प्रधानपञ्च निर्वाचित हुनु स्वाभाविकै रहेछ। चाँडै त्यहाँ निर्विरोध भएर अरूतिर प्रभाव पार्न जान समय निकाल्ने मनसायले होला, ठेलठाल गरिएछ।

अर्काे पक्ष डेढ दिनको लामो पैदल बाटो पार गरेर न्याय पाउन निर्वाचन अधिकृतकोमा आइपुग्छ। कागजहरू हेर्दा लाग्छ– अर्काे उम्मेदवारको निवेदन जबर्जस्ती खारेज गरेर चन्दजीलाई निर्विरोध गरिएको छ। खारेजीको औचित्य पुष्टि हुँदैन। नयाँ डोर जान्छ। दुवै पक्षलाई मतदानमा सामेल गराउनेबाहेक अरू विकल्प देख्दैन। अब चन्दजी मतदानको स्वाभाविक प्रक्रियाबाट निर्वाचित हुनुभएको छ। यसमा प्रधानमन्त्रीको सोच केही फरक रहेछ। उहाँको भनाइ छ– म दोषी जस्तो भएको छु। चुनावमा मैले जबर्जस्ती गरायो भन्ने राजनीतिक तहमा परेको छ। जो भयो–भयो छोडिदिएको भए पनि हुन्थ्यो। आखिर जित्ने उसैले थियो। कराउन आउने मकहाँ नै हो।

राजनीतिक प्रदूषणबाट बाहिरै छ। स्थानीय चुनावमा छाया क्षेत्रबाट कांग्रेस समर्थककै विजय भयो। बाधा–अवरोध पुर्‍याउन कोही गएन। उता दार्माकोटको चुनावमा चन्दजीको विशेष प्रभाव छ। प्रधानपञ्च निर्वाचित हुनु स्वाभाविकै रहेछ। चाँडै त्यहाँ निर्विरोध भएर अरूतिर प्रभाव पार्न जान समय निकाल्ने मनसायले होला, ठेलठाल गरिएछ।

लाग्छ – कस्तो विवशता होला। कति मात्रै निर्विवाद बन्नुपर्ने होला। सीमा कहाँ हो? उता जोडिएको जिल्ला जाजरकोटका सभापतिको विशेष महत्त्वाकांक्षा देखेको छु, भोगेको छु। तर, यहाँ अर्कै स्थिति छ। जि.पं. सभापति यदाकदा काम पर्दा मात्र भेटिनुहुन्छ। उप–सभापति नेत्र श्रेष्ठ छायामै बस्न रुचाउने। छोटो भेटको प्रधानमन्त्रीको सल्लाहलाई आज फर्केर हेर्दा, कुन शब्दमा कसरी प्रकट गरौँ। आफैँ हराएजस्तो हुन्छु। लाग्छ– त्यो परामर्शमा संयम छ, समझदारी छ, संरक्षकत्वको अनुभूति छ। अब सोच्दछु, कतै भ्रम पो थियो कि ! सँगसँगै तर्क आउँछन्। यथार्थमा मापदण्ड के हो? कुन कति ठीक, कति बेठीक ठम्याउनै गाह्रो। परिवर्तित समयक्रममा मूल्याङ्कनका आधार पनि बदलिएका छन्। यसलाई समीक्षककै जिम्मा छोडौँ।

असजिलो अर्काे काम अगाडि छ। गर्नैपर्ने छ। कार्यकर्ता, व्यवसायीहरूले लगेको निर्माण सामग्री फिर्ता ल्याउन सजिलो छैन। आ–आफ्नो शक्ति, सामर्थ्य र सम्बन्ध देखाउनेको कमी छैन। तर, प्रधानमन्त्रीबाट बल मिलेको छ। पछि हट्नै नहुने स्कुल–भवनको परिस्थिति छ। जसरी–तसरी जीर्ण भवनको उद्धार गर्नु छ। अन्ततः यो काम सहज हुँदै जान्छ। सामग्रीहरू आउन थाल्छन्। निर्माण कार्य शुरु हुन्छ। एक तला ढलाइ हुन्छ। प्रधानमन्त्रीको दोस्रो एक घन्टाको भेटले मलाई यसरी सहज अवतरण हुन सहज भएको थियो। त्यसपछि काठमाडौँमा सत्र महिना जतिको कार्यकाल रह्यो।

समय पूरै नाकाबन्दीको छ। व्यवस्थापनको प्रमुख जिम्मेवारी प्र.जि.अ.माथि छ। यो अवधिमा उहाँसँग न त भेट भयो, न त कुनै निर्देशन आयो, न त स्वकीय सचिव उहाँको भाइ निर्मल श्रेष्ठकै कुनै सन्देश वा सिफारिस आयो। जिल्लामा पुनः प्रजातन्त्र स्थापना पूर्वतयारीका गतिविधिहरू चल्दै छन्। ०४६ फागुन ७ गते पूरा शक्तिका साथ आन्दोलन हुने माहोल तयार हुँदैछ। यस्तैयस्तै सुन्दै बेहोर्दै आन्दोलनका पूर्वाभ्यासका पदचापको संकेत बुझ्ने कोशिश गर्दै आन्दोलन शुरु हुनु ठीक अघि पुसको अन्त्यतिर सकुशल गृहमा पुगेको थिएँ। लाग्छ – आन्दोलनको मुखमा किन सरुवा गरिएँ होला ! त्यो बेला पनि प्रधानमन्त्री उहाँ नै। काठमाडौँबारे अर्काे प्रसङ्गमा।

असजिलो अर्काे काम अगाडि छ। गर्नैपर्ने छ। कार्यकर्ता, व्यवसायीहरूले लगेको निर्माण सामग्री फिर्ता ल्याउन सजिलो छैन। आ–आफ्नो शक्ति, सामर्थ्य र सम्बन्ध देखाउनेको कमी छैन। तर, प्रधानमन्त्रीबाट बल मिलेको छ। पछि हट्नै नहुने स्कुल–भवनको परिस्थिति छ। जसरी–तसरी जीर्ण भवनको उद्धार गर्नु छ। अन्ततः यो काम सहज हुँदै जान्छ। सामग्रीहरू आउन थाल्छन्। निर्माण कार्य शुरु हुन्छ। एक तला ढलाइ हुन्छ।

फर्केर हेर्दा, मैले भोगेका यी झिना–मसिना कुराहरू कति यथार्थ, कति आदर्श र कति व्यावहारिक होलान्? यसैसँग झट्ट नाकाबन्दीको बेलाको काठमाडौँको सम्झना हुन्छ। नाकाबन्दीको संकट, मानाँै राजधानीमा जताततै अभावको साम्राज्य छ। त्यो बेला पनि सहयोग खोज्नेहरू बालुवाटार पुगेनन् कि कसो। आश्चर्य, बालुवाटार भित्रको सेरोफेरोबाट सहयोगका लागि कसैले सम्पर्क गरेन। सबैलाई आ–आफ्नो सीमाभित्रै बस्नुपर्ने कठोर लक्ष्मण रेखा थियो कि। अर्काे पाटो फर्कन खोज्छु, मेरो छोटो अवधिको भोगाइको के नै मूल्य छ र ! म आफ्नै कर्ममा डुबेको छु। दायाँबायाँ हेर्ने फुर्सदै कहाँ थियो र?

त्यहाँ त धेरै विशाल अन्तर–कुन्तर रहेछन्। कति धेरै अस्वीकृति? खलनायकका रूपमा प्रस्तुत नगरीकन प्रसङ्ग नै अगाडि नबढ्ने परिवेश। यथार्थ चरित्र नबुझीकनै समय बितेछ। धरातल नै कहाँ थियो र त्यत्रो उचाइको व्यक्तिबारे कुनै धारणा बनाउन सकुँ। हैसियत नै कति?

अब त हामी सबै क्रान्तिकारी, परिवर्तनकारी, अग्रगामी भइसकेका छौँ। अराष्ट्रियतत्त्व, प्रतिगामी शब्दहरू हराउँदै गएछन्। भनिन्छ, प्रतिक्रियावादीहरूको भरमार छ। अब त, छौँडाहरू पनि आइसकेछन्। दुईवटा अक्षरको छोटो र मीठो सुगठित शब्द ‘छौँडा’। भोलि समृद्धि रोक्ने तिनै होलान्। भर्खरैसम्म प्रतिगामी नामको घुँयत्रो– कति अचूक थियो। मानौँ, ब्रह्मास्त्र नै। लामो अन्तरालदेखि यस्तै विसंगति, संगतिको दोधारमा यो छोटो जिन्दगी आश–आशमै बित्न लागेछ। अन्त्यमा महाकवि देवकोटाको वाणी सम्झन्छु,

‘आखिर श्रीकृष्ण रहेछ एक

न ज्ञान भो भक्ति, न भो विवेक’

यो पलायनवादी पनि होला ! हुनसक्छ यथार्थवादी नै होस्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९