काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ब्यापार बढाउन भारतको सहयोग अति आवश्यक रहेको बताएका छन्। उनले नेपालको व्यापारमा लगानी बढाउन, दुई देशबीचको सम्बन्ध सुदृढ पार्न र व्यापार सहज बनाउन भारतको सहयोग अत्यावश्यक रहेको धारणा व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार राजधानीमा शुरू भएको नेपाल–भारत पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै त्यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले सडक, रेल र पेट्रोल लाइनजस्ता विकासका पूर्वाधारहरूको विकास गरेर दुई देशबीचको व्यापार तथा सम्बन्धलाई सहज र सुदृढ बनाउन सरकार लागिपरेको बताए। भारतबाट नेपालमा सहज ढंगले सामान ढुवानी गर्न पारवहन सहजीकरण गर्न भारतीय पक्षबाट सहयोगको अपेक्षा रहेको र भारतसँगको नेपालको व्यापारघाटा उच्च रहेकाले व्यापारमा पनि सन्तुलन हुनुपर्नेमा पनि उनको जोड थियो।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले सम्बृद्ध नेपाल सुखी नेपाली नारा रहेको नेपालको विकास र समृद्धिका लागि भारत सहयोग गर्न सधैं सकारात्मक रहेको बताए। उनले नेपाल भारतको वाणिज्य सम्बन्ध सकरात्मक रहेको बताउँदै पेट्रोलियम पाइपलाइन र रेलवेबाट नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पारवहनसम्बन्धी समस्या समाधानका लागि सम्मेलनको आयोजना गरिएको बताइन्। कार्यक्रममा उद्योग तथा वाणिज्य क्षेत्रका विज्ञहरुको सहभागिता र छलफल रहने बताइएको छ। सम्मेलन सोमबारसम्म सञ्चालन हुनेछ।

लोकप्रिय

मानव  तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने

मानव तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन…

२०७६, २६ मंसिर बिहीबार २०:१३

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

२०७६, २७ मंसिर शुक्रबार १८:५२

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

२०७६, २६ मंसिर बिहीबार २०:४७

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

२०७६, २६ मंसिर बिहीबार १७:१६

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

२०७६, २६ मंसिर बिहीबार १७:०२

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

२०७६, २६ मंसिर बिहीबार १७:१५

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

२०७६, २७ मंसिर शुक्रबार १८:५०

प्रहरी सक्रियतामा रोकियो बालविवाह

प्रहरी सक्रियतामा रोकियो बालविवाह

२०७६, २६ मंसिर बिहीबार ०९:५६

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

२०७६, २६ मंसिर बिहीबार २१:०५

चुरोट पिउने महिलामा हुने १० खतराहरू

चुरोट पिउने महिलामा हुने १० खतराहरू

२०७६, २६ मंसिर बिहीबार १८:५९

विश्वकै धनी व्यक्ति जेफ बेजोसकाे संङ्घर्ष र सफलताकाे कारण

विश्वकै धनी व्यक्ति जेफ बेजोसकाे संङ्घर्ष र सफलताकाे कारण

२०७६, २६ मंसिर बिहीबार १५:४०

न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु

न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु

२०७६, २६ मंसिर बिहीबार ०८:१५

खेल दाैरान ज्यान गुमाएका क्रिकेटरहरु

खेल दाैरान ज्यान गुमाएका क्रिकेटरहरु

२०७६, २६ मंसिर बिहीबार १४:०१

पीएसजीको फराकिलो जित सँगै च्याम्पियन्स लिगको अन्तिम १६ टोली

पीएसजीको फराकिलो जित सँगै च्याम्पियन्स लिगको अन्तिम १६ टोली

२०७६, २६ मंसिर बिहीबार ११:१७

राष्ट्रिय शिक्षा नीति, २०७६ सार्वजनिक

राष्ट्रिय शिक्षा नीति, २०७६ सार्वजनिक

२०७६, २६ मंसिर बिहीबार १०:४४