काठमाडौँ – यती एयरलाइन्सले थाइल्यान्डबाट शनिबार उडाएर ल्याएको एउटा एटीआर जहाजको वास्तविक खरिद मूल्य पेस नगरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भन्सार पास रोक्का गरिदिएको छ ।

यतीले सन् २००७ मा निर्मित जहाजको वास्तविक मूल्य पेस नगरेकाले भन्सार कार्यालयमा रोकिएको भन्सार प्रमुख गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । यतीले यो जहाजका दुई मूल्य पेस गरेको छ । उसले भन्सारमा जहाजको खरिद मूल्य ३६ करोड ५८ लाख रुपैयाँ भएको दाबी गरेको छ । तर जहाजको बिमा गरिएको पत्रमा ६० करोड ६१ लाख रुपैयाँ बराबर मूल्य कायम गरेको छ ।

खरिद गरिएको बिलमा न्यूनतम मूल्यांकन गरिएको देखिन्छ । तर यही मोडलको एकै वर्ष उत्पादित जहाज बुद्ध एयरले ल्याउँदा ८२ करोड रुपैयाँ परल मूल्य देखाएको थियो, हाम्रो राजस्व नियमले यस्तो मान्दैन,’ भन्सार प्रमुख ठाकुरले भने । बुद्ध एयरले चैतमा फ्रान्सको टुलुजबाट भित्र्याएको एटीआरमा ८२ करोड परल मूल्यमा १ प्रतिशत भन्सार दरका आधारमा ८२ लाख रुपैयाँ हाराहारी राजस्व बुझाएको थियो । सन् २००७ मा निर्मित उक्त एटीआर विमान बुद्धअघि फ्रान्सेली प्रवासी क्षेत्र ताहितीस्थित एयर ताहितीले उडाउँदै आएको थियो ।

यतीले शनिबार बैंककबाट ५ घण्टा उडाएर काठमाडौंमा सिधा अवतरण गराएको विमान १२ वर्ष पुरानो हो । यती स्रोतका अनुसार यसअघि यो विमान थाइल्यान्डको नोक एयरले उडाउँदै आएको थियो । तर उक्त कम्पनी आर्थिक संकटमा परेपछि यो जहाजको बेलायती लगानीकर्ता कम्पनी इन्भेस्टटेकबाट यतीले ३२ लाख ५० हजार डलर ९३५ करोड ८१ लाख रुपैयाँ हाराहारीमा खरिद गरेको हो ।

यो विमान खरिद गर्ने पाँचौं कम्पनी हो यती। भारतको एयर डेकोनले यो विमान १२ वर्षअघि ब्रान्ड न्यु खरिद गरेर नौ महिना उडाएर भारतकै किङफिसर एयरलाइन्सलाई बेचेको थियो। किङफिसर आर्थिक संकटमा परेपछि त्यहाँ चार वर्ष उडेको यो विमान दक्षिण अफ्रिकाको इन्भेस्टटेकको स्वामित्वमा गएको थियो । उक्त कम्पनीले तीन महिनापछि यो विमान सन् २०१२ डिसेम्बरमा थाइल्यान्डको नोक एयरलाई भाडामा दिएको थियो । यो समाचार कान्तिपुर दैनिकले छापेको छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७