वीरगन्ज – वीरगन्जमा एउटै स्थलबाट तीनवटा कार्यालयको राजस्व संकलन हुने गरेको छ । त्यो कार्यालय हो, अञ्चल यातायात व्यवस्था कार्यालय वीरगन्ज (सवारी) । जसमा सो कार्यालयसँगै यातायात व्यवस्था कार्यालय नारायणी सवारीचालक अनुमति पत्र (लाइसेन्स) वीरगन्ज र आन्तरिक राजस्व कार्यालय पर्साको राजस्व पनि संकलन हुने गरेको छ । तीनवटै कार्यालयहरूको गतवर्षको राजस्व संकलन करिब साढे ४ अर्ब भएको छ ।

कार्यालयका कम्प्युटर अपरेटर प्रकाश झाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा आन्तरिक राजस्व कार्यालय वीरगन्जले ३ अर्ब २० करोड १३ लाख ४१ हजार ८ सय १५, अञ्चल यातायात व्यवस्था कार्यालय (सवारी) वीरगन्जले १ अर्ब १३ करोड १४ लाख ६८ हजार ३ सय ३० र यातायात व्यवस्था कार्यालय (लाइसेन्स) ले १२ करोड २८ लाख २१ हजार गरी कुल ४ अर्ब ४५ करोड ५६ लाख ३१ हजार १ सय ४६ रुपैयाँ राजस्व संकलन भएको हो ।

यातायातको लाइसेन्स कार्यालयले लाइसेन्स दर्ता, नवीकरणलगायत शीर्षकमा सेवाग्राहीबाट शुल्क तथा राजस्व उठाउँछ भने यातायता व्यवस्था कार्यालय (सवारी) शाखाले सवारीसाधनको दर्ता, नामसारी, सवारी धनी पूर्जा (ब्लुबुक) को प्रतिलिपि, जाँचपास शुल्क तथा रोड परमिटलगायत शीर्षकमा राजस्व उठाउने गरेको छ । त्यसैगरी, आन्तरिक राजस्व कार्यालय वीरगन्जले सडक सम्भार दस्तुर शीर्षकमा शुल्क लिने गरेको छ । यी तीनवटै कार्यालयहरूको राजस्व दाखिला ग्लोबल आईएमई बैंकको एक्सटेन्शन काउन्टरमार्फत हुने गर्छ ।

सवारी दर्ता तथा अन्य सेवाका हकमा प्रदेश २ का वासी वा प्रदेश २ को गाडी भएपछि उक्त कार्यालयले दर्ता, नामसारी, रोड परमिटलगायतको काम हुने गर्छ । हाल यातायात व्यवस्था कार्यालय (सवारी) वीरगन्जबाट नारायणी, जनकपुर, सगरमाथा अञ्चलको नम्बर प्लेट लिएको सवारीसाधनको मात्र सेवा उपलब्ध छ ।

तीनवटा कार्यालयमार्फत संघीय सरकारलाई आन्तरिक राजस्व कार्यालयमार्फत जाने पैसा संघीय सरकारको ढुकुटीमा जाने गर्छ । संघीयता आएपछि विगत दुई वर्षदेखि वीरगंज यातायात कार्यालयबाट मात्र संघीय सरकारले करिब ३ अर्बको हाराहारीमा राजस्व पाउने गरेको छ भने गत वर्ष प्रदेश २ सरकारलाई १ अर्ब १३ करोड राजस्व गएको सो कार्यालयले जनाएको छ । दुई वर्षदेखि सडक सम्भार दस्तुरको शुल्कमा अढाई सयदेखि ३ सय प्रतिशतसम्म नेपाल सरकारले दस्तुरको दर वृद्धि गर्दा संघीय सरकारमा जाने पैसा बढी देखिएको कार्यालय प्रमुख विपिन लाल कर्णले जानकारी दिए ।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७