धनगढी – धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७५/७६ मा ६८ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गरेको छ। असारे विकासको चटारो लागे पनि उपमहानगरको ३२ प्रतिशत विकास बजेट फ्रिज गएको हो। असार महिनामा मात्रै ४५ प्रतिशत पूँजीगत खर्च गरेको उपमहानगरपालिकाले असार मसान्तसम्म पनि सन्तोषजनक खर्च गर्न नसकेको हो।

उपमहानगरपालिकाले असारको पहिलो सातासम्म २३ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गरेको थियो। आव सकिन २५ दिन बाँकी रहँदासम्म ७७ प्रतिशत खर्च बाँकी रहेको उपमहानगरले २५ दिनमा मात्रै करिब ४५ प्रतिशत विकास बजेट खर्च गरेको हो। असार मसान्तसम्म पुग्दा उपमहानगरपालिकाले ६८ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ। गत आर्थिक वर्षमा उपमहानगरको ९७ करोड ७५ लाख ७१ हजार पूँजीगत बजेटमध्ये ६६ करोड १५ लाख ५६ हजार मात्रै खर्च हुन सकेको हो।

नगरपालिकाको आफ्नै कोषबाट विनियोजित ८९ करोड १० लाख ५८ हजारमध्ये ६१ करोड १८ लाख १४ हजार मात्रै खर्च हुन सकेको छ। त्यस्तै, सडक बोर्डतर्फको १ करोड ४२ लाख ८५ हजारमध्ये १ करोड ३८ लाख ७ हजार, पर्यटनतर्फ १५ लाखमध्ये ५ लाख, संघीय सरकारको सशर्त अनुदानतर्फ ३ करोड ३९ लाख ७६ हजारमध्ये ३ करोड २८ लाख ११ हजार खर्च भएको छ। त्यस्तै स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट आएको ३ करोड ६७ लाख ६० हजारमध्ये ३ करोड २८ लाख ११ हजार खर्च भएको उपमहानगरका वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले बताए।

असार पहिलो सातासम्म ५२ प्रतिशत चालू बजेट खर्च गरेको उपमहानगरले असारको अन्तिममा आएर ७६ प्रतिशत पुर्‍याएको छ। चालू तथा पूँजीगततर्फको जम्मा बजेट खर्च उपमहानगरले ८३ प्रतिशत पुर्‍याएको छ। चालूतर्फ १ अर्ब १ करोड बजेट विनियोजन गरेको उपमहानगरले ८४ करोड ४२ लाख २६ हजार खर्च गरेको हो।

जम्मा ८३ प्रतिशत तथा ६८ प्रतिशत विकास बजेट खर्च गरेको उपमहानगरले सन्तोषजनक खर्च भएको दाबी गरेको छ। गतवर्ष ७३ प्रतिशत पूँजीगत खर्च गरेको उपमहानगरले यस वर्ष ६८ प्रतिशत मात्रै पूँजीगत खर्च हुँदा पनि सन्तोषजनक भएको दाबी गरेको छ। यस वर्ष बजेट बढी र सशर्त अनुदानतर्फको रकम आउन ढिलाइ भएका कारण पूँजीगत रकम खर्च कम भएको उपमहानगरका वरिष्ठ लेखा अधिकृत ओझाले बताए।

धनगढी उपमहानगरले चालू आर्थिक वर्षका लागि १ अर्ब ४८ करोड ४ लाख ४८ हजारको बजेट ल्याएको छ। जसमध्ये चालूतर्फ ७६ करोड ३६ लाख ४२ हजार १ सय ६६ रुपयाँ ३८ पैसा र पूँजीगततर्फ ८१ करोड, ६ लाख ५ हजार ८ सय ३३ रुपैयाँ ६२ पैसा रहेको छ।

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७