वीरगन्ज – पर्साको एउटा नेपाली मदरसामा नेपालीभन्दा बढी भारतीय विद्यार्थीहरू पढ्ने गरेका छन्। विगत १० वर्षदेखि छिपहरमाई गाउँपालिका– ५ भिस्वामा सञ्चालनमा रहेको इस्लामिया नेदाय मिल्लत मदरसामा यस्तो हुने गरेको पाइएको छ। नेपाल–भारतको संगमको रूपमा पनि उक्त मदरसालाई लिइएको छ। नेपाल भारतको दशगजा क्षेत्रमा पर्ने नेपाली मदरसामा नेपाल सरकारले एक जना राहत शिक्षक पनि नियुक्त गरेको छ भने बाँकी नौ जना शिक्षकहरू निजी स्रोतबाट नियुक्त गरी पठनपाठन भइरहेको मदरसाका प्रधानाध्यापक अब्दुल हकिमले बताए।

उनका अनुसार दशगजा क्षेत्रमा व्यवस्थित रूपमा मदरसा सञ्चालनमा हुने गरेकाले नेपाली र भारतीय विद्यार्थीहरूको आकर्षणको केन्द्रको रूपमा पनि उक्त मदरसा बन्दै गएको बताउँछन्। मदरसामा नेपालीभन्दा भरतीय विद्यार्थीहरूको संख्यामा बढी रहेको मदरसा व्यवस्थापन पक्षले जनाएको छ। मदरसाका राहत शिक्षक मुस्ताक अन्सारीका अनुसार २५ प्रतिशत नेपाली र ७५ प्रतिशत भारतीयहरू अध्ययनरत रहेको उनले बताए। मदरसामा ५० जना छात्रा तथा ३ सय ५० जना छात्रहरू गरी ४ सय जना विद्यार्थी अध्ययनरत छन्।

छात्राहरु दिनभर अध्ययन गरी आफ्नो घर फर्कन्छन् भने छात्रहरू अवासीय रूपमा सोही मदरसामा बसेर पठनपाठ गर्छन्। गरिब जेहनदार विद्यार्थीलाई मुस्लिम समुदायबाट उठेको चन्दाबाट पठनपाठन गराइन्छ भने सक्ने परिवारले आफ्नो बच्चा राख्यो भने मासिक रू. ८ सय नेपाली मदरसाले शुल्क लिने गरेको पनि छ। मुस्लिम समुदायको धार्मिक शिक्षा कुरानसँगै हिन्दी, उर्दु, अंग्रेजी र नेपाली विषय पठनपाठन हुने गरेको मदरसाका प्रिन्सिपल अब्दुल हकिमले बताए।

हाल पर्साको वीरगन्ज, छपकैया, मुर्ली, भिस्वा, सेमरवारी बार्वा, कौवावन कटैया, पोखरिया, धोयिबा टोला र भारत विहार, पूर्वी चम्पारणको कठिया, मठिया, भेलाही, सिकटा, भेडिअर्वा, वसन्तपुरलगायत गाउँबाट विद्यार्थीहरू पढ्न आउने गरेको बताइएको छ।

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७