ब्राजिल – चर्चित फुटबल खेलाडी नेमारमाथि लागेको बलात्कार अभियोगको अनुसन्धान गरिरहेका प्रहरीहरूले उक्त मुद्दा बन्द भएको बताएका छन्। साओ पाउलोको महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभावमा उक्त मुद्दा निलम्बन गरिएको तर अन्तिम निर्णयको लागि त्यो अभियोजनकर्ता कहाँ पठाइने जनाएको छ।

ब्राजिलकी एक मोडल नाजिला त्रिन्दाजीले नेमारले गत मे महिनामा फ्रान्सको प्यारिसस्थित एउटा होटलमा आफूमाथि हातपात गरेको बताएपछि उक्त अनुसन्धान सुरु गरिएको थियो। नेमारले ती महिलाले लगाएका आरोपहरूको खण्डन गर्दै आफूबाट पैसा असुल्न खोजिएको दाबी गरेका थिए।

घटना के हो?

नेमारका एक प्रवक्ताले समाचारसंस्था एएफपीसँग कुरा गर्दै मुद्दा फिर्ता गर्ने निर्णयबारे प्रतिक्रिया जनाउन नसक्ने बताए। ब्राजिललाई तताएको उक्त मुद्दाले त्यहाँका पत्रपत्रिकामा मुख्य स्थान पाएका थियो।

सबैभन्दा पहिले यो प्रकरण जुन महिनामा प्रकाशमा आएको थियो। नेमारले आफूमाथि बलात्कारको आरोप लागेकोबारे इन्स्टाग्राममा एउटा सात मिनेट लामो भिडियो सार्वजनिक गरेपछि सो विषयले चर्चा पाएको थियो।

यो पनि पढ्नुस्:

नेमारसँग सम्भोग गर्ने इच्छा थियो तर …बलात्कार गरे

नेमारले ती महिलाले आफूलाई पठाएका ह्वाट्सएप सन्देशहरू र तस्बिरहरू पनि प्रकाशित गरेका थिए। उक्त भिडिओमा उनले ‘खासमा केही पनि नभएको प्रमाणित गर्न’ ती विवरणहरू सार्वजनिक गर्नुपरेको बताएका थिए।

अब के हुन्छ?

त्रिन्दाजी भने त्यसपछि एक टेलिभिजन अन्तर्वार्तामार्फत् सार्वजनिक रूपमा बोलिन्। आफूहरू दुईबीच भएको चर्चाचर्की देखिएको दाबी गरिएको फुटेज र भिडियो क्लिप सार्वजनिक गरिन्।

प्रहरीले पछि त्रिन्दाजीविरुद्ध मानहानिको अभियोग लगायो। त्यसबाट उनले लगाएका आरोप दुराशयबाट प्रेरित भएको सङ्केत गरेको एएफपीको भनाइ छ। थुप्रै वकिलहरूले ती मोडेलको तर्फबाट काम गर्न छाडेका थिए।

न्यायाधीशले अन्तिम निर्णय दिनुअघि उक्त मुद्दाको समीक्षा गर्न अभियोजनकर्ताहरूसँग १५ दिनको समय छ। (बीबीसी)

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२