काठमाडौं – नेपाल वायुसेवा निगमले विदेशी साझेदार भित्र्याउने प्रक्रिया अगाडि बढाउन आफ्नो समग्र सम्पत्तिको लेखा परीक्षण (ड्यू डिलिजेन्स अडिट– डीडीए) को प्रक्रिया अगाडि बढाएको छ। उक्त कार्यका लागि निगमले मंगलबार एक सूचना जारी गर्दै आगामी १२ भदौसम्मको समयावधि राखेर प्रस्ताव आह्वान गरेको हो।

विशेष गरी विदेशी साझेदार भित्र्याउँदा, निजीकरणमा जाँदा, मर्ज गर्दा तथा व्यवस्थापनमा अर्को कम्पनी सहभागी गराउने क्रममा यस्तो मूल्यांकन गरिन्छ। डीडीए प्रतिवेदनले कम्पनीको समग्र सम्पत्तिको यथार्थ विवरण र दायित्व स्पष्ट पारेको हुन्छ।

व्यवस्थापन करारमा विदेशी साझेदार ल्याउन खोज्दा निगमलाई दोस्रो पक्षले पत्याएन भने तेस्रो स्वतन्त्र पक्षबाट डीडीए गराइन्छ। निगमका अनुसार कम्पनीको असार मसान्तसम्मको सम्पत्तिको विस्तृत विवरण खोजी गर्ने योजना छ। यस अवधिसम्म कम्पनीले तिर्नुपर्ने दायित्व र यस कम्पनीको जोखिमका क्षेत्र पहिचान र सुधारका उपायसमेत डीडीए प्रतिवेदनले पहिल्याउनेछ।

डीडीए गर्न अनुमति प्राप्त गर्ने कम्पनीलाई प्रतिवेदन बुझाउन तीन महिना समय दिने तयारी रहेको निगम स्रोतले बतायो। निगमको डीडीए गर्न यसअघि कम्तिमा तीन पब्लिक कम्पनी लिमिटेडको डीडीए गरिसकेको हुनुपर्ने शर्त राखिएको छ। यस काममा खटिने नेतृत्वको कम्पनीमा १० वर्षको अनुभव तथा २ वटा पब्लिक कम्पनीको डीडीएमा टीम लिडरको रूपमा खटिएको अनुभव हुनुपर्ने उल्लेख गरिएको छ।

निगमको सम्पत्ति

हाल निगमका देखिएका मुख्य सम्पत्तिमा जहाज नै हुन्। हाल निगमसँग अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका गरी १८ वटा जहाज रहेका छन्। अन्तर्राष्ट्रिय उडानतर्फ दुई वाइड बडी, दुईवटा न्यारो बडी, एउटा बोइङ गरी पाँचवटा जहाज रहेका छन् भने आन्तरिकतर्फ तीनवटा ट्वीनअटर, दुईवटा एमए ६० र चारवटा ‘वाई १२’ गरी कुल १३ वटा जहाज रहेका छन्।

निगमले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ सेवा पनि उपलब्ध गराइरहेको छ, त्यो पनि निगमको आम्दानीको अर्को स्रोत हो।

निगमसँग अचल सम्पत्तिको रूपमा काठमाडौंको कान्तिपथ, पोखरा, नेपालगन्ज, विराटनगरसहित देशका विभिन्न स्थानमा जग्गा र भवन पनि छ।

कति छ निगमको जम्मा ऋण ?

निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार निगमको दीर्घकालीन ऋण ३७ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ छ। यसको वार्षिक ब्याज मात्रै ३ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ हुन जान्छ।

निगमले सबैभन्दा धेरै परिमाणको ऋण कर्मचारी संचायकोष र नागरिक लगानी कोषबाट लिएको देखिन्छ। स–साना ऋणको ब्याज तिरे पनि ठूलो कर्जा भने निगमले सल्टाउन सकेको छैन। यो ऋण चारवटा एयरबस जहाज किन्दा लिएको हो।

निगमले एक वर्ष अगाडि दुईवटा वाइड बडी जहाज किनेको हो, किने पनि अहिले त्यसको किस्तासमेत तिर्न सकेको अवस्था छैन। साथै न्यारोबडी जहाज किनेको ऋण पनि निगमले अझैसम्म चुक्ता गरिसकेको छैन। जहाज किनेको ऋण नै अहिले ३ अर्बभन्दा बढी भइसकेको छ। ऋण तिर्न सरकारसँग शेयर लगानी मागिरहेको निगमले व्यवस्थापन सुधारको प्रयासस्वरुप व्यवस्थापन करारमा जाने प्रक्रिया शुरू गरेको हो।

निगमको बजार

हाल निगमका जहाज भारतको दिल्ली, मुम्बई र बैंङ्लोर, थाइल्याण्डको बैंकक, हङकङ, मलेशियाको क्वालालाम्पुर, कतारको दोहा तथा यूनाइटेड अरब इमिरेट्सको दुबईसम्म पुग्छन्। आगामी १२ भदौबाट निगमले जापानको ओशाकामा उडान विस्तारको योजना बनाएको छ। साथै, निगमले आन्तरिकतर्फ पनि नेपालका विभिन्न स्थानमा उडान थप गर्दै गइरहेको छ।

लोकप्रिय

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०