काठमाडौँ – नेपालले विश्वकप २०२२ छनोटमा घरेलु मैदानमै भदौ १९ मा कुवेत र २४ गते चाइनिज ताइपेईविरुद्ध प्रतिस्पर्धा गर्दै छनोट यात्रा थाल्ने अवसर पाएको छ । स्वीडिस प्रशिक्षक योहान कालिनले सम्हालेको नेपाली टिमले छनोटका लागि प्रशिक्षण थालेको तीन साता भइसकेको छ ।

तर दशरथ रंगशाला तयार नहुँदा तोकिएकै मितिमा नेपाली टिमले घरेलु मैदानमा खेल्न पाउने सम्भावना छैन भने हुन्छ । विश्वकप छनोटका खेल सञ्चालन गर्न मापदण्ड पुग्ने अरु रंगशाला पनि नेपालमा छैनन् । त्यसैले छनोटमा नेपाली टिमको घरेलु मैदानमा उत्रने सम्भावना तत्कालका लागि अनिश्चित बनेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले डेढ दशकयता अन्तर्राष्ट्रिय प्रतियोगिताका केही खेलहरू सशस्त्र प्रहरीको हल्चोक मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन गरेको थियो । ‘फिफाको मापदण्डमा रहेर छनोटको खेल हल्चोक मैदान र एन्फा कम्प्लेक्समा आयोजना गर्न सकिँदैन । दशरथ रंगशाला पनि तयार भइसकेको छैन,’ एन्फाका प्रवक्ताकिरण राईले भने, ‘त्यसैले सुरुमा हामीले घरेलु मैदानमा खेल्ने खेलहरू प्रतिद्वन्द्वीको मैदानमा खेल्ने प्रस्ताव गरेका छौं । हाम्रो प्रस्ताव प्रतिद्वन्द्वीहरूले माने विपक्षी भूमिमा तोकिएको मितिको खेलहामी यहाँ गर्नेछौं । तर हाम्रो प्रस्ताव अस्वीकार भयो भने हामीलाई तटस्थ भूमिमा खेल्नुको विकल्प हुने छैन ।’

दशरथ रंगशालामा खेल सञ्चालनकालागि एन्फा पदाधिकारी बुझ्न आएको उल्लेख गर्दै राष्ट्रिय खेलकुद परिषद राखेपका निर्माण तथा मर्मत विभागका प्रमुख अरुण उपाध्यायले भने, ‘त्यो मिति भदौ १९ मा रंगशाला तयारहुँदैन भनिसकें । फिफाले चाहेजस्तो चेन्जिङ रुम, प्रेस मिट हल, डोपिङका लागि छुट्टै कोठा एउटै क्षेत्रमा छैन ।

त्यसमा केही परिवर्तन गर्दैछौं । तर कुर्सी राख्ने, भीआईपी प्यारापिटमा छाना हाल्ने र बाहिरी क्षेत्रमा सडक निर्माण राखेप गेटदेखि आर्मी अफिसर्स क्लबसम्म बाँकी नै छ । यी सबै काम १५ कार्तिकसम्म सक्नेछौं ।’ उनले थपे, ‘ठेकेदारसँगको सम्झौताअनुसार असार मसान्तसम्म सबै काम सक्नुपर्थ्यो तर प्रशासनिक र प्रशिक्षणका काम यही रंगशाला क्षेत्रमा चलिरहे, कोठा खाली भएन । त्यसैले ढिला भयो ।’

घरेलु भूमिका दुई खेल सारेमा नेपाली टिमको पहिलो प्रतिस्पर्धा असोज २३ मा अस्ट्रेलिया भ्रमणबाट सुरु हुनेछ । त्यसको ५ दिनपछि नै स्वदेश फर्केर नेपालले जोर्डनको सामना गर्नुपर्नेछ र उपाध्यायका अनुसार यो मितिसम्म पनि दशरथ रंगशाला तयार हुने छैन । रेट्रोफिटिङ गर्ने, कोठा रंगाउने, भूकम्पबाट भत्किएका संरचना बनाउने, आवश्यक कोठा थप्ने, साधारण प्यारापिटतर्फ छाना लगाउने काम सकिएको उनले बताए ।

२०२० को दशकमा चरणबद्ध रूपमा निर्माण गरिएको दशरथ रंगशाला अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गरिरहेको एकमात्र स्थल हो । यो रंगशालालाई २०७२ वैशाख १२ को महाभूकम्पले जीर्ण बनाइदियो । त्यसपछि थालिएको सवलीकरण र मर्मतसम्भार कार्य हालसम्म सकिएको छैन । मंसिर १५ देखि २५ मा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको मुख्य आयोजनास्थल पनि दशरथ रंगशाला नै हो । पहिलो सन् १९८४ र आठौं १९९९ को मुख्य आयोजना स्थल यही हो । १३ औं दक्षिण एसियाली खेलकुदलाई हुने गरी पुनर्निर्माण भइरहेको दशरथ रंगशालाको भित्री भाग । तस्बिर स् प्रकाशचन्द्र तिमिल्सेनारकान्तिपुर

बलियो इतिहास

एसियन कप २०२३ छनोटको रुपमा पनि रहेको यस विश्वकप छनोटमा सिधै दोस्रो चरणमा प्रवेश पाएको नेपालले चार वर्षअघिको महादेशीय च्याम्पियन अस्ट्रेलियासहित आफूभन्दा बलिया चार टिमविरुद्ध प्रतिस्पर्धा गर्दै छ । सुरुका दुवै खेल घरेलु भूमिमा खेल्न पाउनु नेपालका लागि राम्रो अवसर हो । किनभने नेपालले ठूला टिमविरुद्ध पनि घरेलु मैदानमा सनसनीपूर्ण नतिजा हात पारेको इतिहास छ ।

नेपालले पहिलोपल्ट विश्वकप छनोट सन् १९८६ मा खेलेको थियो । त्यस बेला दक्षिण कोरियाविरुद्ध नेपालले २–० को हार बेहोरेको थियो भने मलेसियाविरुद्ध गोलरहित खेलेको थियो । त्यसपछि नेपालले क्वालालम्पुरमा कोरियाविरुद्ध ४–० र मलेसियाविरुद्ध ५–० को हार बेहोर्‍यो ।

विश्वकप २०१० छनोटमा जोर्डनविरुद्ध अम्मानमा ९–० ले हारेको पाँच दिनभित्र दशरथ रंगशालामा त्यही टिमलाई नेपालले १–१ मा रोकेको थियो । विश्वकप २०१८ छनोटको प्ले–अफमा पनि भारतविरुद्ध गुवाहाटीमा २–० ले हारेको नेपालले पाँच दिनभित्र दशरथ रंगशालामा गोलरहित नतिजा निकालेको थियो । नेपाल विश्वकप २०१० छनोटमा ओमानविरुद्ध मस्कट र दशरथ रंगशालामा समान २–० ले हारेको थियो ।

‘घरेलु मैदान र दर्शकको साथले खेलमा ठूलो प्रभाव पार्छ । खेलाडीलाई आत्मविश्वासी बनाउँछ,’ नौ वर्षयता नेपाली टिमबाट खेलिरहेका गोलकिपर किरण चेम्जोङले भने, ‘घरेलु मैदानमा खेल्दा जस्तोसुकै बलिया टिमविरुद्ध पनि राम्रो गर्नसक्छौं जस्तो लाग्छ । त्यसैले विश्वकप छनोटका खेलहरू घरेलु मैदानमै खेल्ने चाहना छ ।’ यो समाचार कान्तिपुरमा छ।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८