काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन्। उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई विदेश भ्रमणमा गएको हो। आइतबार १० जनाको भ्रमण टोलीसहित शाक्य चीनको ल्हासा र छेन्दु सहरको भ्रमणमा गएका हुन्। महानगरपालिकाका अनुसार उनीहरू नौदिने भ्रमणका लागि चीन गएका हुन्।

भ्रमण टोलीमा नगरप्रमुख शाक्यकी धर्मपत्नी सुचिता शाक्य, वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, नगरकार्यपालिका सदस्य रश्मि खड्का र हिरा पोखरेल, प्रशासन महाशाखाका निर्देशक गणेश थपलिया र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका शाखा अधिकृत यम बस्याल, ललितकला प्रज्ञा प्रतिष्ठानका तर्फबाट धर्म शाक्य र सुष्मा राजभण्डारी रहेका छन्।

कानुनतः जनप्रतिनिधिले विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र भ्रमणमा जानुपर्नेहुन्छ। तर, नगरप्रमुख शाक्यसहितको नगरपालिकाको जम्बो टोलीले सो कानुनी व्यवस्थाको खिल्ली उडाएका छन्। महानगरपालिकाले भने अनुमति लिएर नै भ्रमणमा गएको दाबी गरेको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोल नगरप्रमुखसहितको टोलीे ल्हासा सहरको निमन्त्रणालाई स्वीकार्दै त्यसतर्फ गएको बताए।

डंगोलले भने, ‘वर्षौंदेखि भगिनी सम्बन्ध स्थापित भएको चीनको ल्हासा र छेन्दु सहरको निमन्त्रणमा प्रमुखसहितको महानगरको टोली भ्रमणमा गएको हो। उनले प्रमुख शाक्य सरकारको अनुमति लिएर विदेश गएको दाबी गरे तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मंगलबारसम्म शाक्यको भ्रमणसम्बन्धी कुनै निर्णय भएको छैन।

महानगरमा फोहोर व्यवस्थापन तथा सिस्डोलको समस्या लगाायतका यावत् समस्यालाई थाती राख्दै प्रमुख शाक्य चीन भ्रमणमा गएपछि उनको आलोचना हुन थालेको छ। स्रोतका अनुसार चीनबाट फर्केलगत्तै उनी फिनल्यान्ड जाने तयारीमा रहेका छन्। यसका लागि समेत स्वीकृति नै नलिई भ्रमणको कार्यक्रम तय गरिएको छ।

कार्की सम्पर्कविहीन

महानगरका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्की सामान्य प्रशासन मन्त्रालय काज सरुवा भए पनि उनी सम्पर्कविहीन भएका छन्। विगत केही दिनदेखि उनी महानगरपालिका तथा सामान्य प्रशासन मन्त्रालयको सम्पर्कमा नआएकोे बताइएको छ। मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै गत ३१ असारमा कार्कीलाई महानगरबाट मन्त्रालयमा बोलाएको थियो। तर, त्यसपछि उनी सम्पर्कविहीन भएको महानगरपालिका स्रोतले जानकारी दिएको छ। यो समाचार राजधानी दैनिकले छापेको छ।

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा ७१ वर्षीय वृद्ध पक्राउ

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…

२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५