काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष बढाइने जानकारी दिँदै तत्काल महाधिवेशनको मिति तोक्न नसकिने बताएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जारी केन्द्रीय कार्यसमिति बैठकबाटै १४ औं महाधिवेशनको मितिसहित तालिका ल्याउन माग गरिरहेका बेला देउवाले डेढ वर्षअघि नै मिति तोक्न नसकिने बताएका हुन्।

देउवाको चार वर्षको कार्यकाल आगामी फागुनमा सकिँदै छ । विधानमा एक वर्ष समय थप्न सकिने व्यवस्था छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थाले ५ वर्षभित्र महाधिवेशन गर्न नसके थप ६ महिना कार्यकाल बढाउन सक्ने सुविधा दिएको छ ।

संस्थापन पक्षले पार्टीका तल्ला तहमा अन्तरिम संरचना बनेपछि मात्रै महाधिवेशनको तालिका ल्याउने तयारी गरेको छ । संविधानबमोजिम थप ६ महिना कार्यकाल बढाउने विषयमा भने आफू नरहेको सभापति देउवाले बताएका छन् ।

‘मलाई महाधिवेशन नै गर्न चाहेको छैन भनेर रामचन्द्र पौडेलजीहरूले पेलेको पेल्यै गर्नुभयो, त्यसपछि मैले साढे पाँच वर्षमा महाधिवेशन हुन्छ भनेको हुँ । एक वर्षभन्दा बढी कार्यकाल बढाउन मैले पनि चाहेको छैन,’ देउवाको भनाइ थियो, ‘हरेक विषयमा सहमति नहुने हो भने लम्बिन सक्छ ।’ त्यसअघि बोल्दै पौडेलले महाधिवेशनको तालिका ल्याउन आग्रह गरेका थिए ।

‘महाधिवेशनको तालिका पनि ल्याऔं र अरू विषयहरूमा सहमति पनि गर्दै जाऔं,’ पौडेलको भनाइ थियो । पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले समेत एक वर्ष कार्यकाल बढाउने देउवाको चाहनाको प्रतिवाद गरेनन् । एक वर्षपछि पनि थप ६ महिना बढाउन नहुने उनीहरूको जोड छ ।

१४ वटा एजेन्डामाथि निर्णय गर्न असार २२ गते सुरु केन्द्रीय कार्यसमिति बैठकमा मंगलबारसम्म दुई वटा एजेन्डाको विषयमा मात्रै छलफल सकिएको छ । पार्टीको नियमावली र अन्तरिम पार्टीका संरचना गठनसम्बन्धी एजेन्डामा छलफल सकिए पनि निर्णय भएको छैन ।

पार्टीको नियमावली संशोधनसम्बन्धी मस्यौदा पनि विवादमै छ । नियमावलीमा प्रस्तावित अनुशासन र आचारसंहिताका केही प्रावधानमा नेताहरूबीच सहमति हुन सकेको छैन । आन्तरिक संरचना गठन र महाधिवेशनबारे पनि नेताहरू विभाजित देखिएपछि सहमति जुटाउँदै जाने भनी मंगलबार छलफल टुंग्याइएको छ ।

केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार १३ औं महाधिवेशनकै संरचना कायम गरेर क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने, सहमतिका आधारमा अन्तरिम संरचना गठन गर्ने या निर्वाचनमा जाने भन्ने विकल्पमा नेताहरूबीच अनौपचारिक संवादमार्फत सहमति जुटाउने गरी छलफल टुंग्याइएको छ । महामन्त्री पूर्णबहादुर खड्काले यी तीन विकल्प प्रस्तुत गर्दै कुनमा जाने भन्नेमा नेताहरूबीच छलफल गर्दै जाने र अन्य एजेन्डामा बैठकलाई निरन्तरता दिने जानकारी गराएका थिए ।

उपसभापति विजय गच्छदारले भने तत्कालीन फोरम लोकतान्त्रिकको संरचनालाई तलसम्म समायोजन नसकिएसम्म पार्टीको अन्तरिम संरचना गठन गर्न नहुने बताए । ‘पार्टी समायोजनको काम नसकीकनै अन्तरिम संरचना गठन गर्न कसरी मिल्छ रु पहिलो समायोजनको विषयलाई टुंग्याऔं अनि मात्रै अन्तरिम संरचना बनाउने निर्णय गरौं,’ उनले भनेका थिए ।

लोकप्रिय

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ९ माघ बिहीबार १९:५८

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

२०७६, ९ माघ बिहीबार १८:५२

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

२०७६, ९ माघ बिहीबार १५:१३

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

२०७६, ९ माघ बिहीबार १७:४३

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

२०७६, ९ माघ बिहीबार ०८:४९

मन्त्रिपरिषद् बैठककाे ३२ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठककाे ३२ निर्णय सार्वजनिक

२०७६, ९ माघ बिहीबार १८:११

विश्व क्रिकेट हस्तीका केहि प्रसिद्ध भनाइहरु

विश्व क्रिकेट हस्तीका केहि प्रसिद्ध भनाइहरु

२०७६, ९ माघ बिहीबार १४:२२

शुक्रबार सार्वजनिक बिदा

शुक्रबार सार्वजनिक बिदा

२०७६, ९ माघ बिहीबार १५:५४

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

फ्रिजमा के–कस्ता खानेकुराहरु राख्न हुदैन ?

फ्रिजमा के–कस्ता खानेकुराहरु राख्न हुदैन ?

२०७६, ९ माघ बिहीबार १७:१५

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

२०७६, ९ माघ बिहीबार १९:३२