बुटवल – रुपन्देहीको बेलहिया नाकाबाट दुईपांग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) को आयातमा ४४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा मात्रै यो नाकाबाट १ लाख ४५ हजार ८ सय ७९ वटा मोटरसाइकल तथा स्कुटर आयात भएका छन् । अघिल्लो आव २०७४/०७५ मा १ लाख १ हजार १५ वटा दुईपांग्रे सवारी साधन आयात भएका थिए ।

अघिल्लो वर्षभन्दा गतवर्षको संख्या ४४ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा ८ अर्ब ४९ करोड मूल्य बराबरका मोटरसाइकल र स्कुटर आयात भएकोमा गत वर्ष १२ अर्ब २९ करोडबराबरका दुईपांग्रे सवारीसाधन यो नाका हुँदै भित्रिएका छन् ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराईका अनुसार दुईपांग्रे साना सवारीसाधनको आयात ठूलो आकारमा वृद्धि भएको छ । यी सवारीसाधन आयात वर्षेनि बढ्ने गरेको पाइएको उनले बताए । सडक विस्तारसँगै समयको मागअनुसार मोटरसाइकल, स्कुटरतर्फ नेपालीको आकर्षण बढेको पाइएको छ, जसले गर्दा पनि दुईपांग्रे सवारीको विक्री र आयात बढेको पौडेलले बताए ।

तर चारपांग्रे हलुका सवारीसाधन (भ्यान, जीप, कार) आयातमा भने कमी देखिएको छ । यो नाकाबाट आयात हुने साना सवारीसाधन ४ दशमलव ४७ प्रतिशतले घटेको पाइएको छ । नेपालका महत्वपूर्ण नाका वीरगन्ज, विराटनगरलगायतका नाकाबाट चारपांग्रे सवारीसाधनको आयात बढी हुन थालेपछि बेलहियाबाट आयात घटेको हो ।

गत आर्थिक वर्षमा यो नाकाबाट ७ हजार २ सय ८१ गोटा जिप, कार, भ्यान आयात भएका थिए भने अघिल्लो आर्थिक वर्षमा ७ हजार ७ सय १ गोटा जिप, कार, भ्यान आयात भएका थिए । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव ४७ प्रतिशतले कमी हो ।

बेलहिया नाकाबाट आयात घटे पनि यस क्षेत्रमा साना चारपांग्रे सवारीसाधनको कारोवार भने बढेको छ । अन्य नाकाबाट भित्रिएका सवारी साधनहरु कारोवार हुने गरेका छन् । हिरो, होन्डा, टीभीएस, बजाजलगायतका कम्पनीहरूका दुईपांग्रे सवारीसाधनहरु नेपाल भित्रिने गरेका छन् । कार, जिप, भ्यान, ट्रक, मिनीट्रक र बसहरुसमेत नेपाल भित्रने गरेका छन् ।

यस्तै, पिकअप भ्यान, ट्रक, मिनीट्रक आयात समेत केही घटेको छ । अघिल्लो वर्ष १२ सय ९० गोटा पिकअप भ्यान आयात भएकोमा गत वर्ष ९ सय ४२ वटा मात्रै आयात भएको सूचना अधिकृत कलिराम पौडेलले बताए । भन्सार तथ्यांकअनुसार पिकअप भ्यान आयात २२ प्रतिशतले घटेको छ भने ट्रक, मिनीट्रक आयात १३.३८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २ हजार ८ सय ६८ गोटा ट्रक, मिनीट्रक आयात भएकोमा गत वर्ष २ हजार ७ सय २९ वटा आयात भएको कार्यालयले जनाएको छ ।

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

२०७६, ३ कार्तिक आईतवार २०:१०

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

२०७६, ४ कार्तिक सोमबार १७:२८

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६, ४ कार्तिक सोमबार २०:५५

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

२०७६, ४ कार्तिक सोमबार १०:२४

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

२०७६, ४ कार्तिक सोमबार १६:५८

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

२०७६, ३ कार्तिक आईतवार १९:२०

‘अब सबै इन्डियाले गर्छ’

‘अब सबै इन्डियाले गर्छ’

२०७६, ३ कार्तिक आईतवार ११:१८

बढ्दै छ गायक शंकर कडेलको  ‘पूर्णिमा’ गीतको लोकप्रियता

बढ्दै छ गायक शंकर कडेलको ‘पूर्णिमा’ गीतको लोकप्रियता

२०७६, ४ कार्तिक सोमबार १५:५८

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

२०७६, ३ कार्तिक आईतवार १४:०३

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

२०७६, ३ कार्तिक आईतवार १२:४३

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

२०७६, ४ कार्तिक सोमबार १४:२७

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

२०७६, ४ कार्तिक सोमबार १७:३५