बुटवल – प्रदेश ५ का बिभिन्न जिल्लामा रहेका एनसेल टावरमाथि अज्ञात समूहले बुधबार राति आगजनी गरेको छ। प्रदेशका रुपन्देही, बाँके, कपिलवस्तु, गुल्मी, पूर्वी नवलपरासीमा रहेको एनसेलको टावरमा आगजनी भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डीआइजी सुरेशविक्रम शाहले जनाकारी दिए।

उनका अनुसार अर्घाखाँचीमा नेपाल टेलिकमको टावरमा आगजनी गरिएको छ भने अन्या जिल्लाहरुमा एनसेलको टावरमा आगजनी भएको छ। रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका– ११ धुपहीमा रहेको एनसेलको टावरमा सामान्य क्षति भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर इश्वर कार्कीले जनाकारी दिए। बुधबार राति साढे १२ बजेतिर आगो लागेको खबर आएको उनको भनाइ छ।

पूर्वी नवलपरासीको कावासोती– १०, मगरकोटमा रहेको एनसेलको टावरमा पनि बुधबार राति नै आगजनी भएको छ। आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। टावरमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए।

‘आगजनी सामान्य रुपमा गरेका छन्। बाहिरी रुपमा रहेका तारहरु जल्नेगरी मात्र आगो लागेको छ,’ डीआईजी शाहले भने, ‘ठूलो क्षति कुनै पनि टावरमा छैन।’ उनले कसले र किन आगो लगायो भन्नेबारे अनुसन्धान भइरहेको बताए।

कर नतिरेको भन्दै केही समयअघि विप्लव नेतृत्वको नेकपाले देशभर एनसेलमाथि आक्रमण गरेको थियो।

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७