काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ७४ बिन्दुले घटेर एक हजार २ सय ६३ दशमलव ८४ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत आज शून्य दशमलव ७१ बिन्दुले घटेर २ सय ७२ दशमलव ५३ मा झरेको छ।

कूल १ सय ६८ कम्पनीको २० लाख ६० हजार ६ सय ७८ कित्ता शेयर रू ५९ करोड ५ लाख ८८ हजार २ सय ३९ मा खरीद बिक्री भएका छन्। कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ। निर्जीवन बीमा ३ दशमलव ५५, लघुवित्त १५ दशमलव ६३ र जीवन बीमा २० दशमलव ८७ बिन्दुले उकालो लाग्दा वित्त क्षेत्रको कारोबार भने वृद्धि भएको देखिए पनि विवरण सार्वजनिक गरिएको छैन।

यस्तै बैंकिङ ३ दशमलव ६८, होटल १२ दशमलव ३९, विकास बैंक १ दशमलव ७, जलविद्युत् शून्य दशमलव ८३, उत्पादन २ दशमलव ४७, अन्य २ दशमलव ९ र सामूहिक लगानी कोष शुन्य दशमलव ३ अङ्कले घटेको छ। व्यापार उपसमूहको शेयर कारोवार वृद्धि भए भए पनि विवरण उल्लेख छैन। कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ। सो कम्पनीको रू ७ करोड ४५ लाख ५७ हजार १४ मूल्यमा शेयर खरीद बिक्री भएको छ।

यस्तै गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रू तीन करोड ५२ लाख २८ हजार ६ सय ६७, मुक्तिनाथ विकास बैंकको रू एक करोड ७९ लाख ६६ हजार ३ सय ५६, नेपाल लाइफ इन्सयोरेन्स कम्पनीको संस्थापक शेयर रू एक करोड ७२ लाख २५ हजार, नेपाल बैंक लिमिटेडको रू एक करोड ७० लाख ८२ हजार २ सय ५५, र प्रभु बैंकको रू एक करोड ६८ लाख दुई हजार ५ सय ४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेका छन्।

स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाएका छन्। गुराँस लघुवित्त वित्तीय संस्था ९ दशमलव ९६, गरिमा विकास लघुवित्त वित्तीय संस्था ९ दशमलव ९२, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९ दशमलव ९१, नेपाल एग्रो लघवित्त वित्तीय संस्था ९ दशमलव ८९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ८७ प्रतिशतले कमाएका छन्।

त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनी ४ दशमलव ४४, पोखरा फाइनान्स ३ दशमलव ५२, आइएमई जनरल इन्स्योरेन्स ३ दशमलव ५१, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३ दशमलव ४५, गुह्येश्वरी मर्चेन्ट बैंक एउण्ड फाइनान्स कम्पनी ३ दशमलव १० र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका शेयरधनीले २ दशमलव ८० प्रतिशतले गुमाएका छन्। (रासस)

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२