वीरगन्ज – वीरगन्जको ड्राइपोर्र्ट सञ्चालक कम्पनी हिमालयन टर्मिनल प्रालि (एचटीपीएल) को कामकारबाहीप्रति व्यवसायीहरूले असन्तुष्टि जनाउँदै हडताल शुरू गरेका छन्। विदेशबाट आएको माल जाँचपास गराउने क्लियरिङ एजेन्टका प्रतिनिधि समूह हिजोदेखि काम बन्द गरी आन्दोलनमा उत्रेको हो।

हिमालयन टर्मिनलका कारण ड्राइपोर्र्टबाट एउटा पनि गाडी ननिस्केको एजेन्ट प्रतिनिधिहरूको भनाइ छ। हिजो व्यवसायी र एचटीपीएलका सीईओबीच भएको वार्तामा सीईओ विष्णुकान्त चौधरीले अपशब्द भाषा प्रयोग गरी दुर्व्यवहार गरेपछि प्रतिनिधिहरू वार्तामा नबस्न भन्दै हडतालमा उत्रेको बताएका छन्।

जबसम्म सञ्चालक कम्पनी हिमालय टर्मिनलका सीईओ चौधरीले मौखिक वा लिखित रूपमा माफी नमागी सहज रूपमा काम गर्ने वातावरण बनाउँदैनन्, तबसम्म आन्दोलन चरणबद्ध रूपमा जारी रहने उनीहरूको चेतावनी छ।

हिजो दिउँसो श्रीसिया सुक्खा बन्दरगाह भन्सार (डाइपोर्टमा) मा डाकिएको वार्तामा सीईओ चौधरीले ‘तुमलोग उपद्रो मचारहा है लोग, तुमलोगोको मालुम नहीँ’ भनेर अपशब्द बोलेपछि एजेन्ट प्रतिनिधिहरू आक्रोशित बन्दै केही बेर प्रदर्शनसमेत गरे।

एजेन्टहरूका अनुसार बुधबार राति ५० वटा कन्टेनर ड्राइपोर्ट सञ्चालक कम्पनी हिमालय टर्मिनलको लापारबाहीले निस्कन नपाएको र बिहीबार बिहान गाडी जाँचपास गरी निकाल्न खोज्दा पार्किङ शुल्क भन्दै टर्मिनलले प्रतिगाडी २८२ रुपैयाँ माग गरेपछि टर्मिनल र एजेन्ट प्रतिनिधिबीच विवाद शुरू भएको थियो।

प्रभावकारी सुविधा दिनुको साटो कम्पनीले उल्टै भार थोपर्ने गरी शुल्क असुल गरेका कारण आफूहरूले पहिले सेवा चुस्त दुरुस्त बनाउने, त्यसपछि मात्र नियम र शुल्क लिन भनेका थियौं, तर उनले हामीलाई नै डोमिनेट हुने किसिमको शब्द बोली दुव्र्यवहार गर्न खोजेका थिए।

करिब ४० जनाको एजेन्ट प्रतिनिधि समूहले ६ वटा रिज स्ट्रेकरमध्ये दुईवटा मात्र सञ्चालकको अवस्थामा रहेकाले बाँकी जीर्ण र खराब रहेको बताएका छन्। जसले गर्दा कम्पनीले प्रभावकारी काम हुन नसकेको उनीहरूको भनाइ छ।

आएको सामान लोड नहुनु र उतारिएको माल–समान गोदाम अगाडि नराख्दा गाडी लोडमा धेरै समय लाग्नुजस्ता समस्याले एजेन्ट तथा उद्योगीहरू मारमा परिरहेको आरोप लगाएका छन्। एक एजेन्ट प्रतिनिधिले भने, ‘ठीक समयमा मालसहितको कन्टेनर नउठ्दा समयमा उद्योगमा मालसमान पुगिरहेको छैन, दिनहुँ हामीले साहुबाट गाली खाइरहेका छौँ, उद्योगको उत्पादनमा असर परिरहेको छ, तर हिमालयन टर्मिनलले त्यो समस्याको समाधान गर्नुको साटो उल्टै व्यवसायीलाई पेल्न खोजेको छ।’

यस विषयमा ड्राइपोर्ट भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठसँग कुरा गर्दा मैले आजको घटना तथा उत्पन्न समस्याबारे हिमालयन टर्मिनलसँग लिखित जवाफ मागेको र सोही अधारमा माथिल्लो निकायसँग समस्या समाधानका लागि पहल गर्ने बताए।

सीईओ चौधरीको जवाफ यस्तो

हिमालयन टर्मिनलका सीईओ चौधरीले आफूले कुनै किसिमको एजेन्ट सहयोगीहरूलाई दुव्र्यहार नगरेको प्रतिक्रिया दिएका छन्। वार्ताको बखत नियम भन्दा पर गएर कुरा र माग तेस्र्यापछि अलि होहल्ला मात्र भएको बताए। उनले वीरगन्जका एजेन्ट तथा उद्योगीका लागि आफ्नो कम्पनी विगत लामो समयदेखि प्रभावकारी सेवा दिँदै आएको पनि दाबी गरे। उनले रेड च्यानलबाट जाने सामान ग्रीन च्यानलबाट एजेन्टको माग पूरा नभएपछि भन्सारको रिस आफूहरूसँग फेरेको पनि बताए। उनले एजेन्ट प्रतिनिधिले पहिले कन्टेनरसँग जाने काठ (कन्टेनर प्लेट) लगेर २ हजारमा बेच्थे, अहिले भन्सारले कडाइ गरेपछि विरोध तथा प्रदर्शन गरिरहेको प्रस्टयाए। उनले कन्टेनर जाँचपासका लागि एजेन्टहरू ढिलो आएर रवाफ देखाई चाँडै माल छुटाउन खोज्ने र राति गाडी थन्क्यो भने नियमअनुसार पार्किङ शुल्क तिर्नुपर्ने नियम भएकाले माग गरेको जवाफ दिए।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९